१३ असार २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विश्वकप लिग–२ : आज नेपाल र अमेरिका भिड्दै

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ः३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ । अघिल्लो खेलमा अमेरिकामाथि शानदार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिँदैछ । […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

बसाइँ सर्दै राउटे: गुर्भाकोट छाडेर सल्यानतिर सर्दै राउटे समुदाय

सुर्खेत। फिरन्ते जीवन बिताउँदै आएका राउटेहरू बसाइँ सर्ने तयारीमा छन्। हाल सुर्खेतको गुर्भाकोटमा बसिरहेका राउटेहरू अब सल्यानतिर सर्ने तयारीमा रहेको राउटे मुखिया प्रकाश शाहीले बताएका छन्। राउटे समुदाय बसाइँ सर्ने निश्चित स्थानको बारेमा अन्य समुदायलाई जानकारी नदिने भएकाले उनीहरू ठ्याक्कै कहाँ सर्न लागेका हुन् भन्ने नखुलाए पनि बस्ती सार्ने तयारी भइरहेको मुखिया शाहीले जानकारी दिए। […]

बागमती मुख्‍य समाचार समाचार

सगरमाथाको चुचुरोमा ३० वर्षीय सरोज अर्याल, जन्मदिनको सेरोफेरोमा पूरा गरे सपना

काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्दै आएका ३० वर्षीय नेपाली युवा सरोज अर्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। उनले मे २० तारिख बिहान ५ः५० बजे सगरमाथाको चुचुरो चुमेका हुन्। आफ्नो जन्मदिनको अवसर पारेर मे १९ तारिखमा सगरमाथाको शिखरमा पुग्ने लक्ष्य राखेका अर्यालले बाटोमा केही ढिलाइ भएपछि जन्मदिनको भोलिपल्ट मे २० मा चुचुरो चुमेका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज

काठमाडौं । रवि लामिछानेसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले आज सामूहिक छलफल गर्ने भएका छन् । रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित सभापतिले छलफलको तालिका बनाएको जानकारी दिएका छन् । उनका अनुसार आज कोशी र मधेश प्रदेशका सांसदहरूसँग छुट्टाछुट्टै छलफल हुनेछ । कोशी प्रदेशका सांसदहरूसँग बिहान ११ बजेदेखि […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

आलुखेतीबाट आत्मनिर्भर बन्दै किसान

दशरथचन्द बैतडी, ८ जेठः बेलाबेला पानी परेकाले बैतडीको पाटन नगरपालिका–८ किसान केशव विष्ट यस वर्ष आलु राम्रो फल्ने आशामा हुनुहुन्छ । वार्षिक आलुखेतीबाट आठदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका विष्ट उत्पादनसँगै आम्दानी पनि बढ्ने भएकाले दङ्ग छन् । समयमै पानी परेका कारण उत्पादन राम्रो हुने आशामा छौँ । खेतहरू आलुखेतीले हरियाली भएका छन्, विष्टले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको बैठक चलिरहँदा संसद् भवनभित्रै एक सांसदलाई अस्पतालबाट आएको फोनले संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसकी सांसद गंगालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने जीवनरक्षक औषधिको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्,‘संसद् बैठकमा बसिरहँदा भर्खरै मलाई भक्तपुर क्यान्सर अस्पतालबाट फोन आयो । अस्पतालले औषधि अभावको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक जेठ १२ गते बस्ने गरी स्थगित भएको छ । सभामुख डीपी अर्यालले विपक्षीको विरोधकाबीच सदनको कारबाही अघि बढाएकोमा विधेयकहरु पारित भएसँगै बैठक १२ गतेसम्मका लागि स्थगित गरेका हुन् ।

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

‘जेनजी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद स्मृति सेन्चुरीले युवा पलायन रोक्न रोजगारी सिर्जनामा सरकार गम्भीर हुनुपर्ने बताएकी छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले ‘जेन जी’ पुस्ताको आशा र आक्रोशलाई राज्यले गम्भीर रूपमा लिनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘आज यस सदनमा उभिइरहँदा म बानेश्वरको सडकदेखि सामाजिक सञ्जालसम्म आफ्नो हक खोजिरहेका जेनजी […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङले बेइजिङमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गरेका छन् । चीन भ्रमणका लागि रुसका राष्ट्रपति पुटिन मंगलबार राति बेइजिङ पुगेका थिए । बुधबार उनले चीन भ्रमण सम्पन्न गरिसकेका छन् । भेटपछि सीले भने,‘चीन–रूस सम्बन्ध यहाँसम्म आइपुगेको छ, किनकि दुई देशले अटल दृढताका साथ राजनीतिक पारस्परिक विश्वास र रणनीतिक समन्वयलाई निरन्तर […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

जनकपुर । जनयुद्धका क्रममा शहीद भएकाहरुको परिवारजनले मधेश प्रदेशस्थित गृह, सञ्चार तथा कानुन मन्त्रालय घेराउ गरेका छन् । मधेश प्रदेशका आठवटै जिल्लाका जनआन्दोलन शहीद परिवारजनले विहीबार जनकपुरधामस्थित गृह मन्त्रालय अगाडि धर्ना दिका छन् । मूल गेटमै धर्ना दिएका कारणले कर्मचारीहरुसमेत आवतजावत गर्न समस्या भएको छ । कार्यकक्ष भित्रका कर्मचारी बाहिर निस्कन सकेका छैनन् भने बाहिरका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर हटाउनुपर्ने महासंघको माग

काठमाडौं । राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नेपालले खानेपानीमा लाग्दै आएको २५ प्रतिशत आयकर छुट गर्न माग गरेको छ । बिहिवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरि महासंघले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्ताव तत्काल कार्यान्वयन गर्नसमेत माग गरेको छ । महासंघका अध्यक्ष खेमराज ओलीले गत वर्ष राष्ट्रिय सभाबाट पारित भएको संकल्प […]

बागमती मुख्‍य समाचार विशेष समाचार

भूमिहीनमाथि अमानवीय व्यवहार भएको दुई संसदीय समितिको निष्कर्षः सम्बन्धित मन्त्रालयसँग छलफल गरिने

काठमाडौँ ।राष्ट्रिय सभाअन्तर्गतका दुई संसदीय समितिले भूमिहीन नागरिकहरूलाई अस्थायी रूपमा राखिएको ’होल्डिङ सेन्टर’ बाट हटाएर आश्रममा सारिएको घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। बिहीबार सिंहदरबारमा बसेको ’सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति’ र ’सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति’ को संयुक्त बैठकमा उक्त होल्डिङ सेन्टरको अनुगमनपछिको समीक्षा गर्दै समितिका पदाधिकारीहरूले सरकारको कदमलाई ’अमानवीय’ भन्दै कडा आलोचना […]