२० असार २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएल क्रिकेटः सुदूरपश्चिम बलिङमा

काठमाडौँ, ११ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले टस जितेर बलिङ रोजेको छ । दिपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम लगातार चौथो जित निकालेर प्लेअफनजिक पुग्ने मुडमा छ । यसअघिका तीनवटै खेल जितेर अपराजित रहेको सुदूरपश्चिम […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको नयाँ कार्यसमिति चयन

काठमाडौं, मङ्सिर ११ : नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रिको १४औँ साधारण सभाले व्यवसायी सुनिलभक्त श्रेष्ठका अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार यहाँ सम्पन्न सो नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्ष द्वयमा दीपककुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपालदास मानन्धर निर्वाचित भएका छन् । यसैगरी महासचिव पदमा नवीन सारु डोलबहादुर थापा, कोषाध्यक्षमा स्वाती घोरीवाला, […]

बागमती मुख्‍य समाचार समाचार

सुन र नगद लुटपाट गरेको आरोपमा चारजना पक्राउ

काठमाडौँ, ११ मङ्सिरः नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी टोलीले बैङ्कमा काम गर्ने महिला कर्मचारीको साथबाट सुन, नगद र विभिन्न सामान लुटपाट गर्ने उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा घर […]

बागमती मुख्‍य समाचार समाचार

जेनजी आन्दोलनका शहिदः कहिल्यै भरिने छैन भट्ट परिवारको रिक्तता

काठमाडौँ, ११ मङ्सिरः कीर्तिपुर पाँगा दोबाटोस्थित माइक्रोपार्कसँगै जोडिएको घरबाटभित्र छिर्ने साँघुरो गल्ली छ । थोरै मात्र अघि बढ्ने हो भने एउटा सानो होटल देखिन्छ । शनिबार बिहान १० बजेतिर पुग्दा केही ग्राहक यहीँ बसेर चियाको चुस्की लिइरहेका थिए । गोर्खाली होटल भनेर चिनिने यो होटलमा दुई वटा टेबल र चार वटा बेन्च छन् । एकातिर […]

गण्डकी मुख्‍य समाचार समाचार

परीक्षण सफल भएपछि चिस्यान केन्द्र निरन्तर सञ्चालनमा

तनहुँ, ११ मङ्सिरः जिल्लाको व्यास नगरपालिका–११ स्थित गैह्राबारीमा तीन रोपनी क्षेत्रफलमा निर्माण गरिएको चिस्यान केन्द्रको परीक्षण सफल भएपछि नियमित रूपमा सञ्चालनमा आएको छ । किसानबाट उत्पादित एक सय ६१ बोरा बीउ आलु र खायन आलु परीक्षणका रूपमा भण्डारण गरिएकामा उक्त परीक्षण सफल भएपछि नियमित सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ । एक सय तीस मेट्रिकटन क्षमताको […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मोलमा केही थपघट

काठमाडौँ, ११ मङ्सिरः आज सुनचाँदीको मोलमा केही थपघट भएको छ । सुन तोलामा रु ४०० ले घटेको छ भने चाँदी रु ६० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४८ हजार ४०० कायम भएको छ । आज चाँदीको मोल पनि बढेर तोलामा रु तीन हजार […]

गण्डकी मुख्‍य समाचार समाचार

निर्माणको अन्तिम चरणमा ठिनी खोलाको पुल

मुस्ताङ, ११ मङ्सिरः घरपझोङ गाउँपालिका–५ भएर बग्ने ठिनी खोलाको निर्माणाधीन मोटरेबल पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले घरपझोङ चक्रपथ सडक जोड्न यो योजना कार्यान्वयनमा गरेको हो । यो पुलकोे ८ दशमलव ४ मिटर चौडा र ३५ मिटर लामो हुने पूर्वाधार विकास कार्यालयका इन्जिनियर घनश्याम रोक्कामगरले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

राष्ट्र बैंकद्वारा एक सय रुपैयाँको नयाँ नोट चलनचल्तीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ विशेषतायुक्त एक सय रुपैयाँ दरको बैंक नोट आजदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ । बैंकले आज जारी गरेको सार्वजनिक सूचना अनुसार आजैदेखि नयाँ विशेषता सहितका नोट प्रचलनमा ल्याएको हो । नयाँ नोटमा सुरक्षात्मक तथा पहिचानजन्य तत्वहरू थप परिष्कृत गरिएको बैंकले जारी गरेको सुचनामा उल्लेख छ । नोटको बायाँतर्फ सगरमाथाको […]

बागमती मुख्‍य समाचार समाचार

जेनेस सलुशनले ओमान डेटा पार्कसँग गर्यो समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । युकेमा मुख्यालय रहेको गुणवत्तापूर्ण आईटी  तथा साइबर सुरक्षा सम्बन्धी परामर्शदाता कम्पनी जेनेस सलुशन तथा ओमान डेटा पार्कबीच  क्लाउड ट्रान्सफर्मेसन, कृत्रिम बुद्धिमत्ता (एआइ) समाधान, साइबर सुरक्षा सेवा तथा सफ्टवेयर इन्जिनियरिङको क्षेत्रमा संयुक्त रूपमा काम गर्ने विषयमा एक सहमति भएको छ। सोमबार मस्कटस्थित ओमान डेटा पार्कको  मुख्यालयमा आयोजित एक समारोहमा जेनेस सलुशनका संस्थापक तथा सीइओ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विदेशमा बस्ने र नेपालमै अन्तर्निर्वाचन क्षेत्रका नेपालीलाई मतदानको अवसर किन दिने ?

अदालती आदेश आएको आठ वर्ष पूरा भएको यस अवधिमा नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूलाई निर्वाचनमा मतदानको अवसर दिने सन्दर्भमा पनि न कुनै कानुनी व्यवस्था गरेको देखिन्छ न त यसको प्रक्रिया, पद्दति, समस्या, चुनौती, जोखिम र तिनको सम्बोधनका तरिका आदि सम्बन्धमा सरकारी तवरबाट कुनै अध्ययन, अनुसन्धान नै गरेको पाइन्छ । नीति अनुसन्धान प्रतिष्ठान विदेशमा बस्ने […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

नेपाल आइडल विजेताद्वय करण र गङ्गाको  ‘राधिका’मा पहिलो सहकार्य

काठमाडौँ ।   नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामको स्वर रहेको  ‘राधिका’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार भोलानाथ पाठकको शब्द सृजना रहेको  गीतमा  नेपाल आइडल सिजन ५ का बिजेता करण र सिजन ६ का विजेता गंगाले स्वर भरेका छन् । जसमा  मोडलद्धय  स्मारिका ढकाल र बद्री प्रसाद तिवारीको रोमान्टिक अभिनय देख्न […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ

अर्घाखाँची, ११ मङ्सिरः समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते काठमाडौँको बानेश्वरमा प्रहरीको […]