२० असार २०८३, शनिबार
गण्डकी मुख्‍य समाचार समाचार समाज

विकट गाउँमा सडक नपुग्दा सास्ती

ढोरपाटन बागलुङ, १४ मङ्सिरः जैमिनी नगरपालिका–८ सल्यानधारा गाउँमा अहिलेसम्म सडक पुगेको छैन । छिमेकी गाउँमा मोटरबाटो पुगेको वर्षौँ भयो । तर यस गाउँका स्थानीय गाडी चढ्नका लागि अर्को गाउँमा पुग्नुपर्ने बाध्यता छ । नगरपालिकाले सडक पुर्याउन वर्षौँदेखि प्रयास गर्दै आएको छ । वडा नं ८ कै केवैखानी गाउँ र सल्यानधाराको बीचमा ठूलो भिर र चट्टानसहितको […]

बागमती मुख्‍य समाचार समाचार

विषादी परीक्षण केन्द्र सञ्चालन

पाटन ललितपुर, १४ मङ्सिरः ललितपुर महानगरपालिका–३ कार्यालयले विषादी परीक्षण केन्द्र सञ्चालनमा ल्याएको छ । आफ्नो वडा कार्यालयभित्र बिक्री हुने तरकारी तथा फलफूलमा प्रयोग भएको विषादीको परीक्षण गर्न वडा कार्यालयले झम्सिखेलस्थित ठाडोढुङ्गामा रहेको ‘हाम्रो घर’मा विषादी परीक्षण केन्द्रको सुरुआत गरेको हो । परीक्षण केन्द्रको उद्घाटन गर्दै ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले विषादीयुक्त तरकारी तथा फलफूलको प्रयोगका कारण […]

बागमती मुख्‍य समाचार समाचार

चार स्थानीय तहद्वारा प्रतिबद्धता

काभ्रेपलाञ्चोक, १४ मङ्सिरः काभ्रेपलाञ्चोकको चार स्थानीय तहले बालमैत्री स्थानीय शासन घोषणाका लागि प्रतिबद्धता जनाएका छन् । जिल्लाका मण्डनदेउपुर र पाँचखाल नगरपालिका तथा भुम्लु र चौँरीदेउराली गाउँपालिकाले यस्तो प्रतिबद्धता जनाएका हुन् । काभ्रेको मण्डनदेउपुर नगरपालिकामा आयोजित जिल्ला समन्वय समितिको आयोजनामा बालमैत्री स्थानीय शासन घोषणा र दिगोपना सम्बन्धमा अन्तरपालिका अभिमुखीकरण तथा कार्ययोजना निर्माण एवं लैङ्गिक हिंसाविरुद्धको १६ […]

बागमती मुख्‍य समाचार समाचार समाज

स्तीपुर–भुन्द्रुङ जोड्न राप्तीखोलामा पुल

मकवानपुर, १४ मङ्सिरः हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरबाट मनहरी गाउँपालिका–३ भुन्द्रुङलाई जोड्ने राप्तीखोलामा १७० मिटर लामो पुल निर्माण गरिएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको पुल बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, भौतिक पूर्वाधार विकासमन्त्री डा दिनेशचन्द्र देवकोटा तथा १०३ वर्षीया स्थानीय वृद्धा सरस्वती अर्यालले संयुक्त रूपमा उद्घाटन गरे । उद्घाटन […]

बागमती मुख्‍य समाचार समाज

नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव

तानसेन पाल्पा, १४ मङ्सिरः तानसेनस्थित टक्सारटोलमा यःमरी महोत्सव मनाइएको छ । तानसेन नगरपालिका र वडा कार्यालयको सहयोगमा मैत्री क्लब टक्सारले नेवारी कला, संस्कृति जोगाउन एकदिने महोत्सव आयोजना गरेको हो । पछिल्लो समय स्थानीय परिकार, वेशभूषा कला, संस्कृति, परम्परा, संस्कार हराउँदै गएको अवस्थामा पहिचान जोगाउँदै इतिहासबारे युवापुस्तामा जानकारी गराउन महोत्सव गरिएको क्लबले जनाएको छ । नेवारी […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

माछापुच्छ्रे एसआईपी योजनाको इकाइ बिक्री सुचारु, आजदेखि आवेदन खुला

काठमाडौं । एमीबिएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजनाको इकाई बिक्री आजदेखि खुला गरिएको छ । कोष प्रवद्र्धक माछापुच्छ्रे बैंक तथा योजना व्यवस्थापक माछापुच्छ्रे क्यापिटल रहेको यस योजनाअन्तर्गत पहिलो चरणमा कुल २ करोड इकाइ निष्कासनका लागि आवेदन खुला भएको छ । पहिलो चरणका लागि २ करोड इकाइ निष्कासन गर्न लागिएको यस योजनामा कुल […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अपर अरुण जलविद्युत आयोजनामा १३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव

काठमाडौं । अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपैयाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ । आयोजनाको लागत निर्माण अवधिको व्याजबाहेक एक अर्ब ५१ करोड २७ लाख अमेरिकी डलर हुने अनुमान गरी आयोजनाको वित्तीय विश्लेषण र वित्तीय ढाँचा तयार गरिएको छ । […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडा बजारमा सडक विस्तारको १५ दिने सूचना, १६ मिटर–बाइपास योजना भने अनिश्चित

हेटौंडा । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रका संरचना हटाउन १५ दिने सूचना जारी गरेसँगै हेटौंडामा सडक विस्तारको मुद्दा पुनः चर्किएको छ। डिभिजन कार्यालयले मुख्य सडक दुवैतर्फ २५–२५ गज सीमा कायम गरी नापजाँचको काम अघि बढाएपछि स्थानीय व्यवसायी पुनः प्रभावित भएका छन्। यसअघि तत्कालीन सञ्चारमन्त्री मोहन बस्नेतले हेटौंडा सडकलाई १६–१६ मिटरमा सीमित गर्ने तथा मुख्य […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

रूस–युक्रेन द्वन्द्व उग्र : दुवैले ऊर्जा तथा सैन्य पूर्वाधारमाथि व्यापक आक्रमणको दाबी

काठमाडौं । रूस र युक्रेनबीच चलिरहेको कटु द्वन्द्व थप चर्किएको छ । दुवै देशले शनिबार एक–अर्काका ऊर्जा तथा सैन्य पूर्वाधारमाथि ठूलो आक्रमण गरेको दाबी गरेका छन् । रूसी रक्षा मन्त्रालयका अनुसार शुक्रबार रातिदेखि रूसी सेनाले उच्च–सटीकता भएका हतियार र ड्रोन प्रयोग गर्दै युक्रेनका सैन्य–औद्योगिक प्रतिष्ठान तथा तिनलाई सहयोग गर्ने ऊर्जा संरचनामाथि ठूलो आक्रमण गरेको छ […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको छ । बैठक आइतबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । आजको बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री मदन प्रसाद परियारसँग विशेष छलफल गरिनेछ । बैठकमा कृषि तथा पशुपंछी विकास मन्त्री परियारसँग संयुक्त राष्ट्रसंघीय […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपीएल : आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र कर्णाली याक्स प्रतिस्पर्धा गर्दैछन् । आइतबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली भिड्न लागेका हुन् । कर्णालीको कप्तानीमा सोमपाल कामी छन् भने काठमाडौंको नेतृत्व करण केसीले गरेका छन् । कर्णालीले चारवटा खेल खेल्दा एउटामात्र जित हासिल गरी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपाका नेताहरुले प्रधानमन्त्रीलाई भेटे, नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको प्रस्ताव

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीराप्रपा को प्रतिनिधि मण्डलले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । शनिबारको भेटमा विभिन्न प्रस्तावहरु समेत अघि सारेको छ । मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेनजी लगायतका पक्षहरूबिच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको होे । राप्रपाको तर्फबाट अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री कार्कीलाई विभिन्न ५ बुँदे […]