९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

लोकतन्त्र, संविधान र सुशासनका लागि सबै दलसँग सहकार्य गर्नुपर्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनाव मात्रै लोकतन्त्रको आधार नहुने बताएका छन् । ४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) द्वारा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले विभिन्न देशमा चुनाव भए पनि त्यहाँ लोकतन्त्र नभएको उदाहरण रहेको उल्लेख गरे । उनले भने, ‘चुनावले मात्रै लोकतन्त्र हुँदैन । विभिन्न देशमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेसले भुइँमान्छेका समस्या समाधानका लागि संकल्प गर्न जरुरी छ : महामन्त्री पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसले जनताका वास्तविक समस्या र मुद्दालाई आफ्नो एजेन्डाको केन्द्रमा राखेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहमा बोल्दै उनले पार्टीले समयअनुसार आफ्ना एजेन्डा र अभियानलाई परिमार्जन गर्न आवश्यक रहेको बताए। उनले बीपी कोइरालाले राजनीतिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार

संक्रमणकालीन न्याय टुंग्याउन सरकारलाई द्वन्द्वपीडितको दबाब

काठमाडौं । आम द्वन्द्वपीडित समुदायले संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न माग गर्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागीहरूले पीडितको सहभागिताबिनाको कुनै पनि न्यायिक निर्णय स्वीकार्य नहुने बताएका छन् । प्रदर्शनका क्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शान्ति प्रक्रियाका तीनमध्ये संविधान निर्माण र सेना समायोजनका काम सम्पन्न भए पनि […]

मधेश मुख्‍य समाचार समाचार

६४ वर्षको उमेरमा जनारसी देवीले प्राप्त गरिन् नागरिकता

सर्लाही । सर्लाहीको गोडैता नगरपालिका – १२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा नेपाली नागरिकता पाएकी छन् । गोडैता नगरपालिका – १२, मधुवनीका वडाध्यक्ष केशव कुमारको बिगत ६ महिनादेखिको निरन्तर प्रयासपछि जनारसीले मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट नेपाली नागरिकता पाएकी हुन् । जनारसी देवीले नागरिकता नहुँदा दैनिक जीवनका विभिन्न प्रशासनिक कामकाजमा कठिनाइ भोग्दै […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

रैथाने उत्पादन जोगाउन जीआई कानुन ल्याउने उद्योगमन्त्रीको प्रतिबद्धता

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालको रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री यादव र नेपालका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन सिमिजुबीच बिहीबार भएको शिष्टाचार भेटवार्तामा नेपालका विभिन्न भौगोलिक क्षेत्रमा उत्पादन हुने मौलिक तथा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

तीन महिनामा १६ ओटा ईआईए र ११ ओटा क्षेत्र निर्धारण प्रतिवेदन स्वीकृत

काठमाडौं । कृषि वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२÷८३ को अन्तिम त्रैमासिक अवधिमा विकास निर्माणका विभिन्न ४४ ओटा प्रक्रियाहरू सम्पन्न गरेको छ । मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार २०८३ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा १६ ओटा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र ११ ओटा आयोजनाको क्षेत्र निर्धारण (एसडी÷टिओआर) प्रतिवेदन स्वीकृत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वप्रधानमन्त्री झलनाथ खनाल चीन प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताब्यापी भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीनतर्फ प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा खनालले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ । खनालले नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक […]

बागमती मुख्‍य समाचार समाचार

सबै स्थानीय तहमा भुमि बैंक सञ्चालनको तयारी

काठमाडौं । देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन हुने भएको छ । उपयोगविहीन तथा बाँझो अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूमि बैंक सञ्चालनको प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भूमि उपयोग ऐन, २०७६ तथा भूमि उपयोग नियमावली, २०७९ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पुष्पलालको जन्मथलोमा यसरी मनाइयो पुष्पलाल स्मृति दिवस 

रामेछाप । नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस बिहीबार उनको जन्मथलो रामेछापको भँगेरीमा पुष्पलालप्रति श्रद्धा व्यक्त गर्दै मनाइएको छ । नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा भँगेरीमा रहेको शहीद गंगालाल र नेकपाका संस्थापक महासचिव पुष्पलालको सालिकामा पुष्पगुच्छा चढाएर स्मृति दिवस मनाइएको एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले जानकारी दिए । कार्यक्रम […]

बागमती मुख्‍य समाचार समाचार

घुसेनी विद्युत् दुर्घटना : पीडित बालकलाई १५ लाख ७१ हजार क्षतिपूर्ति दिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने भएको छ । प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको हो । […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार

विद्युत् व्यापारमा नेपालको ऐतिहासिक फड्को, एक वर्षमै १८.७६ अर्ब रुपैयाँ खुद बचत

काठमाडौं । नेपालले विद्युत् व्यापारमा पहिलो पटक उल्लेखनीय व्यापार बचत हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷०८३ को क्रस–बोर्डर विद्युत् आयात–निर्यात तथ्यांकअनुसार भारत र बंगलादेशसँगको विद्युत् व्यापारबाट नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) गरेको छ । […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

अफ्रिकामा इबोला प्रकोपबाट मृत्यु हुनेको संख्या १ हजार नाघ्यो

काठमाडौं । अफ्रिकामा फैलिरहेको इबोला प्रकोपका कारण मृत्यु हुनेको संख्या १ हजार नाघेको छ । प्रजातान्त्रिक गणतन्त्र कंगो र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा गरी इबोलाबाट मृत्यु हुनेको संख्या १ हजार १ पुगेको हो । कंगोको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको अवस्थिति प्रतिवेदनअनुसार सोमबारसम्म देशमा २ हजार ४७३ जनामा इबोला संक्रमण […]