९ आश्विन २०८३, शुक्रबार
अर्थ बागमती मुख्‍य समाचार

मन्त्री यादवले गरिन् औषधि लिमिटेडको अनुगमन 

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपाल औषधि लिमिटेडको अनुगमन गर्दै संस्थाको वर्तमान अवस्था, उत्पादन क्षमता तथा देखिएका समस्याबारे जानकारी लिएकी छन् । बबरमहलस्थित औषधि लिमिटेडको कार्यालयमा पुगेकी मन्त्री यादवसँगै मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडी लगायत मन्त्रालयका उच्च अधिकारीहरूको टोली पनि अनुगमनमा सहभागी भएका थिए । अनुगमनका क्रममा लिमिटेडका महाप्रबन्धक कैलाश पनेरुले मन्त्री यादवलाई […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकार र महासंघको सहकार्यमा हस्तकला क्षेत्र अघि बढाउने सहमति

काठमाडौं । नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिहरुले नेपालमा हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफलका लागि उनीहरुलाई बोलाएका थिए । छलफलका क्रममा वर्तमान सरकारले हस्तकला व्यवसायलाई प्राथमिकता दिएको आफूहरुलाई महसुस भएको भन्दै सरकारसँग कुनै पनि किसिमको सहकार्य गर्न […]

बागमती मुख्‍य समाचार स्वास्थ्य

कंगोमा इबोला संक्रमण फैलिँदै, मृतक संख्या ९६७ पुग्यो

काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसबाट फैलिएको संक्रमण नयाँ क्षेत्रमा विस्तार भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ । डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम तथा विस्थापित र अत्यधिक आवतजावत गर्ने जनसंख्याका कारण संक्रमण फैलिन अनुकूल अवस्था बनेको […]

बागमती मुख्‍य समाचार समाचार

सडकमा कोही जन्मिँदैन

काठमाडाैँ ।  बिहानको पहिलो घाम लाग्नेबित्तिकै सहर ब्यूँझिन्छ। कार्यालयतर्फ हतारिने कर्मचारी, स्कुल जाँदै गरेका बालबालिका, पसल खोल्न लागेका व्यापारी सबैको आँखामा कतै न कतै पुग्नुपर्ने हतार देखिन्छ। तर यही सहरको अर्को कुनामा, सडकको पेटीमा, मन्दिरको आँगनमा, पुलमुनि वा बसपार्कको एक कुनामा रात काटेका केही अनुहार पनि बिस्तारै आँखा खोल्दै हुन्छन्। उनीहरूको दिन पनि सुरु त हुन्छ, […]

अन्तर्राष्ट्रिय खेलकुद समाचार

अर्जेन्टिनाका लिसान्द्रो मार्टिनेजको भावुक सन्देश : नतिजाले हाम्रो यात्रा परिभाषित गर्दैन

काठमाडौं । फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका डिफेन्डर लिसान्द्रो मार्टिनेजले समर्थकका नाममा भावुक सन्देश दिएका छन् । उनले उपाधि जित्न नसके पनि अर्जेन्टिनाको यात्राप्रति आफूलाई गर्व रहेको बताएका छन् । विश्वकप उपाधि रक्षा गर्ने अभियानमा रहेको अर्जेन्टिना फाइनलमा स्पेनसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो । त्यसपछि म्यानचेस्टर युनाइटेडका डिफेन्डर […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा

काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ । डीएमआरसीका अनुसार अर्को सूचना नआएसम्म लोक कल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, […]

अर्थ मुख्‍य समाचार समाचार

बुद्धभूमि नेपाल हाइड्रोले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडले ६४ मेगावाट क्षमताका दुई जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कम्पनीले सिन्धुज्वाला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको ४३ मेगावाट क्षमताको अपर नेश्यम जलविद्युत आयोजना र २१ मेगावाट क्षमताको अपर नेश्यम ‘ए’ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको हो । सिन्धुज्वाला हाइड्रोपावरमा ५१ प्रतिशत स्वामित्व कायम हुने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

मनसुनजन्य विपद्को जोखिम बढ्दा सरकारको तयारीमाथि राष्ट्रिय सभामा प्रश्न

काठमाडौं । राष्ट्रिय सभामा विपक्षी दलका सांसदहरूले मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर रहेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउन जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६७ बमोजिम दर्ता गरिएको प्रस्तावमा मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, डुबान तथा हिमताल विस्फोटजस्ता विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै सरकारको तयारीबारे सदनलाई […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

सिप्रिङ खोला जलविद्युत आयोजनाको उत्पादन बन्द

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले प्रवद्र्धन गरेको १० मेगावाट क्षमताको सिप्रिङ खोला जलविद्युत आयोजनाको विद्युत उत्पादन पूर्ण रुपमा बन्द भएको छ । साउन ५ गते राति ११ बजे आएको भीषण बाढी र पहिरोका कारण आयोजनाको संरचनामा क्षति पुगेपछि उत्पादन बन्द भएको हो । कम्पनीले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई उपलब्ध गराएको जानकारी अनुसार, बाढी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

देशको अवस्था अत्यन्त नाजुक छ, राष्ट्रिय एकता अपरिहार्य : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रियता कमजोर बन्दै गएको भन्दै राष्ट्रिय एकता र लोकतन्त्रलाई सँगसँगै अघि बढाउनुपर्ने बताएका छन् । ४४औँ वी.पी. स्मृति दिवसको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदान कार्यक्रममा बोल्दै नेता कोइरालाले राष्ट्रियता बलियो नभएसम्म लोकतन्त्रको मात्रै कुरा गरेर उपलब्धि हासिल गर्न नसकिने धारणा व्यक्त गरे । उनले भने, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । प्रधानमन्त्रीले बैठक बुधबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरि आह्वान गरेका हुन् ।

बागमती मुख्‍य समाचार समाचार

यौन हिंसा पीडितको क्षतिपूर्तिको पहुँच सम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौं । दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । न्यायमा पहुँचका लागि दक्षिण एसियाली अभियान (समाज) ले नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्समा जुलाई २२ मा एकैसाथ उक्त प्रतिवेदन सार्वजनिक गरेको हो । दक्षिण एसियाका २७ सदस्य संस्थाको सञ्जाल रहेको समाजले गरेको अध्ययनमा आधारित प्रतिवेदनमा क्षेत्रीय रूपमा यौन हिंसापीडितको […]