१२ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज यी प्रदेशमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । मधेश प्रदेशमा आंशिक बादल लागेको छ र बाँकी तराई भूभागमा मुख्यतया सफा रहेको छ । कोशी र बागमती प्रदेशका […]

अर्थ बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज बजेट आउँदै

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत हुँदैछ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको दैनिक कार्यसूचीअनुसार बैठक आज दिउँसो ४ बजे बस्नेछ । बैठकमा अर्थमन्त्री डा. स्विर्णम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा गर्नु हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु नै देश र जनताको भविष्यको रक्षा भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले गणतन्त्र स्थापना नेपाली जनताको सात दशकभन्दा लामो संघर्ष, बलिदान र त्यागको परिणाम भएको उल्लेख गरे। उनले आजभन्दा १८ वर्षअघि नेपाली जनताले निर्वाचित संविधानसभाबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज गणतन्त्र दिवस मनाइँदै

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष पूरा भएको अवसरमा आज देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदैछ । दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा विशेष कार्यक्रम आयोजना गरिएका छन् । गणतन्त्र दिवसको मुख्य समारोह सैनिक मञ्च टुँडीखेलमा आयोजना हुँदैछ । बिहान नेपाली सेनाले गणतन्त्र […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

अर्थमन्त्रीद्वारा राष्ट्रपति पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी

काठमाडाैं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । भेटमा अर्थमन्त्रीले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाज

सिंहदरबारमा नयाँ संसद् भवन : नीलो रंग र डिजाइनबारे चर्कियो बहस

काठमाडौं । सिंहदरबार परिसरमा निर्माण सम्पन्न भएको संघीय संसद् भवन अब बैठक सञ्चालनका लागि तयारी अवस्थामा पुगेको छ । भित्री सजावट र प्राविधिक कामहरू सम्पन्न भएसँगै आधुनिक संरचनासहितको यो भवन औपचारिक प्रयोगको चरणमा प्रवेश गर्दैछ । तर भवनको सौन्दर्यभन्दा बढी अहिले यसको आन्तरिक रंग संयोजनले सबैको ध्यान तानेको छ । विशेषगरी मुख्य हललगायतका भागहरूमा नीलो […]

खेलकुद मुख्‍य समाचार समाचार

सिंगापुर जाने राष्ट्रिय क्रिकेट टोलीलाई विदाइ, राम्रो नतिजा ल्याउने विश्वास

काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिता खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सिंगापुर प्रस्थान गर्ने तयारीमा छन् । बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले एक कार्यक्रम आयोजना गर्दै टोलीको बिदाइ गरेको हो । प्रतियोगिता मे ३१ देखि सिंगापुरमा सुरु हुँदैछ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा मलेसिया र चीनसँग रहेको छ भने समूह ‘बी’ मा […]

खेलकुद मुख्‍य समाचार विशेष समाचार

रवीन्द्र ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश

काठमाडौं । नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् । चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रविन्द्रले सेमिफाइनलमा प्रवेश गरेका हुन् । ढाँटले किम्बर्टलाई दोस्रो राउण्डमै हराएका थिए । उनी ‘रोड टु यूएफसी’मा प्रतिस्पर्धा […]

बागमती मुख्‍य समाचार समाचार

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव हुँदै

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आगामी जेठ १७, १८ र १९ गते काठमाडौंस्थित चलचित्र विकास बोर्डमा आयोजना हुने भएको छ । विहीबार पत्रकार सम्मेलनमार्फत महोत्सव आयोजकले नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक तथा बहुराष्ट्रिय संरचनाभित्र आदिवासी जनजाति समुदायका इतिहास, भाषा, लिपि, मिथक, लोकज्ञान, सांस्कृतिक स्मृति तथा आध्यात्मिक अनुभवलाई दृश्य–श्रव्य माध्यममार्फत […]

बागमती मुख्‍य समाचार समाचार

निर्माण व्यवसायीहरूको मागप्रति उद्योग वाणिज्य महासंघको ऐक्यबद्धता, मूल्य समायोजन गर्न आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्माण सामग्री तथा इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण उद्योग गम्भीर संकटबाट गुज्रिरहेको अवस्था प्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । महासंघले तत्काल न्यायोचित मूल्य समायोजनको व्यवस्था गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । यस विषम परिस्थितिमा निर्माण व्यवसायीहरूले भोग्नुपरेको चरम आर्थिक तथा मानसिक दबाबप्रति महासंघले ऐक्यवद्धता जनाएको छ । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

नेपाली कांग्रेस नीति प्रतिष्ठानको गठन गर्यो विषयगत उपसमिति

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले सातवटा विषयगत उपसमिति गठन गरेको छ । बुधबार केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको तेस्रो बैठकले बैठकले सातवटा विषयगत उपसमिति गर्दै संयोजकहरू चयन गरेको हो । जसमध्ये नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा.डा.गोविन्दराज पोख्रेल र जलवायु परिवर्तन सचेतना उपसमितिको संयोजकमा रोशनी गिरी […]

बागमती मुख्‍य समाचार समाचार

सगरमाथा शिखरमा संघीय संसदको झन्डा फहराएर फर्किए सांसद मिङ्मा ग्याबु शेर्पा

काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा ग्याबु शेर्पाले नौं दिनमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर संघीय संसद सचिवालयको झण्डा फहराउँदै काठमाडौं फर्किएका छन्। बुधबार बिहान ५ः४० बजे उनले प्रतिनिधिसभाको झण्डासहित सगरमाथाको सफल आरोहण गरेका हुन् । यो उनको १०औँ सफल सगरमाथा आरोहण हो। सामाजिक सञ्जालमार्फत उनले ‘सदनदेखि शिखरसम्म’ अभियान सफलतापूर्वक […]