नेपालका तीर्थस्थलको भारतमा प्रचारप्रसार गर्न दुवै देशका ब्राह्मणले सहयोग गर्ने
काठमाडौँ, १४ मङ्सिरः नेपालका तीर्थस्थलहरूको पहिचान एवं व्याख्यान गरी भारतमा प्रचारप्रसार गरेर भारतीय धार्मिक पर्यटक भित्र्याउन दुवै देशका ब्राह्मणले सहयोग आदानप्रदान गर्ने भएका छन् । विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा आज सम्पन्न ब्राह्मण अन्तरराष्ट्रिय सम्मेलनले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा दुवै देशका ब्राह्मणले सहकार्य र समन्वय गर्ने भएका हुन् । ब्राह्मण […]











