१४ आश्विन २०८३, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

दैनिक एक सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै

तनहुँ, २ पुसः मुग्लिन–पोखरा खण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । दैनिक एक सय ३० कामदार खटाएर उक्त पुल तीव्र गतिमा निर्माण गरिँदै छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनमा निर्माण गर्न लागिएको हो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन चार लेनको […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा छ जनाको मृत्यु

चितवन, २ पुसः जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न आएका जापानिज इन्सेफ्लाइटिस सङ्क्रमितमध्ये छ जनाको मृत्यु छ । गत साउनयता अस्पताल आएका १७ जना सङ्क्रमितमध्ये छ जनाको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र एक जना कालिका नगरपालिकाका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छ : महेश बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् । बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशनमा महिला र पुरुषको समान सहभागिता

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा महिला र पुरुष प्रतिनिधिहरूको समान सहभागिता देखिएको छ । मतदान प्रक्रियामा महिला र पुरुष नेता कार्यकर्ता एउटै लाइनमा उभिएर सहभागिता जनाइरहेका छन् । काठमाडौं जिल्ला सचिवालय सदस्य तथा एमाले महाधिवेशन प्रतिनिधि सरस्वती कार्कीले आफू कुनै पनि पदका लागि उम्मेदवार नभए पनि निर्वाचित नेतृत्वलाई साथ र समर्थन गर्न महाधिवेशनमा आएको बताइन् […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल सरकार र एसियाली विकास बैंकबीच १०० मिलियन डलरको सहुलियतपूर्ण ऋण सम्झौता

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

घरमा ढुङ्गा खस्दा चार जना घाइते

अदानचुली हुम्ला, २ पुसः गएराति सर्केगाड गाउँपालिका–४ सर्केगाड बजार बस्ने दनबहादुर रावतको दुई तले कच्ची घरमा भिरबाट अचानक ढुङ्गा खस्दा घरभित्र रहेका चार जना घाइते भएका छन् । ‎ ‎सर्केगाड गाउँपालिका–८ राहदेउ घर भई सर्केगाड–४ बस्ने दनबहादुर रावतको घरमा भाडा गरी बस्ने सुन्दरलाल विककी श्रीमती २८ वर्षीया सरिता विक, सर्केगाड गाउँपालिका–४ रायागाउँकी २१ वर्षीया लालसरा […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो

कञ्चनपुर, २ पुसः यहाँ बिहानैदेखि हुस्सु र कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि लाग्ने हुस्सु–कुहिरो दिउँसो पखसम्म नहट्दा जनजीवन प्रभावित हुन थालेको हो । बढ्दो चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक तथा शिविरमा बसोबास गर्ने विपन्न परिवार बढी प्रभावित हुन थालेका छन् । चिसोले दैनिक जनजीवनसँगै आवतजावत र स्वास्थ्यमा समेत असर पारेको स्थानीयको […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार समाचार

सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा

म्याग्दी, २ पुसः सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दी आएका छन् । विद्यालय र क्याम्पस तहमा अध्ययन गर्ने उनीहरु पढाइ र घरखर्च चलाउनका लागि कामको खोजीमा सुन्तला टिप्न यहाँका बगैँचामा आएका हुन् । मङ्सिर, पुस र माघमा यहाँका बगैँचामा सुन्तला टिप्न उनीहरु भदौ–असोज र कात्तिकमा भने मुस्ताङमा स्याउ टिप्छन् । झण्डै २० जनाको समूहमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमाले महाधिवेशनः मतदान जारी

काठमाडौँ, २ पुसः नेपाल कम्युनिष्ट पार्टी एमाले को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व छनोटका लागि अहिले मतदान भइरहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी मतदानमा पार्टीको केन्द्रीय निर्वाचन आयोगले प्रबन्ध गरेको विद्युतीय भोटिङ मेसिनमा मतदान भइरहेको हो । आज बिहान ९ः३० बजेदेखि सुरु भएको मतदानमा मध्याह्न १२ः०० बजेसम्ममा करिब ४०० मत खसेको एमालेको केन्द्रीय प्रचार विभागका प्रमुख […]

बागमती मुख्‍य समाचार समाचार

फागुन २१ को निर्वाचन जसरी पनि सम्पन्न हुनुपर्छ : मेयर महर्जन

काठमाडौं । ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पछिल्लो समय जेनजीहरुले चुनाव हुन दिँदैनौं भनेर स्वर परिवर्तन गरेको बताएका छन् । बुधबार ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अन्तरिम सरकारको जिम्मेवारी भनेको निर्वाचन गराउनु रहेको बताउँदै कुनैपनि हालतमा निर्वाचन हुनुपर्नेमा जोड दिए । उनले भने,‘अहिलेको सरकारको मुख्य काम भनेको फागुन २१ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ललितपुरको प्रत्येक सम्पदामा आस्था र सभ्यताको झल्को छ : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री शुसीला कार्कीले ललितपुर महानगरपालिका उमेरका हिसाबले मात्र होइन, कला र सम्पदाका दृष्टिले पनि जेठो रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले पाटन आफैंमा नेपाली सभ्यता र सौन्दर्यताको जीवित संग्रहालय भएको उल्लेख गरिन् । उनले यहाँका प्रत्येक वास्तु सम्पदामा देवत्व मुस्कुराइरहेको अनुभूति हुने बताउँदै पूर्खाले […]

बागमती मुख्‍य समाचार समाचार

युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौँ, २ पुसः वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै रु ५२ लाख ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ परेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार बराइलीले एक जना पीडितलाई रोजगारीका […]