१४ आश्विन २०८३, बुधबार
गण्डकी मुख्‍य समाचार समाचार

बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

ढोरपाटन बागलुङ, ६ पुस : बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । शहरी क्षेत्रमा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

वालिङ स्याङ्जा, ६ पुसः यहाँ उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका छन् । स्याङ्जाको वालिङ नगरपालिकाका विभिन्न ठाउँमा व्यावसायिक रूपमा उत्पादन भएको कागतीको दानाले बजार नपाएपछि विकल्पका रूपमा कागती पेलेर रस तथा चुक नै बिक्री गर्ने अवस्थामा किसानहरू पुगेका हुन् । जाडो मौसममा कागती दानाको माग कम हुँदा बजारमा खपत हुन नसकेकाले बिग्रिन […]

मधेश मुख्‍य समाचार समाचार समाज

दलित बस्तीको शिक्षाका लागि अक्षयकोष

महोत्तरी, ६ पुसः बर्दिबास–१४ स्थित गौतम होटलले बर्दिबास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका बालबालिकाको शिक्षाका लागि रु तीन लाख ११ हजारको अक्षयकोष प्रदान गरेको छ । होटलका सञ्चालक हीरालाल गौतमले शनिबार आफ्नो ५०औँ जन्मदिनको अवसर पारेर मुसहर बालबालिकाको शिक्षामा खर्च हुनेगरी स्थापना गरिएको कोष मुसहर बस्तीका शिक्षा अभियानी मञ्जय सदा मुसहरसहितका बालबालिकालाई रु तीन लाख […]

कोशी मुख्‍य समाचार समाचार समाज

गाउँमै उद्योग थापना भएपछि किबी उत्पादन गर्ने किसानलाई राहत

धनकुटा, ६ पुसः गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि धनकुटाको महालक्ष्मी नगरपालिका–२ किबी किसानलाई राहत पुगेको छ । स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर वडाको घुमाउनेस्थित तोरीबारीमा रु १० करोड लागतमा पाँच सय टन किबी खपत गर्ने क्षमताको उद्योग सञ्चालनमा ल्याएपछि किसानहरू लाभान्वित भएका हुन् । ठूलो किबी बजारमा सहजै बिक्री भए पनि […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै

भेरीगङ्गा सुर्खेत, ६ पुसः कर्णालीबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढ्दै गएको छ । सुरक्षित आप्रवासन कार्यक्रमको तथ्याङ्कअनुसार कर्णालीबाट वैदेशिक रोजगारीमा जानका लागि वार्षिक ३० हजार जतिले श्रम स्वीकृति लिने गरेका छन् । तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१÷८२ मा मात्र कर्णालीका १० जिल्लाका २८ हजार ४९ जनाले श्रम स्वीकृति लिएका छन् । जसअन्तर्गत सबैभन्दा धेरै सल्यानबाट छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित

धरान सुनसरी, ६ पुसः गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन् । धनकुटाको खोकु, छिन्ताङ, बुधुक, भोजपुर, सङ्खुवासभा पाँचथरलगायत पूर्वी पहाडी जिल्लाबाट किसानले उत्पादन गरेका सुन्तला धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा बिक्रीका लागि ल्याइरहेका छन् । धरान कृषि बजारमा गत वर्षको तुलनामा यस वर्ष कात्तिक, मङ्सिरमै करिब […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

समपूरक र विशेष अनुदानका लागि आयोजना प्रस्ताव गर्न आग्रह

काठमाडौँ, ६ पुस : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका र नगरपालिकालाई सङ्घीय समपूरक अनुदान र विशेष अनुदानका लागि कार्यक्रम प्रस्ताव गर्न आग्रह गरेको छ । समपूरक अनुदानसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०८२ र विशेष अनुदानसम्बन्धी पहिलो संशोधन कार्यविधि, २०८२ मा व्यवस्था भएबमोजिम प्रदेश सरकार र स्थानीय तहबाट प्रस्ताव आह्वान गरिएको हो । नयाँ आर्थिक […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  ६ पुस : नेपाल राष्ट्र बैंकले आज ९आइतबार० का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ६५ पैसा, […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

कर्णालीमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुँदै

कर्णाली, ६ पुसः कर्णाली प्रदेशको राजधानी सुर्खेत, वीरेन्द्रनगरमा राष्ट्रिय अपाङ्ग खेलकुद प्रतियोगिता हुने भएको छ । सुर्खेतस्थित पारा फाउन्डेसन शाखा कार्यालयले आगामी माघ ९–१४ गतेसम्म उक्त प्रतियोगिता गर्ने भएको हो । वीरेन्द्रनगरमा शनिबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा फाउन्डेसनका अध्यक्ष किशोर शाहीले अपाङ्गता भएका व्यक्तिले पनि अवसर पाए सपाङ्गजस्तै आफ्नो क्षमता प्रदर्शन गर्न सक्छन् र मुलुकलाई […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन ७४ दिन बाँकीः प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था

काठमाडौँ, ६ पुसः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचार संहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ । […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

काठमाडौं आइपुगे रवि लामिछाने, विमानस्थलमा नाराबाजीसहित स्वागत

  काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेर हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल बाहिर उनलाई स्वागत गर्न रास्वपाका नेता, कार्यकर्ता तथा समर्थकहरूको ठूलो भीड जम्मा भएको थियो । विमानस्थलबाट बाहिरिने क्रममा समर्थकहरूले नाराबाजी गर्दै लामिछानेको भव्य स्वागत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षाको सन्देश दियो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका हुन् । उनले उक्त आन्दोलनले राजनीतिक […]