१९ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवेशनको तयारी सुरु

भक्तपुर, १८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी एमाले को यही मङ्सिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी सुरु गरेको छ । महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली सहितको टोलीले आज निरीक्षण गरेको छ । उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम लगायतका नेताहरुले […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः चितवन टस जितेर बलिङ गर्दै

काठमाडौँ, १८ मङ्सिर : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० मा आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गर्दैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा चितवनले टस जितेर बलिङ रोजेको छ । सुदूरपश्चिम अपराजित १० अङ्कका साथ शीर्ष स्थानमा छ । आजको खेल जितेर सुदूरपश्चिम पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः काठमाडौँ प्लेअफमा सुरक्षित

काठमाडौँ, १८ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा काठमाडौँ गोर्खाज प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । यसअघि सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगिसकेको छ । आजको खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै प्लेअफमा स्थान सुरक्षित गरेको हो । काठमाडौँले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा अलआउट […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

पोखरालाई पराजित गर्दै काठमाण्डु प्लेअफमा प्रवेश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को आजको खेलमा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १३ रनले पराजित गरेको छ । बिहीबार टीयू क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डु प्लेअफमा प्रवेश गरेको छ । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो । काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखराले २० […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’

पाटन ललितपुर, १८ मङ्सिर: बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भीडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो । योमरी चाडको अवसरमा सार्वजनिक बिदासमेत परेकाले सर्वसाधारण र तीर्थालु भक्तजनको घुइँचो हुने नै भयो । यही भीडभाडमा सङ्घीय सरकारको सञ्चार तथा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँ महानगरपालिकाद्वारा सडकआश्रितकाे व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सम्झौता

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडकआश्रित मानिसहरूको उद्धार र व्यवस्थापनका लागि मानवसेवा आश्रमसँग सम्झौता गरेको छ। सम्झौताअन्तर्गत आश्रमलाई घर भाडा, मानव व्यवस्थापन र स्क्रिनिङ कार्यका लागि आवश्यक सहयोग उपलब्ध गराइनेछ। सम्झौताको अवधि २०८३ असार मसान्तसम्मका लागि तय गरिएको छ। बुधबार सम्झौता पत्रमा उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको रोहबरमा सामाजिक विकास विभागका प्रमुख […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेमा नीति र नेतृत्वका विषयमा विवाद छैन : उपमहासचिव रिमाल

काठमाडौँ, १८ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी एमाले का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा नीति र नेतृत्वका विषयमा कुनै विवाद नहुने बताएका छन् । प्रेस चौतारी नेपालद्वारा आज आयोजित संवाद कार्यक्रममा उपमहासचिव रिमालले लामो इतिहास र सङ्घर्ष हुँदै अन्तरपार्टी लोकतान्त्रिक अभ्यासबाट अघि बढेको पार्टी भएकाले स्वच्छ प्रतिस्पर्धा भएमा अस्वाभाविक मान्न नपर्ने बताए […]

बागमती मुख्‍य समाचार समाचार

घोषित मितिमै निर्वाचन गर्ने लक्ष्यसहित सरकार अघि बढ्दैछ : प्रधानमन्त्री कार्की

काठमाडौँ, १८ मङ्सिर : प्रधानमन्त्री सुशीला कार्कीले सरकारले घोषित मितिमै निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित तयारी गरिरहेको बताएका छन् । २२औँ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्धारा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले फागुन २१ गते हुने निर्वाचनमार्फत सत्ता युवापुस्ताको हातमा हस्तान्तरण गर्दै देशलाई द्रूत विकासको बाटोमा अघि बढाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । […]

कर्णाली मुख्‍य समाचार समाचार

ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

भोजपुर, १८ मङ्सिरः यहाँको टेम्केमैयुङ गाउँपालिका ७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो । ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

मलामी गएका युवक महाकालीमा बेपत्ता

महेन्द्रनगर कञ्चनपुर, १८ मङ्सिरः महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिए । स्थानीय भाइ पर्नेको महाकाली घाटमा मलामी गएका सनि चिता बनाउने क्रममा चिप्लेर महाकालीमा बेपत्ता भएको प्रारम्भिक खबर आएको छ, […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एमालेले महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने

काठमाडौँ, १८ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी एमालेले आसन्न ११आँै राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यसपटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताए । एमालेले यसअघि चितवनमा सम्पन्न १०आँै राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो […]

कोशी मुख्‍य समाचार समाचार

झापामा नरिवलको व्यावसायिक खेती सुरु

झापा, १८ मङ्सिरः समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गरेका हुन् । पहिलो चरणमा यस वर्ष एक बिगाहा क्षेत्रफल जग्गामा नरिवलका ३०० बिरुवा लगाएको उनले बताए । बिरुवा रोपेको कम्तीमा नौ वर्षपछि नरिवलले फल दिन थाल्नेछ । […]