२० असार २०८३, शनिबार
मुख्‍य समाचार लुम्बिनी समाचार

प्रशासन कार्यालय सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी पाए

नेपालगञ्ज, १७ मङ्सिरः जेनजी प्रदर्शनपछि अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालयको सेवा सञ्चालनमा आएपछि ८३४ सेवाग्राहीले राहदानी प्राप्त गरेका छन् । गत भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएपछि अवरुद्ध बनेको सेवा सञ्चालनमा आएसँगै ८३४ जनाले राहदानी प्राप्त गरेका हुन् । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले पहिलेको तुलनामा […]

बागमती मुख्‍य समाचार समाचार

जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयान क्षति पुर्‍याउने धरौटीमा रिहा

काभ्रेपलाञ्चोक, १७ मङ्सिरः गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न प्रहरी कार्यालय तोडफोड, आगजनी, लुटपाट गरी क्षति पुर्‍याउनेलाई जिल्ला अदालत कार्यालय काभ्रेपलाञ्चोकले धरौटीमा छाड्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलाशले पक्राउ परेका सबैलाई धरौटीमा छाड्न आदेश दिएको अदालतको श्रेष्तेदार इन्दिरा कार्की गेलालले जानकारी दिए । उनका अनुसार बनेपास्थित […]

मधेश मुख्‍य समाचार समाचार

मुख्यमन्त्री यादवले बुझाए प्रदेश प्रमुखलाई राजीनामा पत्र

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनमा पत्र बुझाएका छन् । उनले केहीबेर अघि मात्र मधेश प्रदेशका प्रदेश प्रमुख डा.सुरेन्द्र लाभ समक्ष आफ्नो राजीनामा पत्र बुझाएका हुन् । उनले सम्मानित सर्वाच्च अदालतको आदेशलाई शिरोधार्य गर्दै राजनीतिक परिस्थितिले देखाएको सन्देशलाई आत्मसाथ गर्दै, नागरिकको भावना र प्रदेशको व्यापक हितलाई ध्यानमा राखदै मुख्यमन्त्री पदबाट राजीनामा दिएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ : सुमना श्रेष्ठ

काठमाडौं । नेत्री सुमना श्रेष्ठले कुनै पनि नागरिकले नागरिक भएर बाच्नको लागि राजनीतिक दलको फेर समात्नुपर्ने र कसैको कृपामा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताएकी छिन् । बुधबार उज्यालो पार्टी नेपालको औपचारिक घोषणा सभामा बोल्दै उनले नेपालको मुद्दा भ्रष्टाचार, नातावाद र कृपावादलाई पार्टीले मूल मुद्दा बनाएर अगाडि बढ्नुपर्ने बताइन् । उनले भनिन्, ‘भदौ २३ र २४ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्री खनाल र सिन्हाको भेट

काठमाडौँ, १७ मङ्सिरः राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले आज भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेका उनको सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्बीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।

कर्णाली मुख्‍य समाचार समाचार

स्वास्थ्य शिविरबाट दुई सय ७२ जना लाभान्वित

जुम्ला, १७ मङ्सिरः जुम्लाको सिञ्जा गाउँपालिकाले सञ्चालन ल्याएको बृहत् विशेषज्ञ निःशुल्क स्वास्थ्य शिविरबाट २७२ जनाले सेवा लिएका छन् । गाउँपालिकाको ग्रामीण भेगमा पर्ने वडा नं ६ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट १५२ महिलासहित २७२ जनाले सेवा लिएका हुन् । शिविरमा महिलाको पाठेघर सम्बन्धी स्वास्थ्य परीक्षण, हाडजोर्नी सम्बन्धी चेकजाँच, बालरोगसम्बन्धी, अन्य सामान्य परीक्षण, किशोरकिशोरी परिवार नियोजन […]

बागमती मुख्‍य समाचार समाचार

देवघाटको विद्युतीय शवदाह गृह सञ्चालनमा

चितवन, १७ मङ्सिरः पवित्र धार्मिक तीर्थस्थल देवघाटमा निर्माण गरिएको शवदाह गृह सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण सम्पन्न गरी गत असोज २४ गते भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरेको गृह महानगरले सञ्चालनमा ल्याएको हो । महानगरपालिकाका विपद् शाखा प्रमुख बालकृष्ण थपलियाका अनुसार मंगलबारदेखि गृह सञ्चालनका लागि तयारी अवस्थामा छ । आज बिहानसम्म […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनमा बगेको रगत खेरा जान नदिन एकजुट हुन आवश्यक छ : किशोरी कार्की

काठमाडौं । उज्यालो पार्टीमा आवद्ध जेनजी युवा किशोरी कार्कीले अब एकजुट भएर नयाँ सोच र जागरणका साथ अगाडि बढ्ने समय आएको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित उज्यालो नेपाल पार्टीको घोषणा सभामा उनले अब एकजुट भएर अगाडि बढ्न नसके सधैँ राज्यको दमनमा पर्ने भन्दै भदौ २३ र २४ गते बगेको रगत खेर नजाओस भन्नको लागि […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएलः विराटनगर किङ्ग्सले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौ, १७ मङ्सिरः दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल मा अहिले विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच खेल सुरु हुँदैछ । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गर्दैछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छ । आजको खेल जितेर एक खेलअगावै प्लेअफमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देश र देशवासीको लागि उज्यालो दिप बनेर जल्ने प्रण लिएको छु : रिमा विश्वकर्मा

काठमाडौं । उज्यालो नेपाल पार्टीमा जोडिएकी कलाकार रिमा विश्वकर्माले जेनजी आन्दोनमा गोली चलाउन आदेश दिने तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली जस्तो नेता अब यो देशलाई खाँचो नभएको बताएकी छिन् । बुधबार उज्यालो नेपाल पार्टीको औपचारिक घोषणा सभामा बोल्दै उनले देशले जवाफदेही नेतृत्व खोजिरहेको बेला प्रधानमन्त्री जस्तो गरिमामय पदमा बसेर गोली चलाउने आदेश कसले दियो मलाई […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मुख्यमन्त्री सरोज कुमार यादवले दिए राजिनामा

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले राजिनामा दिएका छन् । बुधबार (आज) मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिने भनिएकोमा उनले आफ्नो धारणा राख्दै राजिनामा दिएको घोषणा गरेका छन् । विश्वासको मत पाउने नदेखिएपछि उनले बैठकमा विश्वासको मत लिनु अघि नै राजिनामा दिएका छन् । मुख्यमन्त्री यादवले धारणा राखिरह्दा ७ राजनितिक दलका सांसदहरु […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले महाधिवशेनः दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गियो

काठमाडौँ, १७ मङ्सिरः नेकपा एमाले को ११औँ राष्ट्रिय महाधिवेशनका लागि दुई जिल्लाबाहेक सबैमा प्रतिनिधि छनोट टुङ्गिएको छ । महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिका सचिव माधव ढुङ्गेलका अनुसार ओखलढुङ्गा र धनकुटाबाहेक सबै भूगोल, गैरभूगोलको प्रतिनिधि छनोट सकिएको छ । उनले ती दुई जिल्लामा पनि चार दिनभित्रमा प्रतिनिधि निर्वाचन गरेर टुङ्ग्याउन निर्देशन दिएको जानकारी दिए । केही जिल्लामा […]