१९ असार २०८३, शुक्रबार
कर्णाली मुख्‍य समाचार समाचार

मङ्सिर २१ भित्र योजना छनोट गरेर पठाउन निर्देशन

काँक्रेविहार सुर्खेत, १८ मङसिर : कर्णाली प्रदेश सरकारले मङ्सिर २१ गतेभित्र आगामी आर्थिक वर्ष २०८३र८४ मा कार्यान्वयन गरिने योजनाको विवरण पठाउन निर्देशन दिएको छ । जिल्लास्थित कार्यालय मार्फत पत्राचार गर्दै प्रदेश सरकारले दोहोरोपन नपर्ने गरी योजनाको विवरण पठाउन निर्देशन दिएको हो । कर्णाली प्रदेश सरकारले आयोजनाको प्रस्ताव तथा छनोट प्रक्रिया सम्बन्धी कार्यविधि २०८२ मा व्यवस्था […]

बागमती मुख्‍य समाचार समाचार

संयुक्त नागरिक पार्टीको घोषणाः फागुन २१ को चुनावका लागि तयारी पूरा

काठमाडौं ।  संयुक्त नागरिक पार्टीले आगामी फागुन २१ गते हुने संघीय संसदीय निर्वाचनका लागि तयारी पूरा भएको घोषणा गर्दै सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेको छ । बिहीबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमार्फत पार्टीले २०८२ भदौ २३ गते जेन–जी नेतृत्वमा भएको ऐतिहासिक नागरिक आन्दोलनपछिको संक्रमणकालीन अवस्थामा अन्तरिम नागरिक सरकारले निर्माण गरेको स्वस्थ राजनीतिक वातावरण को […]

कोशी मुख्‍य समाचार समाज

अलैँचीको मूल्यमा निरन्तर गिरावट

फुङ्लिङ ताप्लेजुङ, १८ मङ्सिर : पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको छ । मङ्सिरदेखि मूल्यमा तीव्र उतार–चढाव देखिन थालेको व्यापारीहरूको भनाइ छ । गत कात्तिक २३ गते फुङ्लिङ बजारमा प्रतिमन ९४० केजी० अलैँची एक लाख दुई हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । जुन यस वर्षको सबैभन्दा उच्च मूल्य मानिन्छ । तर यो मूल्य […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपिएल : अर्धशतकको सङ्ख्या २८ पुग्यो

काठमाडौँ, १८ मङ्सिर : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलमा अर्धशतकको सङ्ख्या २८ पुगेको छ । काठमाडौँ गोर्खाजका बेन चाल्र्सले आज ५० रन पूरा गरेसँगै अर्धशतकको सङ्ख्या २८ पुगेको हो । उनले पोखरा एभेन्जर्स विरूद्ध उनले ४८ बलमा एक छक्का र चार चौकाको मद्दतमा अर्धशतक पूरा गरे । योसँगै उनी अर्धशतक जोड्ने २४आँै खेलाडीसमेत बने […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

एनपीएलः काठमाण्डु गोर्खाजद्वारा पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा काठमाण्डु गोर्खाजले पोखरा एभेन्जर्सलाई १६६ रनको लक्ष्य दिएको छ । बिहीबार टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गेको काठमाण्डुले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाएर १६५ रन जोडेको हो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक […]

कर्णाली मुख्‍य समाचार समाचार

खेल सञ्चालन नहुँदा रङ्गशाला अलपत्र

तुलसीपुर दाङ, १८ मङ्सिरः दाङको देउखुरीस्थित लमहीमा अन्तरराष्ट्रिय मापदण्डको क्रिकेट रङ्गशाला निर्माण भए पनि खेल सञ्चालन नहुँदा अलपत्र परेको छ । राष्ट्रियस्तरका ठूला खेल खेलाउन सकिने रङ्गशाला तयार भए पनि पछिल्लो एक वर्षयता एउटा पनि खेल भएका छैनन् । खेल नहुँदा अहिले मैदानमा घाँस उम्रिएको छ भने फोहरले अव्यवस्थित बनेको छ । लमही नगर विकास […]

बागमती मुख्‍य समाचार समाचार स्वास्थ्य

चिसोका कारण अस्पतालमा बिरामीको चाप बढ्दो

बागमती, १८ मङ्सिर : पछिल्लो केही दिनयता चिसो बढेसँगै मकवानपुर लगायतका जिल्लामा रुघाखोकी, ज्वरो र श्वासप्र्रश्वासका बिरामी बढ्दै गएको छ । चिसो र शीतलहरका कारण रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढेका हुन् । हेटौँडास्थित हेटौँडा अस्पताल, चुरेहिल अस्पताल तथा ग्रामीण भेगका स्वास्थ्य संस्थामा अहिले बिरामीको चाप बढेको जिल्ला जस्वास्थ्य कार्यालयले जनाएको छ । दुधे बालकदेखि […]

गण्डकी मुख्‍य समाचार समाचार

उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला

गोरखा, १८ मङ्सिरः उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिए । चुमनुब्री–३ साविक सिर्दीबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा बढी भेँडा पालन हुने गाउँ हो । यहाँबाट दैनिक जगत हुँदै लावालस्कर लागेर […]

कोशी मुख्‍य समाचार समाचार समाज

बेमौसमी वर्षाले क्षति पुर्‍याएपछि झापामा धान उत्पादन घट्यो

झापा, १८ मङ्सिरः बेमौसमी वर्षाले धानखेतीमा क्षति पुर्‍याएपछि जिल्लामा यो वर्र्ष उत्पादन घटेको छ । गत असोज र कात्तिकमा आएको बेमौसमी वर्षाका कारण गत वर्षको तुलनामा धान उत्पादन घटेको कृषि ज्ञान केन्द्रले जनाएको छ । कार्यालयका प्रमुख सागर विष्टका अनुसार जिल्लामा यस वर्ष तीन लाख ५४ हजार ३५२ मेट्रिकटन धान उत्पादन भएको छ । गत […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

चरा संरक्षणमा चासो

तानसेन पाल्पा, १८ मङ्सिरः चरा संरक्षणकर्मीहरुले दुर्लभ चरा संरक्षणमा चासो देखाएका छन् । जथाभावी प्राकृतिक दोहन, जलवायु परिवर्तन, कृषि बालीमा प्रयोग गरिने विषादी, रासायनिक मलको प्रयोग, जल तथा वायु प्रदूषण लगायतका कारणले चरा लोप हुने अवस्थामा पुग्न थालेपछि संरक्षणकर्मीहरुले चासो देखाएका हुन् । उनीहरुले गोष्ठी, छलफल र ‘फिल्ड स्टडी’ गरी चरा संरक्षणमा चासो देखाएका छन् […]

मधेश मुख्‍य समाचार समाचार

धानको रैथाने जात संरक्षण गर्दै बाँकेका गङ्गानारायण

राँझा बाँके, १८ मङ्सिरः बैजनाथ गाउँपालिका–८ टिटिहिरियाका किसान गङ्गानारायण चौधरी धानको परम्परागत रैथाने जात संरक्षण गर्दै आएका छन् । कृषि ज्ञान केन्द्रको सहयोग र समन्वयमा चौधरीले विगत पाँच वर्षदेखि रैथाने कालानमक जातको धानखेती गर्दै आएका छन् । यो वर्ष ३२ कठ्ठा क्षेत्रफलमा लगाएको धानखेतीबाट ४० क्विन्टल कालानमक धान उत्पादन भएको गङ्गानारायणले जानकारी दिए । उत्पादन […]

बागमती मुख्‍य समाचार समाचार

भरतपुरमा प्राङ्गारिक सूर्यमुखीखेती

नारायणगढ चितवन, १७ मङ्सिरः भरतपुर महानगरपालिका–१५, श्रीपुरका प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले यस वर्ष दुई बिघा १० कठ्ठा क्षेत्रफलमा शतप्रतिशत प्राङ्गारिक तरिकाले सूर्यमुखीखेती लगाएका छन् । अधिकारीका अनुसार दुई वर्षअघि पनि सोही बाली लगाउँदा दाना तथा तेलको उच्च माग देखिएको र बाली चक्र प्रणालीअनुसार सूर्यमुखी उपयुक्त ठहरेकाले यस वर्ष फेरि सूर्यमुखी लगाइएको हो । उनले भने, […]