अठार ज्येष्ठ नागरिक सम्मानित
देवदह रुपन्देही, १० पुसः कमलापति–गङ्गादेवी पन्थ स्मृति प्रतिष्ठान सिद्धार्थनगर नगरपालिका–८, रुपन्देहीले १८ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । प्रतिष्ठानको आठौँ वार्षिकोत्सवको ८० वर्ष पूरा भएका र सोभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो । ज्येष्ठ नागरिकलाई नगदसहित दोसल्ला ओढाएर सम्मानपत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सल्लाहकार तथा सिद्धार्थनगर नगरपालिकाका निवर्तमान प्रमुख हरिप्रसाद अधिकारीले बताए। कार्यक्रममा […]











