१४ आश्विन २०८३, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रुग्ण ठेक्का रद्द गरेर अलपत्र आयोजनालाई गति दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

काठमाडौँ, ९ पुसः भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले १०० दिनको अवधिमा आन्दोलनबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणदेखि रणनीतिक सडक, सुरुङ र यातायात सेवा सुधारसम्म उल्लेखनीय काम भएको बताएका छन् । मन्त्री घिसिङले आफ्नो कार्यकालको १०० दिन पूरा भएका अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यप्रगति सार्वजनिक गर्दै विकास आयोजनालाई बन्धक बनाउने प्रवृत्तिविरुद्ध कडा कदम चालिएको बताउनुभयो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन

काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पार्टी कार्यालयको अनुगमन गरेको छ । बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले वनस्थलीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह […]

बागमती मुख्‍य समाचार समाचार

क्यासिनो खेल्ने/ खेलाउने ७ जना पक्राउ

काठमाडौं । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने÷खेलाउने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार जिल्ला प्रहरी परिसर, काठमाडौंले पत्रकार सम्मेलनगरी ठमेलस्थित छायाँ सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरूलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेहरुमा सुरेश महाजन, दिनेश बर्मा, विक्रम सिंह, प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे रहेका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन

काठमाडौं । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पार्टी कार्यालयको अनुगमन गरेको छ । बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो । अनुगमनका क्रममा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन लगायतका नेताहरूसँग छलफल समेत गरेका छन् ।

बागमती मुख्‍य समाचार समाचार

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ । यसअघि मंगलबारको बढ्दो क्रमलाई निरन्तरता दिँदै बुधबार नेप्से १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा उक्लेको हो । यस दिन सेन्सेटिभ इण्डेक्स ०.९४ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४६ अंकले बढेको छ । यसदिन नेप्सेमा सामान्य […]

मधेश मुख्‍य समाचार समाचार समाज

मानवसेवा आश्रम वीरगञ्ज शाखाद्वारा रात्रिकालीन सडकसेवा सञ्चालन

वीरगञ्ज। मानवसेवा आश्रम वीरगञ्ज शाखाले मंगलबार राति रात्रिकालीन सडकसेवा सञ्चालन गरेको छ। कठ्याङ्ग्रिदो जाडोमा वीरगञ्जको सडकपेटी तथा सार्वजनिक स्थलमा कष्टपूर्ण जीवन बिताइरहेका १३ जना बेवारिसे व्यक्तिहरू उद्धार गरिएको हाे। उद्धार अभियानमा मानवसेवा आश्रमको सहकार्यमा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी तथा स्वयसेवकहरू लगायतकाे सक्रिय सहभागिता रहेको थियो। मानवसेवा आश्रमले बेवारिसे व्यक्तिको […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

नयाँ सहर आयोजना सघन सहरी आयोजनामा एकीकृत

दशरथचन्द बैतडी, ९ पुसः जिल्लाको पाटनस्थित नयाँ सहर आयोजनाको कार्यालय सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको छ । बैतडीसहित दार्चुला र बझाङ जिल्ला हेर्नेगरी उक्त आयोजना सघन सहरी तथा भवन निर्माण आयोजनामा एकीकृत भएको हो । सरकारले विसं २०६८ मा नयाँ सहर विकास आयोजना अघि बढाउने उद्देश्यले पाटनमा कार्यालय स्थापना गरेको थियो । […]

बागमती मुख्‍य समाचार समाचार

सरकारी संवाद समितिको टोली दलहरुको कार्यालयमा

काठमाडौँ, ९ पुसः नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ । समितिका संयोजक र सदस्यसहितको टोलीले आज जनमत पार्टीको कार्यालय अनुगमन गरी निर्वाचन सम्बन्धी छलफल गरेको हो । छलफलपछि उद्योग, पर्यटन र कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री अनिल सिन्हाले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभाको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

फागुनको २१ कोे निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौ स् प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीले फागुनको २१ गते हुने निर्वाचन विकल्पविहीन निर्वाचन रहेको बताएका छन् । बुधबार फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गर्ने सम्बन्धी अभिमुसीकरण कार्यक्रम, २०८२ समापन समारोहमा बोल्दै उनले नेपालको संविधानमा भएको छेडखानीलाई निम्ट्याएर संविधान बमोजिम सुशासन प्रवाह गर्ने विकल्पको रुपमा निर्वाचन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्देशिका विपरीत गरिएका कार्य तत्काल बन्द गर्न एम्बुलेन्स चालकलाई मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स चालकहरूले आर्थिक प्रलोभनमा परी बिरामीलाई महंगा अस्पतालमा लैजाने गरेको गुनासो आएको भन्दै यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले एम्बुलेन्स सेवा निर्देशिका र बिरामीको इच्छा विपरीत हुने यस्तो कार्य तत्काल रोक्न आग्रह गरेको हो । अप्ठ्यारो अवस्थामा परेका बिरामी वा घाइतेहरूलाई […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एउटै मञ्चबाट गृहमन्त्री र मुख्यमन्त्रीको फरक फरक अभिव्यक्ति

सुर्खेत । गृहमन्त्रालय र कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को संयुक्त आयोजनामा गृहमन्त्री प्रमूख अतिथि, मुख्यमन्त्री बिशेष अतिथि कार्यक्रमको बिषय प्रदेशस्तरीय सुरक्षा गोष्ठि । मञ्च एउटै बिषयबस्तु एउटै तर मुख्यमन्त्री र गृहमन्त्रीको फरक फरक अभिव्यक्तिले कार्यक्रमका सहभागिलाई समेत अन्योल बनायो । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले सरकार निर्धारित मितिमै प्रतिनिधिसभा निर्वाचन गराउन प्रतिबद्ध भएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच तीन बुँदे सम्झौता

काठमाडौं । उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबिच फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा संयुक्त रूपमा सहभागी हुन तीन बुँदे सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच चुनावी एकतासम्बन्धी सम्झौतापत्रमा सर्वोदय पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्ने, साझा घोषणापत्र बनाउने र विवाद समाधानका लागि संयुक्त संयन्त्र बनाउने तीन बुँदे सम्झौता भएको हो […]