मादी नदीमाथि निर्माणाधीन पुलमा पहुँच सडक निर्माण सुरु
दमौली तनहुँ, १० पुसः मुग्लिन–पोखरा सडकखण्ड अन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको पुलको दुईतर्फ जोड्ने पहुँच सडक निर्माण सुरु गरिएको छ । चार लेनको पुल निर्माण अन्तिम चरणमा पुगेको छ । पुल जोड्न पहुँच सडक पनि निर्माण सुरु गरिएको मुग्लिन–पोखरा सडक योजना पूर्वी खण्ड०का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। […]











