आईटीसी ब्यूटी ट्रेनिङ स्कूलको सेवाः रानीवन शाखामा आश्रितहरूलाई कपाल सुधारमा सजीकरण
काठमाडौँ । मानवसेवा आश्रम रानीवन शाखामा आश्रित लक्ष्मीनारायणहरूको व्यक्तिगत सरसफाइ, नङ तथा कपाल सुधारसम्बन्धी सेवामा आईटीसी ब्यूटी ट्रेनिङ स्कूलले निःशुल्क रूपमा सहजीकरण गरेको छ। बुधबार आयोजित उक्त सेवाअन्तर्गत रानीवन शाखामा रहेका करिब २०० जना लक्ष्मीनारायणहरूलाई कपाल काट्ने, म्यानिक्योर–पेडिक्योर तथा सरसफाइसम्बन्धी सेवा प्रदान गरिएको हो। यस सेवाका लागि आईटीसी ब्यूटी ट्रेनिङ स्कूलका कलंकी, गंगबु र डिल्लीबजारस्थित शाखाबाट […]











