१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

निर्वाचन सफल बनाउन भारतलगायत छिमेकी राष्ट्रहरुको ठूलो सहयोग छ :आयोग

  काठमाडौं । गत भदौमा भएको जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई नेपालमा ऐतिहासिक र अर्थपूर्ण रूपमा हेरिएको छ । यस निर्वाचनलाई छिमेकी मुलुक भारतले समेत निकै महत्व र चासोका साथ हेरिरहेको छ । एएनआईका अनुसार निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा भारतले नेपाललाई आवश्यक सहयोग प्रदान गरेको छ । निर्वाचन आयोगका […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

इजरायल–लेबनान तनाव, लेबनानमा कम्तीमा ३० हजार मानिसहरू विस्थापित

इजरायल र हिजबुल्लाहबीचको शत्रुता बढ्दै जाँदा लेबनानमा कम्तीमा ३०,००० मानिसहरू विस्थापित भएका छन् । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार उनीहरु धेरैले आश्रयस्थलहरूमा शरण लिएका छन् । इजरायलले लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाह विरुद्ध हवाई अभियान अगाडि बढाइरहेको छ । विशेषगरी राजधानी बेरुतको दक्षिणी उपनगरहरू र देशको दक्षिणमा, बासिन्दाहरूलाई खाली गर्ने चेतावनी जारी गरेको छ […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य ११ हजार रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा बधबार सुनको मूल्य ११ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख १७ हजार ६०० सय रुपैयाँमा कारोबार भएको छ । मंगलबार सुनको मूल्य ३ लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य २७५ रुपैयाँले घटेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मतपेटिका सेनाले लैजाने हल्ला गलत : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा तयारी पूरा भएको बताएका छन् । अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षासम्बन्धी तयारी एकीकृत सुरक्षा योजना पारित गरी सोही आधारमा सुरक्षा संयन्त्रहरू परिचालित गरिएको जानकारी दिए । उनका अनुसार सबै सुरक्षा निकायहरू मतदान स्थलसम्म परिचालन भइसकेका छन् र आवश्यक परेका बेला सुरक्षाको अवस्थालाई नियन्त्रणमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

हर्मुज नाकाबन्दी : विश्वको ‘उर्जा लाइफलाइन’ र नेपालमा यसका बाछिटा

विश्व मानचित्रमा एउटा यस्तो साँघुरो समुद्री मार्ग छ, जसको सामान्य हलचलले पनि विश्वको अर्थतन्त्रलाई नै ‘कोमा’ मा पु¥याउन सक्छ । स्ट्रेट अफ हर्मुज त्यहि मार्ग हो । पछिल्लो समय मध्यपूर्वमा इजरायल र इरानबीचको बढ्दो सैन्य मुठभेड र अमेरिकाको बढ्दो संलग्नतापछि इरानले यस जलमार्गमाथि आफ्नो पकड कडा बनाउँदै लगेको छ । सन् २०२६ को सुरुआती महिनाहरूमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मन्त्रालयले तोक्यो निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरु

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरू तोकेको जनाएको छ । मंगलबार सूचना जारी गरी फागुन २१ गते हुने निर्वाचमा घट्न सक्ने सम्वाभित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वयका लागि स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रका निम्न कर्मचारी सम्पर्कमा रहेको मन्त्रालयले जनाकारी दिएको हो । मन्त्रालयले केन्द्रका […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

पर्सा २ का उम्मेदवार मनोज चौधरीसहित चार जना पक्राउ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साकाबाट खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा बडनिहार क्षेत्रमा चौधरी सवार गाडी रोकेर उनीसहित चार जनालाई प्रक्राउ गरेको हो । चौधरी सवार गाडीबाट शंकास्पद वस्तु समेत फेला परेको […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

स्ट्रेट अफ हर्मुजमा अमेरिकी सुरक्षा पहल : ऊर्जा आपूर्तिको स्वतन्त्र प्रवाह सुनिश्चित गर्ने ट्रम्पको घोषणा

काठमाडौं । मध्यपूर्वमा चुलिँदो तनाव र विश्वव्यापी तेल आपूर्तिमा अवरोधको चिन्ताबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी क्षेत्रको समुद्री व्यापार सुरक्षित गर्न “तत्काल कदम” चालिने घोषणा गरेका छन् । उनले ऊर्जा ढुवानीसहित सम्पूर्ण समुद्री व्यापारको वित्तीय सुरक्षाका लागि राजनीतिक जोखिम बीमा उपलब्ध गराइने र आवश्यक परे अमेरिकी नौसेना मार्फत ट्यांकरहरूलाई हर्मुज जलमार्गमा एस्कर्टिङ गरिने बताएका छन् […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राष्ट्रिय मुक्ति पार्टी नेपालका कार्यकर्ता पक्राउ

सर्लाही । सर्लाहीमा मतदातालाई पैसा वितरण गर्दै गरेका राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका एक जना कार्यकर्ता पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पक्राउ पर्नेमा जिल्लाको हरिपुर्वा नगरपालिका २, निवासी ६५ वर्षीय पुरुषोत्तम यादव रहेका छन् । उनलाई गए राती सोही ठाउँमा मतदातालाई रकम वितरण गर्दै गरेको अवस्थामा शसस्त्र प्रहरी बलको […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार

टी–२० विश्वकप : आज न्युजिल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो सेमिफाइनलमा आज न्युजिल्याण्ड र दक्षिण अफ्रिकाको खेल हुँदैछ । आज हुने खेल भारतको इडेन गार्डेन कोलकातामा नेपाली समय अनुसार साँझा सवा ७ बजे सुरु हुनेछ । जारी विश्वकपमा न्युजिल्याण्ड र दक्षिण अफ्रिकाबीच दोस्रो पटक खेल हुन लागेको हो । दुवै टोली दोस्रोपटक टी–२० विश्वकपको फाइनल पुग्ने लक्ष्यमा छन् । […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति गगनको आपत्ति

काठमाडौं । फागुन १९ निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले आपत्ति जनाएका छन् । सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् । उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजको २४ घण्टाको मौसम

काठमाडौं । हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ । ती भूभाग लगायत बाँकी भूभागहरूमा तुँवालो पनि लागेको छ । आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका […]