१९ असार २०८३, शुक्रबार
मधेश मुख्‍य समाचार समाचार

एक क्वीन्टल ३० केजी गाँजासहित दुई जना पक्राउ

धरान सुनसरी, २९ मङ्सिर : सुनसरीको बराह क्षेत्रबाट गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलिले गए राति करिब १२ः४५ बजे बराह क्षेत्र नगरपालिका–३ नडाहा, धरान सडकखण्ड जङ्गल क्षेत्रमा धरानबाट नडाहातर्फ जाँदै गरेको बा १८ च ३८३४ नम्बरको कारबाट १३० केजी गाजाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला […]

बागमती मुख्‍य समाचार समाचार

वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण

काठमाडौँ, २९ मङ्सिर : सरकारले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण थालेको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा उक्त कार्ययोजना निर्माणको काम अघि बढेको हो । त्यसका लागि प्राधिकरणले एक कार्यदल नै गठन गरेको छ । कार्यदलले कार्ययोजनाको मस्यौदा निर्माण गरी सुझाव सङ्कलन गरिरहेको […]

बागमती मुख्‍य समाचार समाचार

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौँ, २९ मङ्सिरः संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथ युद्धभैरव गण शान्ति सैनिक तेस्रो डफ्फालाई बदली गर्न गोरखनाथ गणका शान्ति सैनिकको टोली मिसन इलाका प्रस्थान गरेका छन् । चौथो डफ्फाका एक सय ७५ जना शान्ति सैनिकको पहिलो टोली आइतबार राति त्यसतर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ […]

बागमती मुख्‍य समाचार समाचार

केन्टद्वारा आईसीसी टी–२० विश्वकप २०२६ लक्षित विशेष उपहार योजना सार्वजनिक

काठमाडौं । विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ । “म्याच रेडि विथ पेवर वाटर” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय अन्तर्राष्ट्रिय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन् । यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर […]

कर्णाली मुख्‍य समाचार समाज स्वास्थ्य

जिल्ला अस्पताल मुगुमा दम र भाइरल रुघाखोकीका बिरामीको चाप बढ्दो

मगु । हिमाली जिल्ला मुगुमा अत्यधिक चिसो, पानी नपरेको अवस्था तथा धुवाँ–धुलोका कारण भाइरल रुघाखोकी, ज्वरो र दमका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ । सोहि कारण सदरमुकाम गमगढी नजिकै रहेको १५ शैयाको जिल्ला अस्पताल ठिनिमामा बिरामीको चाप अत्यधिक बढेको देखिएको छ । मंसिर महिनादेखि चिसो बढ्दै जानुका साथै चिसो हावा र धुलोका कारण जिल्लाका […]

बागमती मुख्‍य समाचार समाचार

महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख शाह

काठमाडौँ, २९ मङ्सिरः काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले महानगरले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत खर्चलाई विशेष महत्व दिएर बढाउने नीति अपनाएको बताएका छन् । काठमाडौँ महानगरपालिकाको ३१औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख शाहले बहाल करको क्षेत्र विस्तार गरिएको र नागरिकबाट सङ्कलित राजस्व नागरिककै सामूहिक हितमा प्रयोग भइरहेको स्पष्ट पारे । उनले महानगरको […]

बागमती मुख्‍य समाचार समाचार

४५ वर्षीय हरिकृष्ण दास पारिवारिक पुनर्मिलनको प्रतीक्षामा

काठमाडाैँ । धादिङका ४५ वर्षीय हरिकृष्ण दासका लागि जीवन पछिल्ला केही वर्षहरू निरन्तर पीडामा बिते । २०६५ सालमा मागी विवाह गरेर सुरु भएको पारिवारिक जीवन बिस्तारै बेमेलमा परिणत भयो। समयसँगै सम्बन्धहरू चिसिँदै गए र अन्ततः करिब एक वर्षअघि श्रीमतीले घर छाडेर अर्कैसँग गइन्। दुई छोरी र एक छोराका पिता समेत रहेका हरिकृष्ण यतिबेला आफैँ सम्हालिन नसक्ने अवस्थामा पुगेका छन्। […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौँ, २९ मङ्सिर : अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन मिलाउनुस् मन, दशौँ केन्द्रीय कमिटीको अन्तिम बैठक चलिरहँदा नेकपा एमाले का सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई यस्तो आग्रह गरेपछि बैठकको वातावरणमा फेरबदल देखिएको थियो । पछिल्लो दोस्रो विधान महाधिवशनबाट पारित विधानलाई संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको सङ्ख्या थप गर्नेरनगर्ने विषयमा […]

बागमती मुख्‍य समाचार समाचार

मंसिर अन्तिम साता मानवसेवा आश्रमद्वारा ३२ जनाकाे उद्धार, २० पारिवारिक पुनर्मिलन

काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न शाखाहरूले मंसिर महिनाको अन्तिम साता मात्रै ३२ जना सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार गरेका छन् । सो अवधिमा सबैभन्दा बढी रानीवन र रौतहट शाखाबाट ४–४ जनाको उद्धार गरिएको आश्रमले जनाएको छ । त्यसैगरी, मंसिरको अन्तिम हप्तामा आश्रमले २० जना आश्रितहरूको सुखद पारिवारिक पुनर्मिलन गराएको छ । विभिन्न समयमा उद्धार गरिएका व्यक्तिहरूको […]

बागमती मुख्‍य समाचार समाचार

निफ्राले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र आफैँ धितो सकार्न पाउने

काठमाडौँ, २९ मङ्सिरः नेपाल पूर्वाधार विकास बैंक नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक–निफ्राले तीन पटकसम्म लिलाम प्रक्रियामा लगेपछि मात्र धितो आफँै सकार्न पाउने भएको छ । नेपाल राष्ट्र बैंकले निफ्राका लागि जारी गरिएको एकीकृत निर्देशिका, २०८१ मा संशोधन गर्दै गैरबैंकिङ सम्पत्तिको नोक्सानी र लिलाम बिक्री सम्बन्धमा नयाँ व्यवस्था ल्याएको हो । कर्जा असुल गर्न कम्तिमा तीन पटकसम्म […]

बागमती मुख्‍य समाचार समाचार

एनआरएनएको १२औँ महाधिवेशन फागुन दोस्रो साता

काठमाडौँ, २९ मङ्सिरः गैरआवासीय नेपाली सङ्घ एनआरएनए को १२औँ महाधिवेशन आगामी फागुन ११ देखि १३ गतेसम्म हुने भएको छ । विगतमा भिन्नभिन्न समूहमा रहेका एनआरएनएको एकतापछि आइतबार बसेको ‘स्टेरिङ समितिको बैठकले एनआरएनएको १२औँ एकता महाधिवेशन फागुन १३ देखि १३ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो । सङ्घका महासचिवद्वय गौरीराज जोशी र बीआर लामाले संयुक्त विज्ञप्ति […]

बागमती मुख्‍य समाचार समाचार

डिल्लीबजार कन्या क्याम्पस सञ्चालक समितिको अध्यक्षमा डा शर्मा

काठमाडौँ, २९ मङ्सिरः नारी शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आएको डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षमा डा रुद्र शर्मा चयन भएका छन् । क्याम्पसको आज सम्पन्न साधारणसभाले डा शर्माको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । समितिको सदस्यहरुमा पूर्वमन्त्री विक्रमबहादुर थापा, पूर्वसांसद विशाल भट्टराई, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, […]