१३ आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार

मानवसेवा आश्रम नेपालगञ्ज शाखाको आयव्यय विवरण सार्वजनिक

नेपालगञ्ज। मानवसेवा आश्रम नेपालगञ्ज शाखाले आर्थिक वर्ष ०८१/०८२ को आयव्यय विवरणसहित प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। बुधबार नेपालगञ्ज उपमहानगरपालिका-१०, आदर्श नगरस्थित शाखाको प्राङ्गणमा सरोकारवाला निकाय, सहयोगी दाता, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि र आश्रमका अभिभावकहरूको उपस्थितिमा साे कार्यक्रम सम्पन्न हाे । कार्यक्रममा आश्रमले आफ्नो एक वर्षभरि आयव्यय विवरणसँगै, सम्पन्न सेवा गतिविधि, उद्धार तथा पारिवारिक पुनर्मिलन सेवा […]

गण्डकी मुख्‍य समाचार समाचार

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

म्याग्दी, १७ पुस : तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ । तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको […]

कोशी मुख्‍य समाचार समाचार

जनश्रमदानबाट पञ्चकन्या मन्दिर पुनर्निर्माण

भोजपुर, १७ पुस : पौवादुङमा गाउँपालिकामा अवस्थित च्याङ्ग्रे पोखरी तथा पञ्चकन्या देवी मन्दिरको संरक्षण, विकास तथा पुनर्निर्माणका लागि सहयोग जुट्न थालेको छ। पवित्र धार्मिक स्थलका रूपमा परिचित च्याङ्ग्रे पोखरी क्षेत्रलाई व्यवस्थित तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले हाल विभिन्न पूर्वाधार तथा पुनर्निर्माणका काम तीव्र गतिमा अघि बढिरहेको गाउँपालिकाले जनाएको छ। यस क्षेत्रमा पोखरी संरक्षण, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल

काठमाडौँ, १७ पुसः निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको छलफलपछि देखिएका कमजोरी सच्याएर पेस गर्न यही पुस २० गते औपचारिक पत्राचार गर्ने आयोगले जनाएको छ । आयोगका […]

गण्डकी मुख्‍य समाचार समाचार

जङ्गल फाँडेर सुन्तलाखेती विस्तार

पर्वत १७ पुसः बिहादी गाउँपालिका–१ क्यूडाँडाका गणेशबहादुर गुरुङले सात वर्षदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । बाँझो र जङ्गलले भरिएको खेतबारीमा झाँडी फाँडेर उहाँले सुन्तलाखेती लगाएका हुन । करिब एक सय रोपनी क्षेत्रफलमा रु एक करोड लगानी गरेर गुरुङले सुन्तलाखेती गरेका हुन् । उनको बगैँचामा तीन हजार २०० सुन्तलाका बोट छन् । तीमध्ये अहिले करिब […]

बागमती मुख्‍य समाचार विचार

एआईमा आधारित शिक्षण विधिको अभ्यास

काठमाडौँ, १७ पुस ः आर्टिफिसियल इन्टिलिजेन्स ९एआई०ले हरेक क्षेत्रमा आमूल परिवर्तन ल्याउँदैछ । एआईले केही वर्षभित्रै शिक्षा क्षेत्रमासमेत युगान्तकारी परिवर्तन ल्याउने निश्चित छ । आजको युगमा हामी एउटा यस्तो मोडमा उभिएका छौँ, जहाँ प्रविधिले हाम्रा हरेक बानी परिवर्तन गरिसकेको छ, तर हाम्रो शिक्षा प्रणाली अझै पनि पुरातन ढाँचामै अल्झिएको छ । एउटै कोठामा ३०–४० जनाभन्दा […]

मधेश मुख्‍य समाचार समाचार

मटिहानीमा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै

महोत्तरी, १७ पुसः यहाँको मटिहानी नगरपालिकामा एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बनेको छ । मटिहानीले पछिल्ला तीन वर्षदेखि बर्सेनि एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्दै आएको छ । यसवर्ष यही पुस ८ देखि १६ गतेसम्म नौ दिन सञ्चालित शिविरमा करिब आठ हजारले घरआँगनमै सेवा लिएको नगरपालिकाले जनाएको छ । शिविरमा नगरपालिकाबाट प्राप्त सेवा एकीकृत रुपमा […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

भूक्षय रोक्न स्याली नदीमा तटबन्ध निर्माण

कञ्चनपुर, १७ पुसः शुक्लाफाँटा नगरपालिका ६ करौलमा भूक्षय नियन्त्रणका लागि स्याली नदीमा तटबन्ध निर्माणका तीनवटा आयोजना अघि बढाइएका छन् । योसँगै नदीका विभिन्न खण्डमा तटबन्ध निर्माण तीव्र रूपमा भइरहेको छ । शुक्लाफाँटा ६ का वडाध्यक्ष दानसिंह ऐरका अनुसार जनताको तटबन्ध कार्यालयमार्फत रु ८० लाख लागतमा १५० मिटर, सङ्घीय आयोजनाअन्तर्गत रु पाँच लाख लागतमा २५ मिटर […]

बागमती मुख्‍य समाचार समाचार

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवा, १७ पुसः नेपालको उत्तरी रसुवागढी अन्तरराष्ट्रिय नाका आजदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका आज बिहानदेखि सञ्चालनमा आएको हो । नाका सञ्चालनका लागि चीन सरकारले ९१ मिटर लम्बाइको बेलिब्रिज निर्माण गरेपश्चात् […]

कोशी मुख्‍य समाचार समाचार

महिला उद्यमशीलता प्रवर्द्धन गर्दै फुङ्लिङ नगरपालिका

फुङ्लिङ ताप्लेजुङ, १७ पुसः यहाँको फुङ्लिङ नगरपालिकाले स्थानीय उद्यमीहरुद्वारा उत्पादित सामग्री खरिद गर्न थालेको छ । उत्पादित सामग्री बजारीकरणमा नगरपालिकाले सहजीकरण सुरु गरेको हो । विगत दुई वर्षदेखि नगरपालिकाले अल्लो सङ्कलन, प्रशोधन तथा कपडा बुन्ने तालिम आयोजना गर्दै आएको छ । वडा कार्यालयको समन्वयमा रेड पाण्डा नेटवर्क, हिमाली संरक्षण मञ्च, घरेलु तथा साना उद्योग कार्यालय, […]

कोशी मुख्‍य समाचार समाचार

चीनगरलाई क्षयरोगमुक्त पालिका घोषणा गर्ने लक्ष्य

झापा, १७ पुस : बिगत तीन वर्षयता बिरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका सङ्क्रमित फेला परेका छन् । मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका सङ्क्रमित मध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन् । नगरलाई आर्थिक वर्ष २०८३र८४ भित्र क्षयरोगमुक्त पालिका घोषणा गर्ने अभियान अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाले घरघरमा पुगेर बिरामीको पहिचान र उपचार गर्दै आएको […]

बागमती मुख्‍य समाचार समाचार

अंग्रेजी नयाँ वर्ष : काठमाडौंका भित्रि बजारमा व्यापार न्यून, चहलपहल उच्च

काठमाडौं । काठमाडौंका प्रमुख बजार क्षेत्रहरूमा अंग्रेजी नयाँ वर्षको अवसरमा सामान्य चहलपहल देखिएको छ । स्थानीय व्यापारीहरूका अनुसार अघिल्ला दिनको तुलनामा आज केही भीडभाड बढेपनि अवस्था असाधारण भने छैन् । इन्द्रचोक, असन, न्यूरोड, ठमेललगायतका क्षेत्रमा व्यापारिक गतिविधि सामान्य छ । नयाँ वर्षको अवसरमा मानिसहरू घुमफिर र मनोरञ्जनमा व्यस्त हुने गरेकाले किनमेलमा मानिसहरुको भीड खासै देखिँदैन् […]