१३ आश्विन २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

चालु आवको पहिलो त्रैमासिकमा जिल्ला प्रशासन कार्यालय मनाङ देशभरकै उत्कृष्ट

काठमाडौँ, १७ पुसः चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो त्रैमासिकमा मनाङ जिल्लाको कार्यसम्पादन देशभरकै उत्कृष्ट ठहरिएको छ । गृह मन्त्रालयले त्यस अवधिमा गरेको कार्यसम्पादन मूल्याङ्कनमा मनाङ उत्कृष्ट ठहरिएको हो । मन्त्रालयले हालै सार्वजनिक गरेको मूल्याङ्कन नतिजाअनुसार कुल २९ दशमलव २५ पूर्णाङ्कमध्ये मनाङले २८दशमलव ७५ अङ्क प्राप्त गर्दै ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमध्ये पहिलो स्थान हासिल […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

विदेशमा हण्डर खाएपछि गाउँ फर्किएका लोकबहादुर मौरीपालनमा

ढोरपाटन बागलुङ, १७ पुसः घर छेउका बारीमा लहरै राखिएका मौरीका घार । घारमा भुनभुनाइरहने मौरीसँगै लोकबहादुरको दिनको सुरुआत हुन्छ र मौरीकै रेखदेखमा दिन बित्छ । बागलुङको बडिगाड गाउँपालिका–७ गावाका लोकबहादुर केसीले करिब छ वर्ष मलेसियामा बिताउनुभएको थियो । त्यहाँ दुःख बढी र सोचेअनुसार कमाई नभएपछि उहाँ गाउँ फर्किनुभयो । त्यसपछि गाउँमै सुरु गर्नुभयो, मौरिपालन व्यवसाय […]

बागमती मुख्‍य समाचार समाचार समाज

रानीकोटदेखि नगकोटसम्म अङ्ग्रेजी नयाँ वर्षको उल्लास

भक्तपुर, १७ पुसः आज अङ्ग्रेजी नयाँ वर्ष–२०२६ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी पर्यटकले खचाखच हुँदा यहाँका पर्यटन एवं होटल व्यवसायी उत्साहित छन् । विदेशी मात्र नभई आन्तरिक पर्यटकको बढ्दो चापले व्यवसायीहरू उत्साहित भएका हुन् । भक्तपुरका पर्यटकीय क्षेत्र रानीकोटदेखि नगरकोटसम्म आन्तरिक पर्यटक भरिएका छन् । केही वर्षयता […]

गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङमा सन् २०२५ मा विदेशी पर्यटकको सङ्ख्या १८ प्रतिशतभन्दा बढीले वृद्धि

मुस्ताङ, १७, पुसः धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० जोमसोमले जनाएको छ । सन् २०२५ मा समग्रमा गत वर्षभन्दा १८ दशमलव ७१ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ, १७ पुसः विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि […]

मधेश मुख्‍य समाचार समाचार समाज

बर्दिबासमा भारतीय पाहुना खचाखच

महोत्तरी, १७ पुसः इस्वी संवत् २०२६ को स्वागतका लागि महोत्तरीको बर्दिबास क्षेत्रका होटल भारतीय पाहुनाले खचाखच छन् । बर्दिबासका ५० भन्दा बढी होटल भारतीय पाहुनाले खचाखच भएका हुन् । भारतको सीतामढी, शिवहर, मधुवनी, झञ्झारपुर, मधुवनी, दरभङ्गा र मुजफ्फरपुरसहितका भारतीय पाहुनाले बर्दिबासस्थित होटलमा निकै चहलपहल रहेको होटल गौतमका सञ्चालक समेत रहेएका नेपाल होटल तथा पर्यटन व्यवसायी […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १७ पुसः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ, १७ पुसः ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा शुभकामना आदानप्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको […]

मधेश मुख्‍य समाचार विशेष समाचार

ऐतिहासिक पर्सागढीमा विजय उत्सव मनाइने

वीरगञ्ज ९पर्सा०, १७ पुसः ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले पराजित गरेको ऐतिहासिक युद्धस्थल पर्सागढीमा विजय उत्सव मनाइने भएको छ । गोर्खाली सेनाले ऐतिहासिक जित हात पारेको अवसरमा पारेर यस वर्ष पनि २११औँ विजय यही पुस १९ गते भव्य कार्यक्रम गरेर उत्सव मनाउन लागिएको पर्सागढी नगरपालिका प्रमुख गोकर्ण पाठकले बताए । उनले विभिन्न कालखण्डमा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

मोरङ, १७ पुसः आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसार्इंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन कार्यक्रमबारे जानकारी गराए । आगामी माघ ११ गते हुने निर्वाचनका लागि स्थापना गरिएको कार्यालय निर्वाचन आयोगको कार्यालय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन हँुदैनकी भन्ने दुबिधाको अन्त्य भएको तथा सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको बताएका हुन् । उनले भने, ‘मुलुक निर्वाचनमय भएको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

‘शान्तिबिना स्थायित्व र स्थायित्वबिना समृद्धिको परिकल्पना गर्न सकिन्न’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्यालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धिबारे फेरि बहस गर्नुपर्ने अवस्था आउनु चिन्ताजनक भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उपसभापति अर्यालले २१ औं शताब्दीमा विश्व प्रविधि र विकासमा निकै अगाडि बढिसक्दा नेपालमा अझै […]