१३ आश्विन २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार

प्रेक्षालयसहित वडा कार्यालय भवन निर्माण

म्याग्दी, १८ पुसः म्याग्दीको धौलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय भवन निर्माण भएको छ । धौलागिरि गाउँपालिकाले दुईतले सभाहलसहितको अपाङ्गमैत्री भवन निर्माण गरेको हो । भवन निर्माणका लागि गत २०८१ चैत महिनामा मालिका भगवती कन्ट्रक्सनले रु ८४ लाख ९६ हजारमा ठेक्का सम्झौता गरेको थियो । बिहीबार भवन हस्तान्तरण भएको वडाध्यक्ष यामबहादुर घर्तीले बताए । वडा भवन […]

मधेश मुख्‍य समाचार समाचार समाज

राजपुर नगरपालिकामा स्वचालित साइरनः विपद्को पूर्वसूचना अब छिटो पाइने

रौतहट । रौतहटको राजपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आफ्नो प्रशासकीय भवनमा आधुनिक स्वचालित साइरन सेट जडान गरेको छ । रेन परियोजनाको सहयोगमा स्थापित यो प्रणालीले बाढी, आगलागी र चट्याङ जस्ता आपतकालीन अवस्थामा नगरवासीलाई समयमै सचेत गराउनेछ ।बाढी, आगलागी, जनावरको आक्रमण, र चट्याङका लागि छुट्टाछुट्टै आवाज (साइरन कोड) निर्धारण गरिएको छ । नगरपालिकाले मेसेज बक्स, […]

बागमती मुख्‍य समाचार विशेष समाचार स्वास्थ्य

मधुमेह र उच्च रक्तचाप मृगौलाका मुख्य दुश्मन : डा. बिक्रम वीर बज्राचार्य

काठमाडौं । विश्वव्यापी रूपमा करिब ८५ करोड मानिस मृगौला (किड्नी) रोगबाट प्रभावित छन् भने नेपालमा प्रत्येक वर्ष करिब तीन हजार नयाँ बिरामी थपिँदैछन् । तर यकिन तथ्याङक आउन भने बाँकी रहेको मृगौला रोग तथा प्रत्यारोपण विशेषज्ञ डा. बिक्रम वीर बज्राचार्यले बताए । शरीरको विषाक्त पदार्थ बाहिर निकाल्न सहयोग गर्ने मृगौला मानव शरीरको अति महत्वपूर्ण अंग […]

बागमती मुख्‍य समाचार समाचार समाज

तीन महिनामै ८५ गाई–गोरु नियन्त्रण, तस्करीविरुद्ध मकवानपुर प्रहरीको कडा कारबाही

हेटौंडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराको कमाण्डमा जेन्जी आन्दोलनपश्चात् पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा चौपाया (गाई–गोरु) नियन्त्रणमा लिइएका छन् । प्रहरीका अनुसार यस अवधिमा ६ वटा सवारी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ । बैठकमा पार्टीको १५औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने भनिएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना

काठमाडौँ, १८ पुसः रुसी महासङ्घका विदेशमन्त्री सर्गेई लावरोभले परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गरेका छन् । मन्त्री शर्मालाई बुधबार बधाई सन्देश पठाएर रुसी विदेशमन्त्रीले रुस र नेपालबीचको सम्बन्ध परम्परागत रूपमा मैत्रीपूर्ण र रचनात्मक रहँदै आएको उल्लेख गर्दै दुवै देशका जनताको हितमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन संयुक्त रूपमा काम गर्न आफू तयार […]

बागमती मुख्‍य समाचार समाचार

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १८ पुसः देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी तथा हिमाली भू–भागमा साधारण बदली […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १८ पुस : नेपाल राष्ट्र बैंकले आज शक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके […]

मनोरन्जन मुख्‍य समाचार समाज सुदूरपश्चिम

मौलिक पहिरनसँगै संस्कृति जोगाउन अग्रसर शुक्लाफाँटाका महिलाहरू

कञ्चनपुर, १८ पुसः शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाकी द्रोपती धामी ७० वर्षको हाराहारीमा पुग्दै हुनुहुन्छ । उमेरले पाको देखिए पनि उनको जोश, जाँगर र संस्कृतिप्रतिको मोह भने अझै तन्नेरीकै जस्तो छ । मौलिक परम्परागत पहिरनमा सजिएर ‘छलो’ छलिया नृत्य खेलिरहेको उनलाई देख्दा जोकोही चकित पर्छन् । दार्चुलाको धुलगडाबाट उहाँ तराई बसाइँ झर्नुभरेको करिब तीन दशक बितिसकेको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

प्याजको बिरुवा बेचेर एक लाख बढी आम्दानी

म्याग्दी, १८ पुस ः धवलागिरि गाउँपालिका–७ ताकममा एक जना किसानले एक रोपनीभन्दा कम जमिनमा प्याजको बिरुवा उत्पादन गरेर दुई महिनामै रु एक लाखभन्दा बढी आम्दानी गरेका छन् । ताकमको आचार्य कृषि फार्मका सञ्चालक पद्माकुमारी आचार्यले उत्पादन गरेको प्याजको बिरुवा धवलागिरि र मालिका गाउँपालिकाका साथै पोखरासम्म बिक्री भएको हो । गत कात्तिक दोस्रो साता छ किलोग्राम […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने, पोखरालाई ताररहित बनाउन महानगरको आग्रह

कास्की, १८ पुसः पोखरामा आजदेखि २१ गतेसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने भएको छ । विद्युत् प्राधिकरणको पोखरा ग्रीड महाशाखाअन्तर्गत रहेको कुँडहर सबस्टेशनमा चार दिनसम्म बिहान ६ः०० देखि ११ः०० बजेसम्म ‘बसबार’ स्तरोन्नति कार्य सुरु हुने भएकाले पोखराको अधिकांश क्षेत्रमा बिजुली काटिने पोखरा वितरण केन्द्रका प्रमुख जितेन्द्र यादवले जानकारी दिए । कुँडहर सबस्टेशनको एक […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

एउटा फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

काठमाडौँ, १८ पुस : नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ । विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुमगनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को […]