१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाज

प्यारालाइसिसले थला परेका नखतबहादुरकाे मलेसियादेखि आश्रमसम्मकाे यात्रा

काठमाडौँ। रामेछापका ५४ वर्षीय नखतबहादुर लामा मानवसेवा आश्रममा बस्न थालेको छ महिना पुगेको छ। बिहीबार आश्रमको एक कुनामा टोलाउँदै बसेका उनी आफ्नो पीडादायी विगत सम्झिँदै जीवनका उतारचढाव सुनाइरहेका थिए। सानै उमेरमा आमाबुवा दुवै गुमाएपछि उनी एक्लो बने। न त राम्रो रेखदेख पाए, न त पर्याप्त पालनपोषण। आफन्तहरू थिए, तर आफ्ना जस्ता थिएनन्। जसोतसो उनको बाल्यकाल […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टोटी खोलामा पक्की पुल निर्माण थालियो

कञ्चनपुर, १८ पुसः शुक्लाफाँटा नगरपालिका–१० झलारी भएर बग्ने टोटी खोलामा रु तीन करोडको लागतमा पक्की पुल निर्माण थालिएको छ । शुक्लाफाँटा नगरपालिका–१० का वडाध्यक्ष लालबहादुर ऐरले नगरपालिकाको सीमित बजेटले पुल निर्माण सम्भव नभएपछि प्रदेश सरकारबाट रु तीन करोड ४८ लाख जुटाइएको बताए । निर्माण कम्पनीसँग रु दुई करोड ९८ लाखमा सम्झौता भएको जानकारी उहाँले राससलाई […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा सानो […]

गण्डकी मुख्‍य समाचार समाचार

चौध करोडमा अस्पताल भवन निर्माण

त्रिवेणी नवलपरासी, १८ पुसः नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरमा रु १४ करोड १० लाखको लागतमा १५ श्ययाको नगर अस्पताल भवन निर्माण भएको छ । दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरेर अस्पताल भवन निर्माण गरिएको देवचुली नगरपालिका नगर प्रमुख हरिप्रसाद न्यौपानेले बताए । भवन निर्माणसँगै विशेषज्ञसहितको सेवालाई प्रवाह गरिने उनले बताए। अस्पतालमा हप्ताको छ दिन विशेषज्ञ सेवा […]

कर्णाली मुख्‍य समाचार समाचार

हुल्म–मान्म सडक धमाधम कालोपत्र गरिँदै

मान्म कालीकोट, १८ पुसः कर्णाली राजमार्गअन्तर्गत हुल्म–मान्म सडक धमाधम कालोपत्र भइरहेको छ । सडक चौडा गर्ने, घुम्ती फराकिलो पार्ने र वर्षा यामको पानी व्यवस्थित ढङ्गले निकासको प्रबन्धका साथ सडक कालोपत्र भइरहेको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार यादवले बताए । हुल्मदेखि अस्पतालसम्मको चार किलोमिटर र अस्पतालदेखि मान्म ‘जिरो पइन्ट सम्मकोे साढे एक किलोमिटर कालोपत्र […]

कोशी मुख्‍य समाचार समाचार समाज

भुरुङ्दीखोलामा पुल निर्माणको अन्तिम चरणमा

पर्वत, १८ पुसः भुरुङ्दीखोलामा निर्माणाधीन मोटरेबल पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । मोदी गाउँपालिका– १ भुकताङ्ले र कास्कीको अन्नपूर्ण गाउँपालिका–८ रामदुवाली जोड्ने यो पुलको निर्माण कार्य अहिले अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ । पुलको दुवैतर्फको पिल्लर, स्लाब ढलानलगायत सबै काम पूरा भएको छ । आगमी एक महिनामा सम्पूर्ण काम पूरा हुने […]

कोशी मुख्‍य समाचार समाचार

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा, १८ पुसः निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ । काँकडभिट्टाबाट विर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ प ५८८८ नम्बरको स्कुटरलाई पिबी ०२ बिआर ७७६५ नम्बरको मालवाहक ट्रकले ठक्कर दिँदा निजको ज्यान गएको हो । जिल्ला […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

वैदेशिक रोजगारीको क्षेत्रमा अन्तरिम सरकारले गर्नसक्ने धेरै काम छन् : डा.जीवन बानियाँ

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा व्यवस्था नेपाल सरकारको एक महत्वपूर्ण पहल भए पनि यसको कार्यान्वयनमा अझै धेरै चुनौती र सुधारका सम्भावना देखिएका छन् । अनुसन्धानकर्ता तथा श्रम आप्रवासन विज्ञ डा.जीवन बानियाँसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीका आधारमा सामाजिक सुरक्षा कोष, यसको बाध्यकारी व्यवस्था, खर्चको बोझ, अन्तरदेशीय समन्वय र ‘पोर्टेबिलिटी’ जस्ता […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समिति बैठक बस्ने तय भएको छ । शुक्रबार विधायन व्यवस्थापन समितिको १४८ औं बैठक समितिको बैठक कक्ष बिहान ११ः३० बजे तय भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।

कोशी मुख्‍य समाचार समाचार समाज

विरुवा उत्पादन गर्दै महिला कामदार

बाँके । डिभिजन वन कार्यालय बाँकेको नर्सरीमा यस वर्षको वृक्षारोपण कार्यक्रमका लागि विरुवा उत्पादनको काम तीव्र गतिमा अघि बढाइएको छ । सोही क्रममा नर्सरी परिसरमा महिला कामदारहरू पोलिब्यागमा माटो भर्ने, बेड तयार गर्ने तथा बिरुवा रोप्ने कार्यमा सक्रिय रूपमा जुटिरहेका छन् । कार्यालयका अनुसार यस वर्ष आठ वटा नर्सरीमार्फत विभिन्न जातका फलफूल, काठ तथा बहुउपयोगी […]

बागमती मुख्‍य समाचार समाचार

प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार

हेटौँडा । मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

नेत्री जियाप्रति समवेदना प्रकट गर्न शोक पुस्तिका राखियो

काठमाडौँ, १८ पुसः यहाँस्थित बङ्गलादेशी राजदूतावासले पूर्वप्रधानमन्त्री खालिदा जियाप्रति समवेदना प्रकट गर्न बिहीबारदेखि दूतावासमा शोक पुस्तिका राखेको छ । गत मङ्गलबार बङ्गलादेशकी पूर्वप्रधानमन्त्री जियाको निधन भएको हो । उक्त दूतावासले बिहीबार नै परराष्ट्र मन्त्रालय, यहाँस्थित कूटनीतिक नियोग तथा अन्य अन्तरराष्ट्रिय संस्थाहरुलाई पत्र पठाएर शोक पुस्तिका राखिएको जनाएको छ । भोलि शनिबारबाहेक यही पुस २१ गते […]