१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

काठमाडौंको तापक्रम ३.० डिग्रीमा झर्यो, चिसो बढ्यो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकामा चिसो बढेको जनाएको छ । काठमाडौं उपत्यकामा यस वर्षकै चिसो महसुस भएको छ । जल तथा मौसम विज्ञान विभागको अद्यावधिक विवरणअनुसार सोमबार बिहान कीर्तिपुरको तापक्रम ३.० डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै ललितपुर खुमलटारको २.८, भक्तपुर नगरकोटमा २.८, सिन्धुपाल्चोक चौताराको ५.५ डिग्री सेल्सियस मापन भएको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बालेन रास्वपाको ‘वरिष्ठ नेता’, को–को बने केन्द्रीय सदस्य ?

  काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् । आइतबार साँझ बसेको केन्द्रीय समिति बैठकले उनलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो । बालेन रास्वपाको ‘वरिष्ठ नेता’का रुपमा रहनेछन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठकले बालेनसहित २६ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्द

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । यसअघि शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित गरेको थियो । कार्यसम्पादन समितिको उक्त निर्णयसँगै महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

टिकटक मार्फत धार्मिक अफवाह फैलाउने र मस्जिदमा तोडफोड गर्ने व्यक्ति पक्राउ

जनकपुर । धनुषाको कमला नगरपालिकामा दुई समुदायबीच उत्पन्न विवादमा धनुषा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हिन्दु समुदायमाथि अभद्र टिप्पनी गर्दै टिकटकमा भिडियो बनाएर पोस्ट गरेको आरोपमा धनुषाको कमला नगरपालिका ६ का १९ वर्षिय हैदर अंसारी र सोही ठाउँका १९ वर्षिय अमानत अंसारीलाई पक्राउ गरेको छ । पक्राउ परेका दुबै जनालाई मुलुकी अपराध […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रदेश र स्थानीय तहले ध्यान नदिए प्रदेश साक्षर हुन क्दैन : मन्त्री पन

  जनकपुर । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले प्रदेश सरकार र स्थानीय तहले ध्यान नदिए मधेश प्रदेश कहिल्यै साक्षर हुन नसक्ने बताएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलद्वारा जनकपुरधाममा आईतबार आयोजित साक्षर मधेश प्रदेश घोषणा तयारी सम्बन्धी १ दिवसीय गोष्ठीमा बोल्दै मन्त्री पुनले मधेश प्रेदश र स्थानीय तहलाई अगाडि आएर शिक्षा सम्बन्धी समस्याहरुको […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

धनकुटामा एमालेले गर्यो पूर्वमन्त्री राईको एकल सिफारिस

धनकुटा । नेकपा एमाले धनकुटाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य तथा पूर्व खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई एकल उम्मेदवारी सिफारिस गरेको छ । आइतबार सम्पन्न जिल्ला कमिटीको विस्तारित बैठकले पार्टी नेता कार्यकर्ताहरूको भावना भूगोल र चाहना अनुसार युवाहरूको मनोभावना अनुसार राईलाई एकल उम्मेदवार बनाउने निर्णय लिएको अध्यक्ष शिव लिम्बुले जानकारी दिए । […]

बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । देशभर पश्चिमी वायूको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको उच्च पहाडी तथा हिमाली भू‍–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

कालोपत्र भएको एक महिनामै भत्किन थालेको सडक सुधार गर्ने प्रतिबद्धता

म्याग्दी, २१ पुसः कालोपत्र भएको एक महिनामै भत्किन थालेको म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौरदेखि वडा नं २ भकुण्डे जोड्ने सडक निर्माणका क्रममा उठेको गुणस्तरको विषयमा आइतबार बेनीमा सरोकारवालाबीच […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ठगीबाट सचेत रहन बेलायतस्थित नेपाली दूतावासको आग्रह

बेलायत, २१ पुस : बेलायतमा वर्क परमिट दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले […]

मुख्‍य समाचार लुम्बिनी विशेष समाचार समाचार

भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक

गुल्मी, २१ पुस : लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले रानालाई सर्वोच्च सैनिक सम्मान भिक्टोरिया क्रस प्रदान गरेको थियो । लाहुरेहरूको इतिहास जीवित राख्ने उद्देश्यसहित निर्माण गरिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँ र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौँ, २१ पुस : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ । विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज टे«ड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको छ । विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, दफा ३८ ‘घ’ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ क […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २१ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्टर्लिङ एकको […]