१६ चैत्र २०८२, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सुनसरी १ मा हर्कराज साम्पाङ विजयी

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन् । हर्कले ३५ हजार ७४१ मत ल्याएर विजयी भएका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरिन् । नेकपा एमालेका टिकाराम लिम्बूले ६ हजार ४६३ मत ल्याएका छन् […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ललितपुर–२ मा जितेपछि जगदीश खरेलले भने : ‘यो सिंगो ललितपुरको जित हो’

ललितपुर । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल विजयी भएका छन् । आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खरेल ३९ हजार ४ सय ९१ मत प्राप्त गर्दै विजयी भएका हुन् । विजयपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सम्पूर्ण मतदाताप्रति आभार व्यक्त गरेका छन् । उनले यो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

महिलाको सम्मान र समान अवसरबिना लोकतन्त्र सुदृढ हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले महिलाको अधिकार, न्याय र समान अवसर सुनिश्चित नगरेसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताएकी छन् । ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आइतबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले महिलाको सहभागिता मात्र बढाउनु पर्याप्त नभई अर्थपूर्ण र गुणस्तरीय सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् । ‘सबै महिला र बालिकाका लागि अधिकार, […]

बागमती मुख्‍य समाचार विशेष समाचार

ललितपुर–२ मा जगदिश खरेल विजयी

ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का जगदिश खरेल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रेमकृष्ण महर्जनलाई ३२ हजार ७१ मतले हराउँदै विजयी भएका हुन् । खरेलले ३९ हजार ४९१ मत पाएका छन् । कांग्रेसका महर्जनले ७ हजार ४२० मत मात्र प्राप्त […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना

काठमाडौं । सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका अमरेश सिंहलाई जितको शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सेयर गर्दै सर्लाही क्षेत्रमा देखेका समस्याहरूको सम्बोधन गर्न, आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू निरन्तर रूपमा गर्ने बताएका छन् । उनले लेखेका छन्, ‘सर्लाही […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखे : बालेन नेपालकै सबैभन्दा कान्छो प्रधानमन्त्री बन्दैछन्

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा ५ बाट पूर्वप्रधानमन्त्री केपी ओलीसँग झन्डै ५० हजार मतान्तरमा जित हासिल गरेका छन् । बालेनले ६८ हजार ३ सय ४८ मत ल्याएका ल्याउँदा ओलीको १८ हजार ७ सय ३४ मत मात्र आएको छ । जेनजी आन्दोलन पश्चात नेपालमा भएको यस निर्वाचनलाई अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले […]

मधेश मुख्‍य समाचार राजनीति समाचार

सिराहा–३ मा रास्वपाका शम्भु यादव विजयी

सिराहा । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिराहा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भु कुमार यादव भारी मतान्तरका साथ विजयी भएका छन् । अन्तिम मत परिणाम अनुसार यादवले ३२ हजार २४९ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लिलानाथ श्रेष्ठलाई २२ हजार ९३ मतान्तरले पराजित गरेका […]

बागमती मुख्‍य समाचार विशेष समाचार

समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान र सशक्तीकरण हो : बालेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण नारीमा शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शाहले समुन्नत समाज निर्माणको मुख्य आधार नै नारीको सम्मान, समानता र सशक्तीकरणमा उभिएको बताएका हुन् । उनले लेखेका छन्, ‘समुन्नत समाज निर्माणको जग नारीको सम्मान, समानता र सशक्तीकरणमा […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार

सर्लाहीका चारै क्षेत्रमा रास्वपाको ‘क्लिन स्वीप’

सर्लाही । सर्लाहीमा बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीका चारै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार विजयी भएका छन् । चारै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गर्दै उनीहरू विजयी भएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा नेतृ नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन् । उनले नेपाली कांग्रेसका […]

बागमती मुख्‍य समाचार राजनीति

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी

काठमाडौं । सोलुखुम्बुमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की १३ हजार १६६ मत विजयी भएका छन् । कार्की निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार असिम राईले ९ हजार ४१४ मत प्राप्त गरेका छन् । कार्कीले नेकपाका राईलाई ३ हजार ७५२ मतान्तरले पछि पार्दै विजय हासिल गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेकी उम्मेदवार कल्पना राईले ८ हजार […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत

काठमाडौं । टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको समापन अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा राति सवा ७ बजे सुरु हुनेछ । न्युजिल्यान्ड पहिलो पटक टी–२० विश्वकप उपाधि जित्ने अभियानमा रहेको छ । टी–२० विश्वकपमा न्युजिल्यान्ड दोस्रो पटक फाइनल खेल्दै छ । यसैगरी, भारत तीन पटक टी–२० विश्वकप […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

काठमाडौं । इलाम क्षेत्र नम्बर २ मा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्बाङ २२ हजार ४२६ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भेषराज आचायले १४ हजार ६५० मत प्राप्त गरेका छन् भने श्रम सँस्कृति पार्टीका सुदीप राईले १४ हजार ४०० पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ […]