१२ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जेनजी आन्दोलनको प्रतिवेदनमा नाम समेटिएपछि बोहोराले हाले सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् । रिट दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू गत भदौ २३ र २४ गते अस्पतालमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कर सुधारमा बजेटले ठूलो फड्को मारेको छ : अध्यक्ष अग्रवाल

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर सुधारका क्षेत्रमा बजेटले उल्लेखनीय प्रगति गरेको बताए। उनका अनुसार लामो समयदेखि रोकिएका कर सुधारका विषयलाई बजेटमार्फत […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अर्थमन्त्री वाग्लेले भने : बिजुलीको करलाई लिएर ‘आकाश खसेजस्तो प्रचार गरियो

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) लाई लिएर अनावश्यक रूपमा ‘आकाश खसेजस्तो’ प्रचार गरिएको टिप्पणी गरेका छन् । सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले सरकारले कठिन निर्णय गर्ने आँट गरेको बताए। उनले १५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले तिर्नुपर्ने अतिरिक्त […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्री शाहको सीमा सम्बन्धी अभिव्यक्तिप्रति कांग्रेसले माग्यो स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई राष्ट्रहित विपरीत, गैरजिम्मेवार र कूटनीतिक मर्यादा विपरीतको भनाइ भएको दाबी गरेको छ । कांग्रेसका प्रवक्ता देवराज चालीसेद्वारा आइतबार जारी विज्ञप्तिमा प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा “हामीले पनि धेरै ठाउँमा सीमा मिचेका छौँ” भन्ने अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसले नेपालको सार्वभौमिकता, राष्ट्रिय […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णयप्रति कुलमान घिसिङको आपत्ति

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयप्रति गम्भीर आपति जनाएका छन् । सामाजिक सञ्जालमार्फत मार्फत घिसिङले उक्त निर्णय अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय ऊर्जा नीति तथा उपभोक्ताको हितविपरीत रहेको बताए । विद्युत खपत […]

बागमती राजनीति विशेष समाचार समाचार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो १ बजे सिंहरबारमा बस्ने भएको हो । आजको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । आ.व. २०८३/०८४ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

सभापति लामिछाने भारत भ्रमणमा जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार)भारत भ्रमणका लागि जादै छन् । सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज भारत जान लागेका हुन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेठ १८ देखि २२ गते सम्म भारत भ्रमणमा रहने छन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि पुर्व सम्म नेपाल नजिक रहेको न्युन चापिय रेखाको प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगातय कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ र बाँकी तराई आंशिक बादल लागेको छ। […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विश्व बुवाआमा दिवस

काठमाडौं । आज विश्वभर विश्व बुवाआमा दिवस मनाइदै छ । सन्तानको पालनपोषण, शिक्षा, संस्कार र उज्ज्वल भविष्य निर्माणमा आमाबुवाले पु¥याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । आजको दिनमा जन्म दिने आमाबुबाप्रति विशेष सम्मान भाव ब्यक्त गर्दछन् । बुवाआमा परिवारका आधारस्तम्भ मात्र नभई सन्तानका पहिलो शिक्षक, मार्गदर्शक र प्रेरणाका स्रोत पनि हुन् । उनीहरूको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

महिला समन्वय समिति हटाउने प्रयास महिलाको साझा आवाज दबाउने कदम : भूमिका लिम्बु सुब्बा

काठमाडौं । नेकपा एमालेकी सांसद भूमिका लिम्बु सुब्बाले प्रतिनिधिसभा नियमावलीबाट महिला समन्वय समिति हटाउने प्रस्ताव महिलाहरूको साझा आवाजलाई कमजोर बनाउने प्रयास भएको बताएकी छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २५७ अन्तर्गत रहेको महिला समन्वय समितिलाई कुनै पनि हालतमा हटाउन नहुने धारणा राखिन्। उनले भनिन्, ‘म यस गरिमामय सदनमार्फत प्रतिनिधिसभा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मानव अधिकार आयोगसहित विभिन्न प्रतिवेदन अध्ययन गरेर आवश्यक कारबाही गरिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (शाह) बालेनले भदौ २३ र २४ गतेको मानव अधिकार आयोगका प्रतिवेदन मात्रै नभई विभिन्न कालखण्डमा गठित आयोगहरूले बुझाएका प्रतिवेदनहरूको समेत सरकारले अध्ययन गरिरहेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले विभिन्न समयमा भएका आन्दोलन, तिनका क्रममा भएका घटनाक्रम तथा त्यससम्बन्धी छानबिन प्रतिवेदनहरूबारे सरकार गम्भीर रहेको […]