१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

विद्यार्थीले बनाएको मुनाल उपग्रह प्रक्षेपण हुँदै

गोदावरी ललितपुर, २८ पुसः नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’ नामक उपग्रह प्रक्षेपणको तयारी पूरा गरेको छ । उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको अन्तरिक्ष प्रविधि विकास यात्रामा ऐतिहासिक उपलब्धिका रूपमा लिइएको छ । नेपालको पहिलो स्पेस सिस्टम प्रयोगशालामा दुई वर्ष लगाएर तयार गरिएको मुनाल उपग्रह वनस्पति अनुगमन, […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज तराईका अधिकांश स्थानमा हुस्सुरकुहिरो

काठमाडौँ, २८ पुस : नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो रहनेछ । महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु रहनेछ […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

चन्द्रपुर रौतहट, २८ पुस : आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । गत शुक्रबारदेखि जिल्ला प्रहरी कार्यालयले निर्वाचन प्रहरीका लागि आवेदन लिन सुरु गरेको छ । आइतबारसम्ममा १५२ महिलासहित ९५२ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदिप बस्यालले जानकारी दिएका छन् । प्रनाउ […]

कोशी मुख्‍य समाचार समाचार समाज

हिलोमा भासिएको चित्तलको उद्धार

झापा, २८ पुस : यहाँको दमक नगरपालिका–२ स्थित हिलोको दलदलमा भासिएको अवस्थामा फेला परेको एउटा पोथी चित्तलको आइतबार उद्धार गरिएको छ । स्थानीय काली मन्दिर पछाडि ध्रुव गुरागाईंको खेतको हिलोमा भासिएर हिँडडुल गर्न नसक्ने अवस्थामा उक्त चित्तल स्थानीयबासीले फेला पारेका थिए । सब डिभिजन वन कार्यालय र इलाका प्रहरी कार्यालय दमकको टोलीले चित्तललाई दलदले भासबाट […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, २८ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६८ रुपैयाँ २५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण

बेलायत, २८ पुस : शरीरको कुनै अङ्गमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन, कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री चिसोमा अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किएका हरि बुढामगरले भने, “म फरक क्षमता भएका मानिसलाई आफ्नो क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्छु । मेहनत गरे सफलता पाइन्छ भन्ने उदाहरण […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै पदयात्रा

धरान सुनसरी, २८ पुसः ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस–२०८२ को अवसरमा धरानस्थित विजयपुरगढीबाट धनकुटाको साँगुरीगढीसम्म ऐतिहासिक गढी र एकीकरणको स्मरण गर्दै नेपाली सेनाले आइतबार पदयात्रा सुरु गरेको छ । ‘निशान पदयात्रा नाम दिइएको यस यात्राले ऐतिहासिक गढी र किल्लाको महत्व स्मरण गर्दै पूर्वी नेपालको एकीकरण अभियान उजागर गर्ने जनाइएको छ । ऐतिहासिक गढीको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधि सभा निर्वाचन ५२ दिन बाँकी

आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने काठमाडौँ, २८ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्धमा आयोगबाट […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

विशेष महाधिवेशन शक्ति वा सत्ताको संघर्ष होइन, सोचको लडाइँ हो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र सबै सदस्य बराबर भएको र कांग्रेस सबैको साझा घर भएको बताएका छन्। आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र एकताबद्ध भएर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए । उनले अधिवेशनभन्दा ठूलो समीक्षा गर्ने अर्को मञ्च नहुने उल्लेख गर्दै यो शक्ति वा सत्ताको संघर्ष […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस राजनीतिक पार्टी मात्र होइन, वेथितिविरुद्धको अभियान हो : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नेपाली कांग्रेसलाई राजनीतिक पार्टी मात्र नभई देशका सबै प्रकारका वेथितिविरुद्धको अभियान भएको बताएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले कांग्रेसले महिला, दलित, मधेसी, जनजाति तथा सिमान्तकृत समुदायमाथिको विभेदविरुद्ध निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे । उनले भने, ‘नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजनीतिक दलहरुबीचमा नविन समझदारी आवश्यक छ :अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशको राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको बताएका छन् । आइतबार पार्टीको चियापान कार्यक्रमपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले अहिले राजनीतिक दलकाबीचमा नविन समझदारी आवश्यक रहेको भन्दै त्यो समझदारीको आधार पृथ्वीपथ नै रहेको बताए । उनले भने,‘अहिले यो देशको राजनीतिक दलकाबीचमा एउटा नविन समझदारी आवश्यक परेको छ […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कारागारमा ज्यान गुमाएका कैदीबन्दीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने

कैलाली, २७ पुसः सुदूरपश्चिम प्रदेश सरकारले कैलाली कारागारमा ज्यान गुमाएका कैदीबन्दी भरत चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश सरकारको आज यहाँ बसेको मन्त्रिपरिषद्को बैठकले गत साउन २३ गते कैलाली कारागारमा दुई समूहबीच भएको झडपमा ज्यान गुमाएका कैदीबन्दी चौधरीको परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको […]