१३ आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार लुम्बिनी समाचार

ढिक्री बनाउन व्यस्त थारू समुदाय

तुलसीपुर दाङ, २८ पुसः दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने चटारो छ । माघी नजिकिएसँगै उनी अहिले ढिक्री बनाउनमा नै व्यस्त छन् । त्यस्तै तुलसीपुर १० बनकाउकी विझौनी थारूलाई पनि अहिले ढिक्री बनाउन भ्याइनभ्याइ छ । उनीहरू मात्रै होइन, माघी नजिकिएसँगै अहिले थारू समुदायमा ढिक्री बनाउने चटारो छ । थारू समुदायले हरेक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

दमौली तनहुँ, २८ पुसः तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र : नीति–नेतृत्व मन्थन हुने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ । आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज कार्यतालिका अनुसार बन्दसत्रमार्फत नीति र नेतृत्व सम्बन्धी छलफल गरिनेछ । महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार, बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ । सुरुमा महाधिवेशनको कार्यविधि तयार गर्ने कार्यक्रम रहेको छ । त्यसपछि नौ […]

बागमती मुख्‍य समाचार समाचार

रिज लाइन इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भीक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि कम्पनीले पुस १३ गतेदेखि आईपीओ खुला गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रशान्त तामाङकी पत्नीले भनिन ‘उहाँको निद्रामा नै प्राकृतिक मृत्यु भएको हो’

काठमाडौं । लोकप्रिय गायन रियालिटी शो ‘इन्डियन आइडल–३’ जितेर चर्चामा आएका गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार निधन भएको छ । उनकी पत्नी मार्था एलेले तामाङको मृत्यु प्राकृतिक कारणले भएको र उनी निद्रामा नै संसारबाट बिदा भएको बताएकी छन् । भारतीय सञ्चार माध्यम एएनआईसँग कुरा गर्दै मार्था एलेले यस्तो बताएकी हुन् । उनले तामाङको निधनपछि […]

बागमती मुख्‍य समाचार समाचार

काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु

काठमाडौं । काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई कन्क्लेभ–२०२६’ सुरु हुने भएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्मेलन केयूको डिपार्टमेन्ट अफ आर्टिफिसियल इन्टेलिजेन्स र एआई क्लब (केयूएआइसी) को आयोजनामा सञ्चालन हुने भएको हो। क्लबका अध्यक्ष अशिम श्रेष्ठका अनुसार सम्मेलनले एआईलाई केवल ‘रिसर्च’ वा ‘जेनरेटिभ टुल’मा सीमित नराखी शिक्षा, स्वास्थ्य, वित्त, उद्योग, शासन र समाजमा यसको व्यावहारिक प्रयोगबारे जनचेतना […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

फिक सप्ताहको दोस्रो दिन १९ हजारभन्दा बढी सडक प्रयोगकर्ता सचेत

  काठमाडौं । ‘दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२’ अन्तर्गत काठमाडौं उपत्यकामा हिजो दोस्रो दिन व्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो। सो अभियानबाट १९ हजार ९ सय २३ जना सडक प्रयोगकर्ता लाभान्वित भएका छन्। ट्राफिक प्रहरीले यात्रु, पैदलयात्री र चालकलाई लक्षित गर्दै सुरक्षित जेब्राक्रसिङ, आकाशेपुल र सब–वे प्रयोग गराउँदै सचेतना फैलाएको हो। यस […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा ६५ प्रतिशतभन्दा बढी प्रतिनिधिको सहभागिता

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आइतबारबाट औपचारिक रूपमा सुरु भएको छ । बदलिँदो राजनीतिक परिवेशमा पार्टीलाई सुदृढ बनाउने, जनभावनाअनुकूल नीति तय गर्ने र नयाँ ऊर्जासहित नेतृत्वमार्फत संगठन रूपान्तरण गर्ने उद्देश्यसहित विशेष महाधिवेशन आयोजना गरिएको हो । विशेष महाधिवेशनमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये २ हजार ६६२ जना, अर्थात् ५६ प्रतिशतभन्दा बढी […]

बागमती मुख्‍य समाचार समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै, पर्यटन विधेयकमा दफावार छलफल हुने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक आज बस्ने भएको छ । समितिको बैठक सोमबार बिहान ११ः३० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको हो । बैठकमा पर्यटन विधेयक, २०८१ माथि दफावार छलफल हुने मुख्य कार्यसूची रहेको छ । यसका साथै विविध विषयमा पनि छलफल हुने समितिले जनाएको छ । समितिले बैठकमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ बन्दसूचीमा परेका उम्मेदवारलाई आज अन्तिम पटक उम्मेदवारी फिर्ता लिने अवसर दिइएको छ। निर्वाचन आयोगका अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दलहरूले पुस १३ र १४ गते पेस गरेको बन्दसूचीमा समावेश उम्मेदवारहरूले आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन्। आयोगले यससम्बन्धी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ट्रक यातायात व्यवसायी महासंघको अध्यक्षमा राजेन्द्र विक्रम बानियाँ निर्वाचित

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघको सत्रौँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशनबाट राजेन्द्र विक्रम बानियाँ महासंघको अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार सम्पन्न महाधिवेशनमा बानियाँले ओमकृष्ण कार्कीलाई पराजित गर्दै आगामी तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा जित हासिल गरेका हुन्। निर्वाचन परिणामअनुसार बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्कीले ७७ मतमा सीमित […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज

काठमाडौं। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु हुँदैछ । आज हुने बन्दसत्रमा पार्टीको नीति, संगठन र आगामी राजनीतिक दिशाबारे गहन बहस हुने भएको छ। आइतबार साँझ उद्घाटन सत्र सम्पन्न भएसँगै आज बिहान खाजापछि बन्दसत्र सुरु गरिने महाधिवेशन व्यवस्थापन सचिवालयले जनाएको छ। ढिलोमा १० बजेदेखि औपचारिक कार्यक्रम अघि बढ्नेछ। प्रतिनिधिहरूको दबाबपछि महामन्त्री गगन थापाको […]