१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसले ५० प्रतिशत नयाँ अनुहार लिएर निर्वाचनमा जानुपर्छ : नेता चौधरी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आउने निर्वाचनमा कांग्रेसको तर्फबाट ५० प्रतिशत नयाँ अनुहार पठाउनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै कांग्रेसले जेनजीका भावना प्रतिनिधित्व गरेको पार्टीको रुपमा आफूलाई उभ्याएको हेर्न चाहाने धारणा राखे । उनले भने,‘नेपाली कांग्रेसले अब कम्तिमा ५० प्रतिशत नयाँ अनुहार निर्वाचनमा सहभागी भएको […]

बागमती मुख्‍य समाचार समाचार

मानवसेवा आश्रमद्वारा पुस चाैथाे साता ४३ जनाको उद्धार, १४ को पारिवारिक पुनर्मिलन

काठमाडौँ । मानवसेवा आश्रमले पुस चाैथाे सातामा ४३ जनाको बेवारिसे व्यक्तिहरूकाे उद्धार गरेको छ। उद्धार गरिएकामा ३१ जना पुरुष र १२ जना महिला रहेका छन्। आश्रमका देशभर सञ्चालनमा रहेका शाखाहरूले उद्धार गरिएका व्यक्तिहरूलाई सम्मानजनक जीवनयापनका लागि सुरक्षित वातावरण उपलब्ध गराएका छन्। त्यस्तै, विभिन्न समयमा उद्धार भई आश्रममा स्वास्थ्य लाभ गरिरहेका र पारिवारिक पृष्ठभूमि पत्ता लागेका १३ जनाको पारिवारिक पुनर्मिलन  सम्पन्न भएकाे छ। आश्रमले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देउवालाई सुनिल शर्माले भने– रोइलो छाडेर महाधिवेशनमा सहभागी हुनुहोस्

काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टी नेतृत्वमाथि कडा प्रश्न उठाएका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै शर्माले सभापति शेरबहादुर देउवा र केन्द्रीय समितिका नेताहरूले कार्यकर्ताको भूमिकालाई अवमूल्यन गरेको आरोप लगाए । टेलिभिजन तथा सामाजिक सञ्जालमार्फत कार्यक्रम हेरिरहेका नेताहरूलाई लक्षित गर्दै उनले पूर्वदेखि पश्चिम र दार्चुलादेखि ताप्लेजुङसम्मबाट आएका कार्यकर्ता […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेस एउटा सभ्यता र संस्कृति भएको पार्टी हो : गुरुराज घिमिरे

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले कांग्रेस एउटा सभ्यता र संस्कृति पार्टी भएको बताएका छन् । कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै उनले यस्तो बताएका हुन् । उनले अब नेतृत्वको परिवर्तन बिना बस्न नसक्ने बताए । उनले भने, ‘२३ र २४ गतेको जेनजी आन्दोलनले राजनीतिलाई नयाँ मोड दिने काम गरेको छ […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसले इतिहासको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य बन्दैन : पूर्व उपसभापति श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठले कांग्रेसले इतिहासमा गरेको योगदानको ब्याज मात्र खाएर बसेर भविष्य नबन्ने तर्क गरेका छन् । आइतबार नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले अहिले जनताको अपेक्षा बद्लिएको भन्दै पार्टीको चल्ने शैली पनि बदल्नुपर्ने बताए । अब नयाँ युवाहरुलाई नेतृत्वमा ल्याउन आवश्यक रहेको उनको भनाई छ । उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राप्रपाको जलपान कार्यक्रममा प्रधानमन्त्री

काठमाडौँ, २७ पुस : प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आज आयोजित जलपान कार्यक्रममा सहभागी भएका छन् । काठमाडौँको भृकुटीमण्डपमा भएको जलपान कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी भएका हुन्। प्रधानमन्त्री कार्कीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायत नेताहरूले स्वागत गरेका थिए । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न राजनीतिक […]

बागमती मुख्‍य समाचार समाचार

पठाओका सञ्चालक असिममान सिंह बस्नेतद्वारा काठमाडौं–१ बाट उम्मेदवारी घोषणा

काठमाडौं । पठाओ नेपालका सञ्चालक असिममान सिंह बस्नेतले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत बस्नेतले उद्यमीको रूपमा नेपालमै बसेर केही बनाउने क्रममा भोगेका अनुभवहरूले आफूलाई राजनीतिक जिम्मेवारीतर्फ अग्रसर गराएको बताएका छन् । ‘यो निर्णय सजिलो थिएन,’ उनले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

पृथ्वीनारायणलाई सम्झिन नसक्नेहरु नेपाली होइनन् : पूर्वमन्त्री विष्ट

कीर्तिपुर । राष्ट्रिय शक्ति नेपालका अध्यक्ष एवम पूर्वमन्त्री केशर बहादुर बिष्टले पृथ्वीनारायण शाहले पहिलै सबै जातको फूलबारी भनेको देशलाई आज फुटाएर सकाउन खोजिएको बताएका छन् । आइतबार कीर्तिपुरको लाइब्रेरी चोकमा आयोजित कार्यक्रममा उनले पृथ्वीनारायण शाहले सबै जातको फूलबारी भनेको देशलाई आज फुटाउन खोजिएको भन्दै त्यसकारण पनि पृथ्वी जयन्ती मनाउन आवश्यक रहेको बताए । नेपाली भनेर […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षण दिँदै आयोग

काठमाडौँ, २७ पुसः निर्वाचन आयोगले आशन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लाग खटिएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि प्रशिक्षक प्रशिक्षणका लागि यही पुस २८ र २९ गते विभिन्न स्थानमा अभिमुखीकरण तालिम सञ्चालन गर्दैछ । सात प्रदेशअन्तर्गतका निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि कूल चार स्थान काठमाडौँ, चितवन, विराटनगर र नेपालगञ्जमा अभिमुखीकरण तालिम दिन लागिएको आयोगका […]

बागमती मुख्‍य समाचार समाचार समाज

ब्रिटिस कलेजविरुद्ध वोले विद्यार्थी संगठन, आर्थिक वार्गेनिङको त्रासमा कलेज प्रशासन

काठमाडौं । संयुक्त विद्यार्थी संगठनले द व्रिटिस कलेजका संचालकलाई गिरफ्तार गरी क्याम्पसको अनुमती रद्द गर्न माग गरेका छन् । आइतबार विज्ञप्ति सार्वजनिक गर्दै संठनले पीडित विद्यार्थीलाई न्याय दिन दबाव दिंदापनि उल्टै राज्य संयन्त्रको मिलोमतोमा कलेजका संचालक विद्यार्थीहरुमाथि धरपकड गर्ने र गिरफ्तार गर्ने कार्य भएको भन्दै आपत्ति जनाएको छ । विज्ञप्तिमा लेखिएको छ,‘संयुक्त विद्यार्थी संगठनहरूको तर्फबाट […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

क्रान्तिकारी युवा सङ्घ नेपालद्वारा निर्वाचन वहिष्कार गर्ने घोषणा

काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टीसहित ६ दलले गर्ने संयुक्त निर्वाचन वहिस्कार कार्यक्रममा क्रान्तिकारी युवा संघ नेपालले सहभागिता हुने जनाएको छ । आइतबार राजधानीमा संगठनले पत्रकार सम्मेलन गरी नेपाल सरकारसमक्ष पेस गरेको ४३ बुँदे माग पत्र सार्वजनिकसमेत गरेको हो । संघका संयोजक सूर्य तिमल्सिनाले जेनजी बिद्रोले दिएका म्याण्डेटलाई वेवास्ता गरि गरिने निर्वाचनलाई आफूहरुले सशक्त बहिस्कार गर्ने […]

बागमती मुख्‍य समाचार समाचार

महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । फेसबुक स्टाटस लेख्दै उनले दिल्लीमा भएको तामाङको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै दिवंगत कलाकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । तामाङको निधनपछि विभिन्न सञ्चारमाध्यम, कलाकार तथा संगीतप्रेमीहरूले […]