लायन्स क्लब अफ काठमाडौँ आभूषणद्वारा मानवसेवा आश्रम चितवन शाखामा खाद्यान्न तथा न्यानो कपडा सहयोग
चितवन। लायन्स क्लब अफ काठमाडौँ आभूषणले मानवसेवा आश्रमका आश्रिहरूको सेवाका लागि खाद्यान्न सामग्रीसँगै न्यानो कपडा वितरण गरेकाे छ । आइतबार मानवसेवा आश्रम चितवन शाखाको संरक्षणमा रहेका ९९ जना आश्रितहरूको सेवा सहजीकरणका लागि उक्त खाद्यान्न वितरण गरिएको हो। यस सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक भोजन तथा जाडो मौसममा आवश्यक न्यानो कपडाको व्यवस्थापनमा टेवा पुगेको श्रमले जनाएको छ। […]











