१८ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिनिधिसभा निर्वाचन ६६ दिन बाँकी : राष्ट्रियसभा सदस्यका उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौँ, १४ पुसः निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेद्वारले रु तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि रु एक हजार, सवारी साधनमा रु ७० हजार, सवारी इन्धन रु १० हजार, प्रचारप्रसार सामग्रीमा रु […]

मधेश मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पार्टी परित्याग गरेकाहरुलाई घर फर्कन कांग्रेसको आह्वान, आवश्यक जिम्मेवारी दिइने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएकाहरुलाई घर फर्कन आह्वान गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सो आह्वान गरेको हो । बैठकले विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि केन्द्रीय कार्यसम्पादन समितिको यो बैठक हार्दिक […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

पौष १३–१४ सम्म बन्दसूची पेस गर्ने समय, तीन दलबाट १३४ नाम दर्ता

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनको समय पौष १३ र १४ गतेसम्म तोकिएको छ । जसमा आजबाट सुरु भएको समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलनमा आइतबार तीन वटा राजनीतिक दलहरुबाट जम्मा १३४ जनाको बन्दसूची संकलन भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

स्याङ्जा सदरमुकाममा नै पहिलो पटक कपडा बैंक सञ्चालनमा

स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्याङ्जा सदरमुकाममा नै पहिलो पटक कपडा बैंक सञ्चालनमा आएको छ । शुक्रबार पुतलीबजार नगरपालिका १ स्थित ट्याक्सी चोकमा सो बैंकको शुभारम्भ गरिएको हो । पुतलीबजार नगरपालिका ३ मा रहेको लत्रेपिपल क्लब र पुतलीबजार नगरपालिकाको साझेदारी तथा समन्वयमा सो बैंक सञ्चालनमा आएको लत्रेपिपल क्लबका अध्यक्ष समेत रहेका कपडा बैंक कार्यक्रमका संयोजक मनोज मल्लले […]

बागमती मुख्‍य समाचार समाचार

पोखरामा पुस २३ गते एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड हुने

काठमाडौं । नेपाली खेलकुद पत्रकारिताको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी पुस २३ गते पोखरामा एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ आयोजना गर्ने भएको छ । प्रत्येक वर्ष आयोजना गर्दै आएको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड कार्यक्रम पोखराको न्यूरोडस्थित पोखरा सभागृहमा हुने आइतबार पत्रकार सम्मेलन मार्फत मञ्चले जानकारी गराएको हो । यसअघि भदौ […]

बागमती मुख्‍य समाचार समाचार समाज

उमाकुण्ड प्रीतिका किसान सुन्तला खेतीबाट मालामाल

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका ४, ५ प्रीतिका किसानहरू व्यावसायिक सुन्तला खेतीमा लागेका छन् । अन्य खेती गर्ने मानिसहरू गाउँमा कम हुँदै जाँदा एक पटक लगाएपछि वर्षाै आम्दानी दिने सुन्तला खेतीतर्फ किसानहरू लागेका हुने । विज्ञहरूका अनुसार एक पटक लगाएको सुन्तलाको बिरुवाले ५० वर्षसम्म राम्रो फल दिन्छ । किसानलाई सुन्तला खेतीमा आकर्षित गर्न उमाकुण्ड गाउँपालिकाले […]

बागमती मुख्‍य समाचार समाचार

रात्रिकालीन सडकसेवा मार्फत शनिबार राति १० जना बेवारिसे व्यक्तिको उद्धार

काठमाडाैँ । मानवसेवा आश्रमका सबै शाखाहरूले हरेक शनिबार नियमित रूपमा रात्रिकालीन सडकसेवा सञ्चालन गर्दै आइरहेका छन्। यसै क्रममा शनिबार राति सञ्चालन गरिएको सडकसेवा मार्फत १० जना सहयोगापेक्षी व्यक्तिहरूको उद्धार गरिएको छ। जस मध्ये रानीवन शाखाबाट ४ जना, विराटनगरबाट २ जना तथा मुख्य कार्यालय हेटौँडा, सर्लाही, लमजुङ र नेपालगञ्ज शाखाबाट १/१ जना गरी १० जनाको उद्धार गरिएको हो। […]

बागमती मुख्‍य समाचार समाचार

जेनजीहरुको आवाज कलामार्फत, संसद भवन अगाडि प्रदर्शन

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको आन्दोलनको स्मृति झल्काउने तस्विर एवम चित्रकलाहरु संघीय संसद् भवन अगाडि प्रदर्शनी गरिएको छ । वीरगति प्राप्त गरेका जेनजी शहीदहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै फोटो प्रदर्शनी गरिएको हो । सोही क्रममा कार्यक्रम आयोजक समितिका सदस्य आयुष बस्यालले राज्य संयन्त्रले जेनजी र जनताको आवाजहरु दबाउने प्रयास गरेको […]

मुख्‍य समाचार लुम्बिनी समाचार

सङ्कटमा पुर्ख्यौली पहिचान र लोक–संस्कृति

लुम्बिनी मर्चवार, १३ पुसः कुनै समय मधेसका गाउँघरमा गुञ्जने डफला बाजाको ताल सङ्गीत मात्र थिएन, यो जीवनका हरेक उकाली–ओरालीको साक्षी थियो । शुभकार्यमा मङ्गल धुन बन्ने र मृत्यु संस्कारमा अन्तिम बिदाइको गम्भीर स्वर बन्ने यो मौलिक बाजाको अस्तित्व अहिले सङ्कटमा छ । समयको परिवर्तनसँगै भित्रिएको डिजे र आधुनिक ब्यान्ड बाजाको चर्को स्वरले डफलाको मौलिक धुनलाई […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन आयोगले सुरु गर्यो समानुपातिक बन्द सूची संकलन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरूको बन्द सूची संकलन प्रक्रिया आजदेखि सुरु हुँदैछ । निर्वाचन आयोगले कार्यतालिका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी पूरा भएको जनाएको छ । आयोगका अनुसार आज आइतबार र भोलि सोमबार दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् । आयोगका […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राजनीतिमा बाह्य चुनौति थपियो : उपमहासचिव भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौति थपिएको बताएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच आगामी निर्वाचनमा सहकार्य गर्ने सहमति भएसँगै राजनीतिमा बाह्य चुनौति थपिएको बताए । सामाजिक सञ्जालमा लेख्दै उपमहासचिव भट्टराईले जतिसुकै चुनौति बढेपनि भागेर होइन सामना गरेर अघि बढ्ने दृढता व्यक्त […]

कोशी मुख्‍य समाचार समाचार समाज

स्वर्गीय गंगाराम कार्कीको स्मृतिमा झापा शाखामा लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग

झापा। मेचीनगर नगरपालिका–४, बाहुनडाँगीमा रहेकाे मानवसेवा आश्रम झापा शाखामा आश्रित आमाबुवाहरूका लागि लत्ताकपडा तथा खाद्यान्न सामग्री सहयोग प्राप्त भएकाे छ । स्वर्गीय  गंगाराम कार्कीको आत्माको चीरशान्ति तथा बैकुण्ठ बासको कामना गर्दै कार्की परिवारका सदस्यहरूले उक्त सहयोग अर्पण गर्नुभएको हो। यस सहयोगले आश्रममा आश्रित आमाबुवाहरूको दैनिक जीवनयापन सहज बनाउन मद्दत पुगेकाे छ । झापा शाखामा हाल […]