१८ असार २०८३, बिहीबार
अर्थ बागमती मुख्‍य समाचार समाचार

राष्ट्र बैंकबाट २५ अर्बको एकवर्षे ऋणपत्र निष्कासन हुँदै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुस १४ गते रु.२५ अर्ब बराबरको एक वर्षे अवधिको ऋणपत्र निष्कासन गर्ने भएको छ । मौद्रिक व्यवस्थापनका लागि उक्त ऋणपत्र बोलकबोल प्रक्रियामार्फत निष्कासन गर्न लागिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार ऋणपत्रको बोलकबोल पुस १४ गते मध्यान्ह २ः०० बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ । बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा […]

बागमती मुख्‍य समाचार समाचार समाज

चन्द्रागिरि बालश्रममुक्त स्थानीय तह

काठमाडौँ, १४ पुसः चन्द्रागिरि नगरपालिका ‘बालश्रममुक्त स्थानीय तह’ भएको छ । काठमाडौँमा चन्द्रागिरि बालश्रममुक्त स्थानीय तह’ हुने सम्भवतः पहिलो पालिका भएको जनाइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनिया, सामाजिक विकासमन्त्री कञ्चनचन्द्र बादे र चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले लगायतले आज यहाँ आयोजित विशेष कार्यक्रममा नगरपालिकालाई ‘बालश्रममुक्त स्थानीय तह घोषणा गरे । यस अगाडि चन्द्रागिरि–१२ […]

मधेश मुख्‍य समाचार समाचार समाज

शीतलहरबाट पठनपाठनमा समस्या

महोत्तरी, १४ पुस : शीतलहरबाट स्थानीयवासी प्रभावित हुन थालेपछि यहाँका स्थानीयतहले धमाधम विद्यालय बिदा दिन थालेका छन् । पुसको पहिलो सातामै सुरु भएको शीतलहर बढ्दै गएपछि जिल्लाका १५ वटै स्थानीय तहले विद्यालयमा बिदा दिने सूचना जारी गरेका हुन् । पछिल्लो पटक बर्दिबास, जलेश्वर, मटिहानी, लोहारपट्टी र मनराशिशवा नगरपालिकाले आजदेखि जाडो बिदाको सूचना आइतबार साँझ नै […]

कोशी मुख्‍य समाचार समाचार समाज

भोजपुर बजारमा पानीको सङ्कट अन्त्य

भोजपुर, १४ पुसः भोजपुर सदरमुकाम क्षेत्रमा सिलिचुङ खानेपानी आयोजना सञ्चालनमा आएपछि स्थानीय नागरिकको दीर्घकालीन रुपमा रहेको पानीको समस्या समाधान भएको छ । आयोजनामार्फत भोजपुर बजार क्षेत्रसहित छ वटा वडाका दुई हजार ६५० घरधुरीमा एक घर एक धारा जडान गरिएको सिलिचुङ खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिले जनाएको छ । समितिका कार्यालय प्रमुख कृष्णसागर तामाङका अनुसार […]

बागमती मुख्‍य समाचार समाचार

सार्दीखोला विद्यार्थी सहयोग समितिद्वारा प्रअ आचार्य सम्मानित

काठमाडौँ, १४ पुसः कास्की माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलामा सार्दीखोला विद्यार्थी सहयोग समितिले आफ्नो ३० औँ स्थापना दिवसमा शिक्षक सम्मान, छात्रवृत्ति वितरण तथा पुरस्कार वितरण गरेको छ । समितिले माछापुच्छ्रे – १, २ र ३ भित्रका १२ विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ सम्मका २६० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई कूल रु सात लाख ४२हजार बराबरको छात्रवृत्ति […]

कर्णाली मुख्‍य समाचार समाचार

मुस्ताङको बागवानीमा हाईब्रिड स्याउका बिरुवा उत्पादन गर्न सुरु

मुस्ताङ, १४ पुसः यहाँको घरपझोङ गाउँपालिका–२ मार्फास्थित शीतोष्ण बागबानी विकास केन्द्रले चालु वर्षदेखि उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड एम नाईन रुट स्टक’ जातका बिरुवा उत्पादन गर्न सुरु गरेको छ । केन्द्रमा भएको तन्तु प्रयोगशाला प्रविधिमामार्फत प्रशारण गरिएको हाईब्रिड स्याउको बीउ छरेर यहाँ उच्चघनत्व प्रविधिमा आधारित हाईब्रिड स्याउका बिरुवा रोपण गरी उत्पादनतर्फ जोड दिइएको हो । हालसम्म […]

कोशी बागमती मुख्‍य समाचार

डुबेर तीन वर्षीय बालकको निधन

भद्रपुर झापा, १४ पुसः झापा गाउँपालिका–२ सडकबारीमा खेल्ने क्रममा पानी जमेको खाल्डोमा डुबेर तीन वर्षीय बालक दिवाङस कँडेलको मृत्यु भएको छ । आइतबार आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा बालक डुबेर गम्भीर घाइते भएका थिए । घाइते बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका […]

बागमती मुख्‍य समाचार समाज

तरकारीले मूल्य पाएपछि किसान खुसी

चितवन १४ पुसः जिल्लामा लगाइएको तरकारीले बजार मूल्य पाएपछि यहाँका किसान खुसी भएका छन् । गत वर्षको तुलनामा यसवर्ष तरकारीले मूल्य पाएको पूर्वी चितवनको राप्ती नगरपालका–१ का प्रेमबहादुर खुलालले बताए ।उनले लगाएको गोलभेँडा, घीउ सिमी, काँक्रो लगायतले आहिले बजार मूल्य राम्रो पाएको छ । उनले भने , खेतबाटै बिक्री गर्दा घीउ सिमी र गोलभेँडाको मूल्य […]

गण्डकी मुख्‍य समाचार समाज

भेडागोठमा पाँच दशक बिताएका नरेन्द्रलाई पढ्न नपाएकामा पछुतो

म्याग्दी, १४ पुसः म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाका ६२ वर्षीय नरेन्द्र छन्त्यालले भेडाको बथानसँगै लेकबेँसी गर्न थालेको पाँच दशक पूरा भएको छ । भेडाको घुम्ती गोठ लिएर बर्खामा गुर्जा र चुरेन हिमालको फेदीमा पुग्ने नरेन्द्र हिँउदमा गाउँ नजिकैको खर्कमा झर्ने सात वर्षको बालक हुँदादेखिको नरेन्द्रको समय तालिका अझै फेरिएको छैन् । बिहान उठेदेखि राति अबेरसम्म भेडाबाख्राको […]

मधेश मुख्‍य समाचार समाचार

प्रतिनिधिसभा निर्वाचन : एक मतदातास्थल सहित १८ केन्द्र थप गरियो

चन्द्रपुर रौतहट, १४ पुस : आसन्न प्रतिनिधिसभा निर्वाचनको लागि जिल्लामा एक मतदातास्थल सहित १८ केन्द्र थप गरिएका छन् । जिल्ला निर्वाचन कार्यालयलका अनुसार २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा अगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् । विसं २०७९ को प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा पाँच सय […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

जसपा नेपाल र लोसपा नेपालबीच एकीकरणको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले पार्टी एकीकरण गर्ने निर्णय गरेका छन् । आइतबार बसेको दुवै पार्टीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरसहित पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गर्दै पार्टी एकीकरणको निर्णय गरेको हो । बैठकले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई थप संस्थागत गर्दै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रास्वपाको केन्द्रीय समितिबाट बालेन्द्र शाहसँगको ‘बृहत एकता’ सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच भएको ‘बृहत एकता’ सम्बन्धी सहमति केन्द्रीय समितिबाट अनुमोदन भएको छ। आइतबार पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा बसेको रास्वपाको केन्द्रीय समितिको विशेष बैठकले उक्त सहमतिमाथि विस्तृत छलफल गरी ऐतिहासिक सहमति अनुमोदन गर्ने निर्णय गरेको हो । केन्द्रीय समितिको बैठकले राष्ट्रहितका लागि आँट, त्याग र […]