१८ असार २०८३, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारको खर्च सीमा तोकियो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि खर्चको सीमा निर्धारण गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेद्वारले तीन लाख ५० हजार बराबरको खर्च गर्न पाउने सीमा निर्धारण गरेको छ । आयोगले मतदाता नामावली खरिदका लागि एक हजार, सवारी साधनमा ७० हजार, सवारी इन्धन १० हजार, प्रचारप्रसार सामग्रीमा १४ हजार ५०० खर्च […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

काठमाडौं । गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ । जेनजी आन्दोलनका क्रममा गत […]

बागमती मुख्‍य समाचार समाचार समाज

टिकटक विवादमा सबै पक्षको हित मिल्ने समाधान खोज्दै चीन

काठमाडौं । चीनले टिकटकको अमेरिकी स्वामित्वसम्बन्धी विषयमा चिनियाँ कानुन र नियम पालना हुने र सबै पक्षको हित मिल्ने समाधान चाहेको जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले टिकटकले तीन जना लगानीकर्तासँग सम्झौता गरी अमेरिकामा संयुक्त कम्पनी खोल्ने तयारी गरेको भन्ने समाचारपछि यस्तो प्रतिक्रिया दिएको हो । मन्त्रालयका अनुसार चीन र अमेरिकाका राष्ट्राध्यक्षबीच भएको टेलिफोन वार्तापछि दुवै […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन् । स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित पूर्व स्ववियू सभापति, क्रियाशील संघ–संगठनका अध्यक्ष, पूर्व अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मान, नव आगन्तुक विद्यार्थी स्वागत तथा बेजोड सांस्कृतिक कार्यक्रम–२०८२ मा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन जाँदै

काठमाडौं । पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक सोमबार जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह् १२ बजे जान लागेका हुन् । पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेले आज निर्वाचन आयोगमा बन्दसूची बुझाउँदै

काठमाडौं । नेकपा (एमाले) ले समानुपातिकतर्फको बन्दसूची आज निर्वाचन आयोगमा बुझाउने भएको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै आज निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको थियो । एमालेले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारेको छ ।

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार समाज

प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम

टक्सार भोजपुर, १४ पुसः पूर्वी पहाडी जिल्ला भोजपुरमा आगामी फागुन २१ गतेको निर्वाचनका लागि कूल एक लाख २५ हजार सात सय ६६ जना मतदाता कायम भएका छन् । अघिल्लो निर्वाचनको तुलनामा अहिले जिल्लामा मतदाताको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्लो निर्वाचनसम्म यहाँको कूल मतदाता सङ्ख्या एक लाख २३ हजार तीन सय ७९ जना मात्र थियो […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार

बिटी कान्छाको वेब सिरिज हरामी

काठमाडौँ, १४ पुस : बिटी कान्छा को उपनामले परिचित हाँस्यकलाकार विश्वास तिम्सिनाले तीन साथीको दैनिकीको विषयलाई लिएर ‘हरामी’ नामक शृङ्खला ९वेब सिरिज० निर्माण गरेका छन । कलाकार तिम्सिनाको लेखन तथा निर्देशनमा निर्माण गरिएको उक्त शृङ्खला कुल पाँच भागको रहेको छ, जसलाई युट्युबमा साप्ताहिक रूपमा प्रसारण गर्ने गरिएको छ । युवा दर्शकलाई लक्षित गर्दै फरक किसिमको […]

मधेश मुख्‍य समाचार समाचार समाज

चिसोमा बनिहारालाई हात मुख जोड्नै धौधौ

महोत्तरी, १४ पुसः लगातारको शितलहर । पुसको पहिलो सातादेखि महोत्तरीसहितका मधेसमा दिनप्रतिदिन लगलगी मुटु कमाउने जाडो छ । यसले सबैभन्दा बढी बनिहारा अर्थात दैनिक ज्याला गरेर निर्वाह गर्ने वर्ग सकसमा छन् । जाडोमा काममा निस्कन नसकेपछि उनीहरुको दैनिकी नै चलाउन कठिन भएको हो । अहिले त कसैले काममा बोलाउन पनि आउँदैनन्, आफैँ कतै निस्कन पनि […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, १४ पुस : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ […]

बागमती मुख्‍य समाचार समाचार समाज

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

काठमाडौँ, १४ पुसः नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ । विभागले तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना […]

बागमती मुख्‍य समाचार समाचार

चितवनको पर्याय बन्दै ‘हात्ती तथा पर्यटन महोत्सव

चितवन, १४ पुसः हात्तीको राजधानी मानिने नेपालकै तेस्रो पर्यटकीय नगरी चितवनको सौराहामा १९औँ संस्करणमा आइपुग्दा चितवन हात्ती तथा पर्यटन महोत्सव चितवनको पर्याय’का रुपमा विकास भएको छ । नेपालमा सौराहामा मात्रै देख्न पाइने फरक खालको कार्यक्रम हात्ती महोत्सव लाई अन्य महोत्सवसँग दाँजेर हेर्न मिल्दैन । नेपालका पर्यटक व्यवसायीहरु भन्छन्, यो कार्यक्रम हात्ती र मान्छेबीचको सम्बन्ध सेतु […]