१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

पहिरोले कालीगण्डकी करिडोर अबरुद्ध

२८ साउन, गुल्मी । अविरल वर्षासँगै पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।

गुल्मीको कालीगण्डकी गाउँपालिका–१ हर्मिचौर–अर्बेनी सडक खण्डको ठूलाखोला भन्ने स्थानमा ढुङ्गासहितको पहिरो खसेपछि कालिगण्डकी करिडोरमा यातायात अवरुद्ध भएको हो ।

पहिरो पन्छाउनका लागि तीन वटा एक्स्काभेटर प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले बताए ।

सडक पूर्णरुपमा अबरुद्ध भएको र पहिरो पन्छाउन केही समय लाग्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्