३१ श्रावण २०८३, आईतवार
अर्थ मुख्‍य समाचार समाचार समाज

१० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

१९ पुस, काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री एस जयशंकरबीच सिंहदरवारमा भेटवार्ता

१९ पुस, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबार उक्त भेटवार्ता भएको हो । भेटका अवसरमा नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको छ । परराष्ट्र मन्त्री एनपी साउदको निमन्त्रणमा नेपाल–भारत संयुक्त आयोगको सातौँ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपति पौडेलसँग भारतीय विदेशमन्त्रीको शिष्टाचार भेट

१९ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग भारतका विदेशमन्त्री डा एस जयशङ्करले शिष्टाचार भेटवार्ता गरेका छन् । विदेशमन्त्री जयशङ्करले आज बिहान राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्य तथा सहयोग आवश्यक रहेकामा जोड दिए । […]

मुख्‍य समाचार समाचार समाज

ढकिया बुन्न सिक्दै भरतपुरका थारू महिला

१९ पुस, भरतपुर । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला–संस्कृतिको धनी थारूसमुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् । चितवनको रत्ननगर नगरपालिका-१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारूसमुदायले प्रयोग […]

मुख्‍य समाचार समाचार समाज

वीरेन्द्रनगरमा फोहोरबाट ग्यास उत्पादन

१९ पुस, भेरीगङ्गा (सुर्खेत) । सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुआत भएको छ । व्यक्तिगत लगानीमा कर्णालीमै पहिलो पटक वीरेन्द्रनगर–११ को सिमलकुनामा फोहरबाट ग्यास र जैविक उत्पादन गर्न थालिएको हो । वीरेन्द्रनगर-११ का युवा कृष्णप्रसाद ढकालले दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गरेका […]

मुख्‍य समाचार समाचार समाज

तनहुँको मौरीबजारमा बस दुर्घटना, ३२ जना घाइते

१९ पुस, दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख १२०६ नम्बरको बस आज विहान अनियन्त्रित भई सडकबाट खोलामा खसेको थियो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले […]

अर्थ मुख्‍य समाचार समाचार समाज

गाजरखेतीको ‘हब’ बन्‍दै पश्चिम चितवन

१९ पुस, नारायणगढ (चितवन)। प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका-१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ । रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा रु १४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका हुन् । विसं २०३२ देखि श्रीपुरमा गाजरलगायतका […]

मुख्‍य समाचार राजनीति

शेखर कोइरालाको टिप्पणी : विभिन्न काण्डबाट बच्न सत्ता गठबन्धनलाई एमालेको साथ चाहिएको छ

१९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गठबन्धनका कुनै दललाई टीआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको टिप्पणी गरेका छन् । कोशी प्रदेशमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठबन्धन धरापमा परेको भन्नेहरु नै अहिले राष्ट्रिय सभा निर्वाचनमा मिल्न थालेको कोइरालाको भनाइ छ । राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग […]

मुख्‍य समाचार समाचार समाज

आज राति उल्का वर्षा हुँदै, नाङ्गो आँखाले पनि हेर्न सकिने

१९ पुस, काठमाडौं । आज राति अत्यधिक मात्रामा उल्का वर्षा हुँदैछ । यो सन् २०२४ को पहिलो उल्का वर्षा हो । उल्का वर्षाको स्रोत बुटिज (भूतप) नामक तारामण्डलमा भएको जस्तो देखिने भएकोले यसलाई भूतप उल्का वर्षा नाम दिइएको नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)ले जनाएको छ । भूतप उल्का वर्षा आज दिउँसैदेखि अत्याधिक मात्रामा सक्रिय भए पनि […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौं आइपुगे

१९ पुस, काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले स्वागत गरेका छन् ।

मुख्‍य समाचार समाचार समाज

जिल्ला अदालतबाट हतकडीसहित फरार भएका थुनुवा समातिए

१९ पुस, काठमाडौं । जिल्ला अदालत काठमाडौं परिसरबाट हतकडीसहित फरार भएका थुनुवालाई प्रहरीले दुवाकोटबाट पक्राउ गरेको छ । बुधबार जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका विमल खड्कालाई आज बिहान दुवाकोटबाट पक्राउ गरिएको एक प्रहरी अधिकृतले बताए । डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

भारतीय विदेशमन्त्री जयशंकरले राष्ट्रपति र प्रधानमन्त्रीलाई आजै भेट्ने, यस्तो छ भ्रमण तालिका

१९ पुस, काठमाडौं । नेपाल-भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन काठमाडौं आउन लागेका भारतीय विदेशमन्त्री एस जयशंकरले आजैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् । भारतीय वायु सेवाको विशेष विमानमार्फत् आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिने जयशंकरले राष्ट्रपति, प्रधानमन्त्री, नेपाली कांग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतलाई भेट्ने कार्यक्रम […]