कार्यवाहक प्रधानमन्त्री खड्काले गरे सुरक्षा निकायका प्रमुखसँग छलफल
४ माघ, काठमाडौं। कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा निकायका प्रमुख बोलाएर सुरक्षास्थित बारे छलफल गरेका छन् । बिहीबार रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक बोलाएर खड्काले छलफल गरेका हुन् । […]











