३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति

सांस्कृतिक संस्थानको महाप्रबन्धक किरणबाबु पुन नियुक्त

३ माघ,काठमाडौं । सरकारले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनलाई सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

मुख्‍य समाचार समाचार समाज

गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त

३ माघ, काठमाडौं । शहीद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा. मल्ललाई निमित्त निर्देशकको […]

मुख्‍य समाचार समाचार समाज

थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’

३ माघ, कञ्चनपुर । कञ्चनपुरमा थारू समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारू समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारू बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो । स्थानीय तहहरुले उक्त कार्यक्रमलगायत संस्कृति जोगाउन योगदान पुर्‍याउने अन्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्दै […]

मुख्‍य समाचार समाचार समाज

व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’

३ माघ, धुलिखेल । एकनासले झरिरहेको झरना, तल बाँध बाँधेर बनाइएको पोखरीमा चिसो र कञ्चन पानीसँग खेल्ने ठाउँ छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-१२ खारखोलास्थित पञ्चकन्या झरना यतिले यहाँ आउने सबैको आकर्षक गन्तव्य बनेको छ । पोखरीको पानीमा खेल्न पाइने मनोरमस्थल भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । यहाँ आउने आन्तरिक पर्यटकको सङ्ख्या बढेसँगै […]

मुख्‍य समाचार राजनीति

विश्वविद्यालयमा अध्यापन हुने सबै विषयलाई रोजगारीसँग जोडौँ : सञ्‍चारमन्त्री शर्मा

३ माघ, कीर्तिपुर  । सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले विश्वविद्यालयका सबै शैक्षिक कार्यक्रमलाई थप प्रयोगात्मक बनाउँदै तिनलाई उद्योग वा रोजगार बजारसँग सिधै जोड्नुपर्ने बताएकी छिन् । सूचना प्रविधिका विद्यार्थीलाई सम्बन्धित उद्योगका लागि तयार गराउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि केन्द्रीय विभाग र डिजिटल इम्पावरमेन्ट सोसाइटीबीच आज समझदारीपत्र हस्ताक्षर भएपछि मन्त्री शर्माले […]

मुख्‍य समाचार समाचार समाज

गौशाला २६ को भन्दै तस्वीर सार्वजनिक गरेको आरोपमा एक जना पक्राउ

३ माघ, काठमाडौं । सन्दीप लामिछाने बलात्कारको कसूरमा दोषी ठहर भएपछि पीडितको भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका ३२ वर्षीया केशरमान राई रहेको प्रहरीको साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालले बताए । अर्यालका अनुसार, राईलाई पक्राउ गरेर विद्युतीय अपराध ऐन अनुसारको कसूरमा अनुसन्धान गर्न ७ दिन म्याद थप […]

मुख्‍य समाचार राजनीति

देउवा धुम्बाराहीबाट आफ्नै निवास बूढानीलकण्ठ सरे

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा धुम्बाराहीस्थित भाडाको घरबाट आफ्नै निवास बूढानीलकण्ठमा सरेका छन् । सभापति देउवा बुधबार आफ्नै निवासमा सरेको उनका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए । गत पुस १० मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बनेपछि देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट सिधै धुम्बाराहीमा भाडाको निवासमा सरेका थिए । बूढानीलकण्ठस्थित निवास मर्मत […]

मुख्‍य समाचार राजनीति

पर्यटन प्रवर्द्धनका लागि सम्पदा गाउँ निर्माण गर्दैछौँ : संस्कृतिमन्त्री किराती

३ माघ, काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन प्रवर्द्धनका लागि सरकारले सम्पदा गाउँ निर्माण अभियान सुरू गरेको बताएका छन् । बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटन प्रवर्द्धनका लागि ६० वटा भन्दा बढी पुराना गाउँको खोजि कार्य अघि बढाएको बताए । उनले पुराना गाउँ नयाँ पर्यटन […]

मुख्‍य समाचार समाचार समाज

चितुवा देखिन थालेपछि सतर्क रहन आग्रह

३ माघ, दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई आग्रह गरिएको जानकारी दिए । उनले भने, ‘दिनहुँजसो चितुवा देखापर्दा सबैजना समस्यामा छन् । साँझका […]

मुख्‍य समाचार राजनीति

सहकारीका समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

३ माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । बुधबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ । प्रधानमन्त्रीले सहकारीलाई समाजवादको भ्रूण खडा गर्ने, सामूहिकता र तल्लो वर्गको हितमा केन्द्रित गर्नेगरी ऐनमा नै व्यवस्था हुनुपर्ने […]

मुख्‍य समाचार समाचार समाज

भिजिट भिसामा विदेश जानेहरूको गुनासो सम्बोधन गर्न प्रधानमन्त्रीको निर्देशन

३ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, मुख्यसचिव डा वैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूसँग आज भएको छलफलमा […]

मुख्‍य समाचार समाचार समाज

नक्कली मदिरा बनाई बेचेको आरोपमा काठमाडौंबाट ९ जना पक्राउ

३ माघ, काठमाडौं । प्रहरीले काठमाडौंमा नक्कली मदिरा बनाई बेचबिखन गर्ने नौ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी नगरपालिका–५ थलीमा घर भाडामा लिएर उनीहरुले स्वदेशी तथा विदेशी रक्सीको बोतलमा नक्कली रक्सी भरेर बिक्री गर्ने गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा रामेछाप घर भई मूलपानी बस्ने २८ वर्षका मनोज […]