३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

कालीगण्डकी करिडोर : बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा

७ माघ, म्याग्दी। गण्डकी प्रदेशको ‘लाइफ लाइन’ मानिएको राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाको २५ प्रतिशत काम बाँकी छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको […]

मुख्‍य समाचार समाचार समाज

जनकपुरबाट अयोध्या जाने भनिएको रेललाई भारतले अनुमति दिएन

७ माघ, जनकपुरधाम । भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरबाट जाने भनिएको विशेष रेल सेवा रद्द भएको छ । सुरक्षाको कारण देखाउँदै भारतले अनुमति नदिएपछि जनकपुरबाट जाने भनिएको रेल यात्रा रद्द भएको हो । शनिबार बिहान नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाले सम्बन्धित निकायबाट स्वीकृति लिएर प्राण प्रतिष्ठामा जनकपुरबाट भारतीय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मन्त्री प्रकाश ज्वालाले बोलाए प्रदेशका मन्त्री र यातायातका हाकिमहरुको संयुक्त बैठक

७ माघ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले छिटोछरितो सेवा प्रवाहको विषयमा सात वटै प्रदेशका यातायात मन्त्री, सचिव र यातायात कार्यालयका प्रमुखहरुसँग छलफल गर्दै छन् । आज दिउँसो एक बजे मन्त्रालयमा संयुक्त बैठक बोलाइएको हो । बैठकमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सम्पूर्ण प्रदेशका यातायात […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किए

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड युगाण्डा भ्रमण सकेर स्वदेश फर्किएका छन् । युगाण्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलनमा भाग लिई आइतबार बिहान स्वदेश फर्किएका हुन् । माघ ४ गते राति युगाण्डा प्रस्थान गरेका उनी आज बिहान कतारको राजधानी दोहा हुँदै काठमाडौं आइपुगेका छन् । उनी […]

मुख्‍य समाचार समाचार समाज

जलकुम्भीले खोस्यो टरुवा तालको सौन्दर्य

५ माघ, नवलपरासी । नवलपुरको कावासोतीस्थित टरुवा ताललाई ढपक्क जलकुम्भीले ढाकेको छ ।  पानीको सतह देखिनुपर्ने ताल जलकुम्भी  झारले ढाकेर हरियो देखिन थालेको छ । यसबाट तालको सौन्दर्य नै गुमेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती-७ र ८ मा फैलिएको सो तालको अस्तित्व नै जलकुम्भी झारले ढाकेर सङ्कटमा पर्न थालेको छ । कहिलेकाहीँ स्थानीयस्तरमा […]

समाचार समाज

आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी तीन विधेयक आउँदै

५ माघ, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको सहमति लिई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको छ भने अन्य दुई विधेयक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको […]

राजनीति समाचार

 प्यालेस्टाइन र इजरायलबीच शान्ति-सुरक्षाका लागि उभिन चाहन्छौँ : प्रधानमन्त्री प्रचण्ड

५ माघ, कम्पाला । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सिमाभित्र शान्ति-सुरक्षाका लागि उभिन चाहेको बताएका छन् । ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नारामा सुरु भएको ‘नाम’ को १९ औँ शिखर सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘विश्वको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

लगानी सम्मेलनको तयारी तीव्र पार्न अर्थमन्त्रीको निर्देशन

५ माघ, काठमाडौँ । आगामी वैशाख १६ र १७ मा काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा प्रकाशशरण महतले निर्देशन दिएका छन् । आज बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले आवश्यक नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका हुन् । आगामी लगानी सम्मेलनले […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन सुरू

५ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन शुक्रबारदेखि सुरू भएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले हिउँदे अधिवेशन आह्वान गरेपछि सुरू भएको छ । हिउँदे अधिवेशनको पहिलो बैठक दिउँसो २ बजे बसेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रदेशसभा सदस्यहरुले शुभकामना आदानप्रदान गरेका छन् । पहिलो र दोस्रो अधिवेशनमा […]

मुख्‍य समाचार राजनीति

कांग्रेसले पार्टी स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने

५ माघ, काठमाडौं । नेपाली कांग्रेसले स्थापना दिवस सातै प्रदेशमा कार्यक्रम गरेर मनाउने भएको छ । पार्टी स्थापनाको दिन माघ १२ सबै प्रदेशमा कार्यक्रम गरिने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराए । नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशनको मिति २००३ माघ १२ लाई कांग्रेसले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । पार्टी स्थापनाको दिवस लगत्तै कांग्रेसले […]

अर्थ मुख्‍य समाचार राजनीति

राष्ट्रिय गौरवका आयोजनाको छनौटमा नै पुनर्विचार गर्नुपर्छः ऊर्जामन्त्री बस्नेत

५ माघ, काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले राष्ट्रिय गौरवको आयोजनाहरुको छनौटका लागि निश्चित मापदण्ड बनाउनुपर्ने बताएका छन् । राष्ट्रिय गौरवको आयोजनाहरु अघि बढ्न नसकिरहेका बेला ऊर्जामन्त्री बस्नेतले निश्चित मापदण्ड तय गरेर मात्रै त्यस्ता आयोजनाहरुको छनौट गर्न उपयुक्त हुने धारणा राखेका हुन् । शुक्रबार संघीय संसद राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा […]

मुख्‍य समाचार समाचार समाज

धरानका सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु विक्रीमा रोक

५ माघ, काठमाडौं । धरान उपमहानगरपालिकाले सार्वजनिक स्थानमा सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा रोक लगाएको छ । २९ पुसमा बसेको नगर कार्यपालिकाको बैठकले सार्वजनिक सूर्तीजन्य वस्तु विक्री तथा प्रयोगमा रोक लगाउने निर्णय गरेको थियो । त्यसअनुसार नगर प्रमुख हर्क सम्पाङले शुक्रबार सार्वजनिक सूचना निकालेर १५ दिनपछि सूर्तीजन्य वस्तु विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लागू […]