३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार सूचना प्रविधि

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

४ माघ, काठमाडौं । स्थानीय सरकारहरूलाई प्रविधिमैत्री हुन सघाउनेदेखि पालिकाभित्र सार्वजनिक सेवा प्रवाहलाई थप सुलभ र सहज बनाउने उद्देश्यले सुरु भएका डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच साझेदारी हुने भएको छ । यी दुई स्टार्टअपबीचको सहकार्यका लागि विहीबार कम्पनी प्रमुखहरूले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै सम्बन्धित पालिकामा भएका ऐतिहासिक, पर्यटकीय र अन्य महत्वपूर्ण स्थानहरू, तिनको […]

मुख्‍य समाचार समाचार समाज

सशस्त्र प्रहरीको प्रस्तावित ऐन : महानिरीक्षकको पदावधि घटाउने

४ माघ, काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्नो सेवासम्बन्धी नयाँ ऐन ल्याउनका लागि गृहकार्य थालेको छ । यसका लागि गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पठाउने तयारी छ । सशस्त्र प्रहरी बल उच्च स्रोतका अनुसार, ऐनमार्फत सशस्त्र प्रहरी बलका विभिन्न दर्जाका पदावधिमा हेरफेर गर्ने प्रस्ताव अघि बढाउन लागिएको छ । त्यसको मस्यौदा समेत सशस्त्र […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड युगान्डा प्रस्थान

४ माघ, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन् । सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, […]

अर्थ मुख्‍य समाचार

सरकार र एडिबीबीच २१ अर्बको ऋण र ७० करोड बराबरको अनुदान सम्झौता

३ माघ, काठमाडौँ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि आज अर्थ मन्त्रालयमा […]

मुख्‍य समाचार समाचार समाज

केयूकेएलले यसरी वितरण गर्दैछ मेलम्ची पानी (तालिकासहित)

३ माघ, काठमाडौं । सोमबारदेखि काठमाडौंमा मेलम्ची पानी पुनः वितरण सुरु भएसँगै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पानी वितरण तालिका सार्वजनिक गरेको छ । बुधबारदेखि लागु हुने गरी केयूकेएलले नयाँ तालिका ल्याएको हो । केयूकेएलका उपप्रबन्धक उमेश मरहठ्ठाले पुराना धाराबाट नै मेलम्चीको पानी र केयूकेएलको धारामार्फत नियमित पानी वितरण हुने गरी तालिका सार्वजनिक गरिएको […]

मुख्‍य समाचार समाचार समाज

कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा हिमपात

३ माघ, इलाम । इलामका उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात भएको छ । केही क्षेत्रमा वर्षासँगै हिमपात भएको हो । जिल्लाका पर्यटकीयस्थल सन्दकपुर गाउँपालिका, माईजोगमाई गाउँपालिका, सूर्योदय नगरपालिका तथा देउमाई नगरपालिकाको माथिल्ला क्षेत्रमा मङ्गलबार साँझदेखि नै हिउँ पर्न थालेको छ । देउमाई नगरपालिकाको राँकेलगायत क्षेत्रमा हिउँ परेपछि सवारी साधन सञ्चालनमा समस्या भएको छ । हिमपातका […]

मुख्‍य समाचार समाचार समाज

वित्तीय उत्तरदायित्व ऐन संशोधन गर्न अध्यादेश ल्याउने सरकारको निर्णय

३ माघ, काठमाडौं । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सो ऐन संशोधन गर्न लागि बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा १२४ को उपधारा (१) ले सरकारले संसद अधिवेशन चालु नभएका बेला […]

अर्थ मुख्‍य समाचार समाचार समाज

पाथीभरामा एक महिनाको भेटी ३५ लाख

३ माघ, फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ । पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनका अनुसार पुसमा मात्र कूल रु ३५ […]

मुख्‍य समाचार राजनीति

सांस्कृतिक संस्थानको महाप्रबन्धक किरणबाबु पुन नियुक्त

३ माघ,काठमाडौं । सरकारले सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा किरणबाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले पुनलाई सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्ति गर्ने निर्णय गरेको हो ।

मुख्‍य समाचार समाचार समाज

गंगालालको कार्यकारी निर्देशकमा डा. मल्ल नियुक्त

३ माघ, काठमाडौं । शहीद गंगागाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा. रवि मल्ल नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले डा. मल्ललाई केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । डा. चन्द्रमणि अधिकारीको कार्यकाल सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले ११ पुसमा डा. मल्ललाई निमित्त निर्देशकको […]

मुख्‍य समाचार समाचार समाज

थारू संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’

३ माघ, कञ्चनपुर । कञ्चनपुरमा थारू समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारू समुदायको महत्वपूर्ण पर्व माघीका अवसरमा थारू बहुल गाउँहरुमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो । स्थानीय तहहरुले उक्त कार्यक्रमलगायत संस्कृति जोगाउन योगदान पुर्‍याउने अन्य कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेटको व्यवस्था गर्दै […]