३१ श्रावण २०८३, आईतवार
अर्थ गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

सुनजस्तै तनहुँका सुन्तला

९ माघ, दमौली । तनहुँको म्याग्दे गाउँपालिका-२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु ७५ लाख आम्दानी गरे । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उनले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । गाउँको भिरालो जग्गालाई सदुपयोग गरी सुन्तला खेती गर्नुभएका अधिकारीको सुन्तला बगैँचामा एक हजार तीन सयभन्दा बढी बोट छन् । सबैभन्दा […]

मुख्‍य समाचार समाचार समाज

थारू गाउँका बडघर भल्मन्सा नेतृत्वमा महिला न्यून

९ माघ, टीकापुर । कैलालीका थारू गाउँमा माघीपर्व सकिएपछि अहिले खोज्नी बोज्नी भेलाले गाउँमा बडघर र भल्मन्सा चयन गरिरहेका छन् । गाउँको नेतृत्व गर्ने मानिस गाउँमा भेला आयोजना गरी चयन गर्ने चलन छ । यसरी खोज्नी बोज्नी भेलाले नेतृत्व चयन गर्दा महिलाहरू भने नेतृत्वमा खासै पुग्न सकेका छैनन् । जानकी–७ की रामकुमारी चौधरीले बडघर तथा […]

मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

९ माघ, काठमाडौँ ।  यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्ने यस निर्वाचनमा माघ ११ गते बिहान ९ देखि अपराह्न ३ बजेसम्म सम्बन्धित प्रदेशको तोकिएका मतदानस्थल तथा मतदान केन्द्रमा मतदान हुनेछ […]

समाचार समाज

चिसो बढेपछि सगरमाथा क्षेत्रमा घटे पर्यटक

  ९ माघ, सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङका फुडोमा शेर्पालाई यस वर्षको हिउँद निकै सुनसान लागेको छ । विगत वर्षका चिसो मौसममा पर्यटकको चहलपहल सामान्य भएकामा यस वर्षको हिउँद सुनसानजस्तै बनेको अनुभव उनमा छ । ‘पोहोर त पुसमै पनि अहिलेभन्दा अलि बढी पर्यटक आएका थिए, यस वर्षको हिउँदमा त धेरै आएनन्, खै […]

राजनीति

एमालेले सरकारलाई बुझायो ७५१ बुँदे माग

९ माघ, काठमाडौं । । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ७५१ बुँदे मागसहितको ध्यानाकर्षण पत्र सरकारलाई बुझाएको छ । गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म गरिएको संकल्प यात्राको क्रममा स्थानीयबाट प्राप्त भएका सुझाव सम्बोधन गर्न माग गर्दै एमालेले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण पत्र बुझाएको हो । ध्यानाकर्षण पत्र बुझाउन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको […]

अन्तर्राष्ट्रिय समाचार समाज

अयोध्यास्थित मन्दिरमा रामको मूर्ति अनावरण, पाकिस्तानद्वारा विरोध

८ माघ, काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार अयोध्याको श्री राम जन्मभूमि मन्दिरमा राम लल्लाको मूर्ति अनावरण गरिएको छ । मन्दिरको गर्भगृहमा भएको प्राण प्रतिष्ठा समारोहमा प्रधानमन्त्री मोदीले अनुष्ठानको नेतृत्व गरेका थिए । गहिरो भक्तिभावको वातावरणमा समारोहको आयोजना भएको हो । रामको मूर्ति अनावरण हुनेबित्तिकै भारतीय वायु सेना (आइएएफ) का हेलिकप्टरहरूले अयोध्यामा श्री […]

मुख्‍य समाचार समाचार समाज

भोलिदेखि न्यूरोड क्षेत्र सडकमा ‘नो पार्किङ’

८ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि मंगलबारदेखि न्यूरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्यूरोड क्षेत्रमा ‘नो पार्किङ’ गर्ने जनाएको हो । काठमाडौं टावरमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने […]

अर्थ मुख्‍य समाचार समाचार समाज

८ माघ, धरान । केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरकारुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् । धरानवासीको फूल र बिरुवाप्रतिको लगावका कारण कसैले यसलाई बगैँचाको सहर पनि […]

मुख्‍य समाचार समाचार समाज

मेडिकल काउन्सिलकै कीर्ते कार्ड बनाएर बिरामी जाँच्ने नक्कली डाक्टर !

८ माघ, काठमाडौं । नेपाल मेडिकल काउन्सिलको वेवसाइटमा एनएमसी नम्बर ९६७० राखेर खोजी गर्दा गोरखाकी एक जना एमबीबीएस डाक्टरको नाम आउँछ । तर, यही नम्बरको कार्ड बोकेर शम्बुद्ध भट्टाचार्यले कम्तीमा ३ वर्षदेखि बिरामी जाँचिरहेका थिए । उनीसँग त्रिवि शिक्षण अस्पताल, महराजगञ्जको कन्सल्ट्यान्ट फिजिसियन भएको कार्ड पनि छ । तर, अस्पतालमा काम कहिल्यै गरेका छैनन् । […]

समाचार समाज

रामको ससुराली जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन

८ माघ, धनुषामा।राम मन्दिरको प्राण प्रतिष्ठामा जनकपुरको जानकी मन्दिरमा सावा लाख दीप प्रज्वलन गरिएको छ । जनकपुरधामसहित मधेशको घरघरमा दीपावली गरि खुसी मनाइँदै छ । भारत उत्तर प्रदेशस्थित अयोध्यामा सोमबार राममन्दिरको प्राण प्रतिष्ठा गरिएको खुशियाली जनकपुरधाममा पनि मनाइएको छ । रामको ससुराली र जानकीको माइतको रुपमा रहेको जनकपुरमा जानकी मन्दिरसहित विभिन्न धार्मिक संघसंगठनले उत्सव मनाउँदै […]

मुख्‍य समाचार समाचार समाज

खाद्य प्रविधि कार्यालय हेटौंडाका प्रमुख कुटिए

७ माघ हेटौंडा । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा. क्षतिज श्रेष्ठमाथि कुटपिट भएको छ । कार्यकक्षमै रहेका बेला श्रेष्ठमाथि आइतबार दिउसो कुटपिट भएको हो । कार्यालय सहयोगी शोभा पोडेका श्रीमान रमेश पोडेले श्रेष्ठमाथि कुटपिट गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । आफूमाथि कार्यकक्षमै कुटपिट भएको भन्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. […]

मुख्‍य समाचार समाचार समाज

अयोध्यामा राम मन्दिरको उद्घाटन, नेपालमा उल्लास

८ माघ, धनुषा । मधेस प्रदेशको राजधानी जनकपुरधामबाट पाँच सय किलोमिटर टाढा रहेको भारतको अयोध्यामा राम मन्दिरको आज उद्घाटन भइरहँदा मधेससहित नेपालभरि नै उल्लासमय वातावरण बनेको छ । आज भारतको अयोध्यामा राम मन्दिरको स्थापना र रामललाको प्रतिमालाई प्राण प्रतिष्ठा दिइने चर्चा विषय बनेको छ । यति खेर जताततै चर्चाको प्रमुख विषय नै राम मन्दिरको उद्घाटन […]