२ चैत्र २०८२, सोमबार
राजनीति

६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

१९ भदौ, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ । महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो । ३ साउनमा राजश्व अनुसन्धान विभागले सुन […]

गण्डकी प्रदेस समाचार

पोखरा महानगरले हटायो बसपार्कका ग्यारेज

१९ भदौ, पोखरा । पोखरा महानगरपालिकाले बसपार्कको जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द गरिदिएको छ । एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन आग्रह गरे पनि अटेर गरेकाले बन्द गराएको महानगरपालिकाले जनाएको छ । ‘बसपार्कको क्षेत्रमा बनेका ग्यारेज, मेटल सेन्टरहरुले ठूलो क्षेत्रफल खाएका थिए । गाडीहरु मर्मत […]

१३ निर्माण कम्पनी सरकारको कालो सूचीमा

१९ भदौ, काठमाडौं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा […]

प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति

सांसद यादव पक्राउबारे मधेश प्रदेश सभाले जानकारी गरायो

१९ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्धसिंह यादव पक्राउ परेको बारे मधेश प्रदेश सभा सचिवालयले सूचना जारी गरी जानकारी गराएको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले एक सूचना जारी गर्दै सोमबार साँझ प्रदेश सांसद यादव पक्राउ परेको सूचना जारी गरेका हुन् । ‘… निज अनिरूद्ध सिंह यादवलाई प्रस्तुत मुद्दाको सन्दर्भमा कानुन […]

खेलकुद

नेपाल एसिया कपमा भारतसँग १० विकेटले पराजित

१८ भदौ, काठमाडौं । भारतसँग १० विकेटको पराजयसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ । सोमबार वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भेट्टायो । भारतका ओपनर कप्तान रोहित शर्मा ७४ र सुभमन गिल ६७ रनमा नट आउट रहे । टस हारेर नेपालले पहिले ब्याटिङको निम्तो […]

खेलकुद

नेपाल र भारतबीचको खेल सुरु, भारतलाई १४५ रनको नयाँ लक्ष्य

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीचको खेल सुरु भएको छ । वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् । खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ । पहिले ब्याटिङ गरेको नेपालले २३१ रनको लक्ष्य दिएको थियो […]

खेलकुद

नेपाल र भारतबीचको खेल १०:३५ भित्र सुरु हुनैपर्ने, नभए स्थगित

१८ भदौ, काठमाडौं । एसिया कपमा नेपाल र भारतबीच वर्षाले अवरुद्ध खेल नेपाली समय अनुसार १०:३५ भित्र सुरु हुनैपर्ने भएको छ । २० ओभर खेल खेलाउन १०:३५ भित्र खेल सुरु भइसक्नुपर्ने अन्यथा खेल स्थगित हुने आधिकारिक घोषणा गरिएको छ । त्यसअघि नेपाली समय अनुसार १०:१५ बजे मैदानको निरीक्षण हुनेछ । श्रीलंकाको पाल्लिकेलेमा टस हारेर पहिले […]

खेलकुद

भारतविरुद्ध नेपालको शानदार ब्याटिङ, दियो २३१ रनको लक्ष्य

१८ भदौ, काठमाडौं । नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए […]

मुख्‍य समाचार साहित्य/ समाचार

कांग्रेसको बीपी साहित्य महोत्सव तयारी समितिमा कविदेखि नेतासम्म

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते मनाउने बिपी साहित्य महोत्सवका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी समिति गठन गरेको छ । समितिमा कवि तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, डा. शैलेन्द्रप्रकाश नेपाल, राजेन्द्र पराजुली सदस्य छन् । त्यस्तै पुष्पा भुसाल, मीन विश्वकर्मा, […]

खेलकुद

भारतविरुद्ध नेपालले पूरा गर्‍यो १०० रन

१८ भदौ, काठमाडौं । एसिया कपमा भारतविरुद्ध नेपालले सय रन पूरा गरेको छ । २१ ओभरमा ३ विकेट गुमाउँदै नेपालले सय रन पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि पहिलो विकेटका लागि कुशल भुर्तेल र आसिफ शेखले राम्रो साझेदारी गरेका थिए । भुर्तेलले ६ छक्का र तीन चौकासहित २५ बलमै ३८ […]

राजनीति

संघीय निजामती विधेयक भोलि पारित गरेर संसद पठाउँछौं : प्रधानमन्त्री

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले भोलि बस्ने मन्त्रिपरिषद बैठकले विधेयक पारित गरी संसदमा पेश गर्ने सम्भावना रहेको बताए । संघीय निजामती सेवा विधेयक ल्याउन ढिला भएको स्वीकार गर्दै प्रधानमन्त्री प्रचण्डले भने, […]

बैंक–वित्त

एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित

१८ भदौ, काठमाडौं । एक सातापछि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । सोबार बसेको राष्ट्रिय सभाको बैठकमा ‘संविधान अनुसार बन्न बाँकी कानुनहरुको अध्ययन प्रतिवदन २०८०’ प्रस्तुत भयो । प्रस्तुत प्रतिवेदनलाइ सभाले सर्वसम्मत रुपमा स्वीकृत गर्‍यो । साथै उक्त प्रतिवेदनमाथि राष्ट्रिय सभामा सोमबार नै छलफल भयो । छलफलमा १० जना सांसदले भाग लिए […]