७ जेष्ठ २०८१, सोमबार
मुख्‍य समाचार साहित्य/ समाचार

कांग्रेसको बीपी साहित्य महोत्सव तयारी समितिमा कविदेखि नेतासम्म

१८ भदौ, काठमाडौं । नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते मनाउने बिपी साहित्य महोत्सवका लागि सहमहामन्त्री बद्री पाण्डेको संयोजकत्वमा ३७ सदस्यीय मूल तयारी समिति गठन गरेको छ ।

समितिमा कवि तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ, डा. नवराज लम्साल, डा. रत्नमणि नेपाल, डा. शैलेन्द्रप्रकाश नेपाल, राजेन्द्र पराजुली सदस्य छन् । त्यस्तै पुष्पा भुसाल, मीन विश्वकर्मा, डा. डिला संग्रौला, योगेन्द्र चौधरी, मधु आचार्य, मदनबहादुर अमात्य, अब्दुल सतार, नैनसिंह, राजीव ढुंगाना, दिलमान पाख्रिन, प्रकाश रसाइली, रंगमती शाही पनि सदस्य छन् ।

त्यस्तै हरिशरण नेपाली, प्रा. डा. गोविन्दराज पोखरेल, नानु बास्तोला, नृपबहादुर वड, विद्यादेवी तिमल्सिना, उर्मिला थपलिया, इन्द्रबहादुर बानियाँ, दुर्लभ थापा, सवुज बानियाँ, जितेन्द्र श्रेष्ठ पनि सदस्य रहेका छन् ।

त्यस्तै सन्ध्या पहाडी, सोझो गाउँले, मनोजमणि आचार्य, डिल्लीराम सुवेदी, प्रकाश लामिछाने, तीर्थबहादुर थापा, गोकुल लिम्बु परशुराम पोखरेल र प्रताप पौडेल पनि सदस्य छन् ।

महोत्सवमा पहिलो दिन बीपीको साहित्य सिर्जना र जीवन दर्शन, दोस्रो दिन माक्र्स, गान्धी र बिपीको बारेमा चर्चा गर्ने र तेस्रो दिन बिपीको समाजवादमा शिक्षा कस्तो हुन्थ्यो होला भन्नेबारेमा प्रस्तुति हुने कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

पहिलो दिन कविता साँझ, दोस्रो दिन गजल साँझ र तेस्रो दिन सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, हाइज्याक फर डेमोक्रेसी, वीर गणेशमान र तीन घुम्तीका वृत्त प्रदर्शनी हुने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै पार्टीका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको राजनीतिमा विचारलाई केन्द्रमा राख्नेगरी साहित्य महोत्सव गरेको बताए । उनले राजनीतिमा देखिएका गलत संस्कृतिको अन्त्य र असल संस्कृतिमा सिंगै राजनीतिलाई अभिमुख गराउने उद्देश्यले महोत्सव गर्न लागिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्