३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी

९ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छाड्ने तयारी प्रहरीले गरेको छ । महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउने तयारी गरिएको सीआईबीका एक अधिकृतले अनलाइनखबरलाई बताए । प्रहरी कपिलवस्तुबाट महरालाई ५ चैतमा पक्राउ गरेर काठमाडौं ल्याएको थियो । […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौं उपत्यकामा शुद्ध खानेपानीको सास्ती उस्तै

९ चैत, काठमाडौँ । ‘एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,’ काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्छन् । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि पालो नआएपछि उनी भन्छन्, ‘मेलम्ची आयो, घरबेटीका लागि ।  डेरामा बस्नेका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कृष्णबहादुर महराको बयान सकियो

९ चैत, काठमाडौं । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान सकिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं दुबैले महराको बयान सकाएका छन् । सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले महराको बयान सकिएको अनलाइनखबरलाई बताए । ‘सरकारी वकिल कार्यालय र […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

आईपीएल आजदेखि, चेन्नई र बेंगलुरू भिड्दै

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ आजदेखि भारतमा सुरु हुँदैछ । १७ औं संस्करणको आईपीएलको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८ : १५ मा सुरु हुनेछ । यस सिजनदेखि महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्नेछैनन् । आईपीएलको सर्वाधिक सफल टोली चेन्नई धोनीको […]

मुख्‍य समाचार समाचार समाज

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल हो: उपप्रधानमन्त्री श्रेष्ठ

९ चैत, लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन् । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताए। उनले विश्वशान्ति […]

खेलकुद मुख्‍य समाचार

फिफा विश्वकप छनोट : नेपाल बहराइनसँग ५-० गोलले पराजित

९ चैत, काठमाडौँ । बहराइनमा भएको फिफा ‘विश्वकप २०२६’ छनोट र ‘एएफसी एशियन कप २०२७’ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल बहराइनसँग फराकिलो गोल अन्तरले पराजित भएको छ । बहराइनको रिफास्थित बहराइन राष्ट्रिय फुटबल मैदानमा आज बिहान भएको खेलमा बहराइनसँग नेपाल ५–० गोल अन्तरले पराजित भएको हो । यो जितसँगै बहराइनले प्रतियोगितामा दोस्रो जित […]

मुख्‍य समाचार समाचार समाज

नेपाल प्रहरीमा एसपीका ८ पद १० महिनादेखि रिक्त

९ चैत, काठमाडौं । प्रहरी नियमावली २०७१ को दफा २६ अनुसार पद रिक्त रहेको मितिले तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने हुन्छ । दफा २६ मा लेखिएको छ, ‘(१) नियम ९ बमोजिम प्रतिशत निर्धारण भई बढुवाद्वारा पदपूर्ति गर्न लेखी आएको मितिले तीन महिनाभित्र बढुवा समितिले पदपूर्ति गरिसक्नु पर्नेछ ।’ प्रहरी नियमावलीमै प्रष्ट रुपमा तीन महिनाभित्र बढुवा गरिसक्नुपर्ने […]

मुख्‍य समाचार समाचार समाज

सिडिओले मिडियाको निगरानी गर्ने निर्देशनबाट पछि हट्यो गृह मन्त्रालय

८ चैत, काठमाडौं । गृह मन्त्रालयले आमसञ्चार माध्यमका विषय निगरानी र कारबाही चलाउन प्रमुख जिल्ला अधिकारीहरुलाई गरेको परिपत्र सच्याएको छ । ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई बिहीबार पठाएको परिपत्रमा अनलाइन तथा छापा सञ्चार माध्यमको अनुगमन र कारबाही गर्न जिल्ला प्रशासन कार्यालयमा डेस्क राख्ने उल्लेख थियो । तर उक्त परिपत्र सार्वजनिक भएसँगै विरोध सुरु भएको थियो […]

मुख्‍य समाचार समाचार समाज

भामुख घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान

८ चैत, काठमाडौं । सभामुख देवराज घिमिरे नेतृत्वको टोली स्वीजरल्याण्ड प्रस्थान गरेको छ । संघीय संसद सचिवालयका अनुसार उनीहरु अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४८ औं महासभामा सहभागी बिहीबार स्वीजरल्याण्ड प्रस्थान गरेका हुन् । आईपीयू प्रधान कार्यालय कार्यालय स्वीजरल्याण्डको जेनेभामा छ । टोलीमा सभामुख घिमिरेसहित सांसदहरु रमेश लेखक, महेश कुमार बर्तौला, हितराज पाण्डे, सन्तोष परियार र […]

मुख्‍य समाचार समाचार समाज

राष्ट्रिय भूमि आयोग खारेज

८ चैत , काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोग खारेज गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३० भदौ २०७८मा सरकारले कांग्रेससम्बद्ध नेपाल शिक्षक संघका पूर्व अध्यक्ष केशव निरौलाको अध्यक्षतामा आयोग गठन गरेको थियो । त्यसअघि तत्कालीन सरकारले एमाले नेता देवी ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी समस्या […]

मुख्‍य समाचार समाचार समाज

अनलाइन न्‍यूज पोर्टल र सामाजिक सञ्जालको अनुगमन गर्नू

८ चैत, काठमाडौं । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई जिल्ला प्रशासन कार्यालयहरुमार्फत गर्नुपर्ने कामबारे ६८ बुँदे निर्देशन जारी गरेको छ । जिल्लामा शान्ति सुरक्षा, सेवा प्रवाह, सुशासन, नियमन, समन्वय र सहजीकरण गर्नुपर्ने विषयमा सक्रिय भूमिका निर्वाह गरी सरकारप्रति नागरिकको भरोसा अभिवृद्धि गर्न भन्दै ११ वटा क्षेत्रसम्बद्ध निर्देशनहरु दिइएको हो । गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार […]

मुख्‍य समाचार समाचार समाज

जाडो छल्न नेपाल आएका पर्यटक चरा फर्किए

८ चैत, मोरङ । विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि रूसलगायत मुलुकबाट जाडो छल्न नेपाल आएका  चरा फर्किएका छन् । चैत सुरुदेखि पर्यटक चरा फर्किने गर्दछन् । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने जनाउँदै चैत लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले […]