चलचित्र छायांकनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिको रुपान्तरण
२५ भदौ, काठमाडौँ । अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेका छन् । नेपालमा चलचित्रका क्षेत्रमा डिजिटल प्रविधिको सुरुआत भूषण दाहालले निर्देशन गरेका ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन गर्नुभएको ‘सानो संसार’ बाट भएको हो । यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । […]











