२९ श्रावण २०८३, शुक्रबार
खेलकुद मुख्‍य समाचार

आईपीएलमा गिललाई १९ लाख जरिवना

एजेन्सी – गुजरात टाइन्सका युवा कप्तान शुभमन गिललाई इन्डियन प्रिमियर लिग (आईपील) २०२४ मा १९ लाख २४ हजार रुपैयाँ ( १२ लाख भारु) जरिवना लागेको छ । मंगलबार राती चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ निर्धारित समय भन्दा १ ओभर ढिलो सकिएपछि स्वलो ओभर रेटमा पर्दै कारबाहीमा परेका हुन् । गिलले आईपीएलमा पहिलो पटक कप्तानी गरेका छन् […]

अर्थ मुख्‍य समाचार समाचार समाज

अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

१४ चैत, फिक्कल । पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो । किसानले व्यावसायिकरुपमा अदुवाखेती गरी मनग्य आम्दानी गर्न सफल भएका छन् । परम्परागत शैलीको अदुवाखेतीबाट आधुनिकीकरण हुन थालेपछि उत्पादन र आम्दानीमा वृद्धि भएको किसानको भनाइ छ । इलामको फाकफोकथुम गाउँपालिका–४ फुएतप्पाका […]

मुख्‍य समाचार समाचार समाज

रानाथारू बस्तीमा होलीको उल्लास

१४ चैत,  कञ्चनपुर ।  परम्परागत थारू पहिरनमा सजिएका बालबालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् । दुई समूहमा रहेका उनीहरु छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् । त्यहीबीचमा एकजना ढोल पिट्दै छन् । गोलघेरामा रहेका महिला र पुरुषले होली गीत गाउँदैछन् । यो कञ्चनपुरको भीमदत्त नगरपालिका–१६ नयाँ कटानमा देखिएको रानाथारू समुदायको होलीको दृश्य हो । अन्य […]

अर्थ मुख्‍य समाचार समाचार समाज

चैते धानखेतीतर्फ झापाका किसान आकर्षित

१४ चैत, भद्रपुर । धानको मूल्यमा वृद्धि भएसँगै चैते धानखेतस्तर्फ झापाका किसान आकर्षित भएका छन् । विगतको तुलनामा यो वर्ष धानको मूल्यमा प्रतिक्विन्टल रु एक हजारले वृद्धि भएपछि किसानको आकर्षण बढेको हो । जिल्लामा विगतमा रु तीन हजार दुई सय ५० प्रतिक्विन्टल मूल्य कायम भएको धान हाल रु चार हजार दुई सय ५० प्रतिक्विन्टल रहेको […]

मुख्‍य समाचार समाचार समाज

तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

१४ चैत, तनहुँ । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा रु २१ करोड ६८ लाख ४८ हजारको लागतमा पक्की पुल निर्माण भएको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ । देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको […]

मुख्‍य समाचार समाचार समाज

मौसम अझै ३ दिन बदली हुने, पश्चिमी भेगमा वर्षाको सम्भावना

१४ चैत, काठमाडौँ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अझै तीन दिनसम्म चट्याङ्सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आजदेखि सुदूरपश्चिम र मध्यपश्चिमका पहाडी क्षेत्रमा बदली भई सामान्य वर्षा हुने सम्भावना छ । महाशाखाका मौसमविद् सरोज पुडासैनीले विभिन्न प्रदेशका पहाडी भेगमा वर्षा तथा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सुदूरपश्चिम र लुम्बिनी सरकारबारे निर्णय लिन नाउपाका संस्थापक र सांसदहरूको बैठक धनगढीमा

१४ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सङ्घीय सरकारमा सहभागितासहित सुदूरपश्चिम र लुम्बिनी प्रदेश सरकारबारे निर्णय लिन  बैठक बसिरहेको छ । पार्टी कार्यालय अनामनगरमा अहिले नाउपाका संस्थापक र सांसदहरूको बैठक जारी रहेको पार्टीकी अध्‍यक्ष  रञ्जिता चौधरीले  जानकारी दिइन् ।  उनका अनुसार आज बिहान नौ बजे २१ जना संस्थापकहरू छलफलमा जुटिरहेका छन् । बैठकले सङ्घीय […]

खेलकुद मुख्‍य समाचार

आईपीएलमा चेन्नईको लगातार दोस्रो जित

१४ चैत, काठमाडौं । साविक विजेता तथा पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले सानदार ब्याटिङ प्रदर्शनका साथ इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा लगातार दोस्रो जित हात पारेको छ । घरेलु टोली चेन्नईले मंगलबार राति सम्पन्न खेलमा गुजरात टाइटन्सलाई ६३ रनले हरायो । २०६ रनको विजयी लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १४३ […]

मुख्‍य समाचार समाचार समाज

२३ निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा (सूचीसहित)

१४ च‌ैत, काठमाडौं । सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न २३ वटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। ठेक्का लिएर समयमा काम नगरेको भन्दै विभिन्न सार्वजनिक निकायहरूको सिफारिसमा कार्यालयले २३ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो। कार्यालयले केही निर्माण कम्पनीहरूलाई तीन वर्षसम्म कालोसूचीमा राखेको छ। दिपायलको आई.एस.कन्स्ट्रक्सन प्रा.लिलाई सुदूरपश्चिम प्रदेश सरकारको आन्तरिक मामिला तथा […]

मुख्‍य समाचार समाचार समाज

मदन भण्डारी राजमार्गको सिमलटारी-सौतामारे-मच्छी सडक निर्माण सुस्त

१४ चैत, गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गते सिमलटारी सौतामारे-मच्छी-सडक कालोपत्रेको काम सुस्त भएको छ । सडकको १६ किलोमिटर क्षेत्रअन्तर्गत सौतामारेसम्म अहिले निर्माण कार्य भइरहेको छ । सिमलटारीदेखि सौतामारेसम्म सडक स्तरउन्नतिसँगै कालोपत्रेको काममा ढिलासुस्ती भएको हो । सडक निर्माण कार्य सुरु गरेको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि चैतको पहिलो सातासम्म २० प्रतिशत मात्रै काम सम्पन्न […]

अर्थ मुख्‍य समाचार समाचार समाज

उद्योगहरूमा दैनिक १० घण्टासम्म अघाेषित लोडसेडिङ, मरमा उद्योगी

१३ चैत, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विगत अढाई महिनादेखि अघोषित लोडसेडिङ गरिरहेको छ । गत माघको पहिलो सातादेखि उद्योगहरूमा दैनिक ८ देखि १० घन्टासम्म अघोषित रूपमा लोडसेडिङ भइरहेको उद्योगीहरूले बताएका छन् । पूर्वको विराटनगरदेखि पश्चिमको नेपालगञ्जसम्मका उद्योगहरूमा प्राधिकरणले लोडसेडिङ गरिरहेको उद्योगीहरूको भनाइ छ । तर, विद्युत् प्राधिकरणले लोडसेडिङको तालिका भने निकालेको छैन […]

कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

कर्णाली नदीमा बेपत्ता युवकको खोजी स्थगित, हाम फालेका ६ जना प्रहरीको नियन्त्रणमा

१३ चैत, धनगढी । सोमबार दिउँसो सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानीस्थित कर्णाली पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका युवकको खोजी कार्य स्थगित गरिएको छ । कर्णाली नदीमा बेपत्ता भएका लम्कीचुहा नगरपालिका–३ का ३० वर्षीय लोकेन्द्र शाहीको मंगलबार दिनभर खोजी गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोली र स्थानीय समेतले शाहीको खोजी गरेपनि उनी […]