२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

१४ चैत, छोनछिन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नाउपा संसदीय दलका नेता भन्छन् : सुदूरपश्चिम सरकारलाई समर्थन कायमै रहन्छ

१४ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) काे संस्थापक केन्द्रीय समितिकाे बैठकले प्रदेशमा पनि हालको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेलगत्तै सुदूरपश्चिम प्रदेश संसदीय दलले उक्त निर्णय अस्वीकार गर्ने बताएको छ । प्रदेश स‌ंसदीय दलका नेता घनश्याम चाैधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई दिएकाे समर्थन कायमै रहेकाे बताउँदै संस्थापक केन्द्रीय कमिटिकाे निर्णय स्वीकार नहुने बताएका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार समाज

इलाम–२ मा रास्वपाबाट उम्मेदवार बन्न ६ जनाले दिए निवेदन

१४ चैत, काठमाडौं । इलाम–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्न ६ जनाले निवेदन दिएका छन् । गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रबहादुर थापा, मानबहादुर घिमिरे, मिलन लिम्बु र डा. भेषरमण न्यौपानेले निवेदन दिएका हुन् । ६ जना मध्येबाट पार्टी विधानको धारा–७१ बमोजिम प्रारम्भिक निर्वाचन हुने रास्वपा केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । प्रारम्भिक उम्मेदवारमाथि […]

मुख्‍य समाचार समाचार समाज

ललितपुरको महालक्ष्मीस्थानमा महिलाको शव भेटियो

१४ चैत, काठमाडौं । ललितपुरको महालक्ष्मीस्थानमा एक जना महिलाको शव भेटिएको छ । एउटा होटलमा काम गर्ने महिला मृत अवस्थामा भेटिएको खबर आएपछि जिल्ला प्रहरी परिसर, ललितपुरको टोली घटनास्थलमा पुगेको एसएसपी शेखर खनालले बताए । उनका अनुसार, शव केही दिनअघिबाटै त्यहाँ रहेको जस्तो देखिएको छ । ‘एउटा कोठा भाडामा लिएर बस्नुभएको रहेछ, दुई÷चार दिन अगाडि […]

मुख्‍य समाचार राजनीति

परम्परागत होइन, उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्नुस् : प्रधानमन्त्री प्रचण्ड

१४ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको स्रोत अनुमानसम्बन्धी बैठकमा उहाँले जनतामा आशा जगाउने गरी उत्पादन र रोजगार केन्द्रित बजेटको तयारी गर्न निर्देशन दिएका हुन् […]

मुख्‍य समाचार समाचार समाज

बागलुङमा प्रहरी चौकीका आफ्नै भवन छैनन्

१४ चैत, ढोरपाटन ।  खिया लागेका जस्तापाता, उप्किएका भित्ता, धमिराले छियाछिया भएका झ्याल ढोका । छानामा ढुङ्गाहरुले प्लास्टिक अठ्याइएको छ । यो दृश्य मालढुङ्गा प्रहरी चौकीको हो । बागलुङ जिल्ला प्रवेशद्वार छेउमै रहेको यो प्रहरी चौकी निकै साँघुरो र जीर्ण छ । पानी पर्दा चहिने र हावाहुरी चल्दा छानो नै उडाउने समस्याले यहाँ बस्ने प्रहरी आजित […]

मुख्‍य समाचार समाचार समाज

सुनकोशीमा बेपत्ता भएका थप २ बालबालिकाको शव भेटियो

१३ चैत, काठमाडौं । सुनकोशीमा बेपत्ता भएका थप २ जना बालबालिकाको शव भेटिएको छ । धाप्लाङ घाटभन्दा केही करिब १ किलोमिटर तल थप ८ वर्षीय चोकलचन्द्र मगर र ११ वर्षीया रेखा मगरको शव उत्रिएको अवस्थामा भेटिएको सशस्त्र प्रहरीको बराह बाहिनीका डीआईजी अन्जनीकुमार पोखरेलले बताए । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ । मंगलबार ९ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

प्रदेशमा पनि सत्ता गठबन्धनलाई समर्थन गर्ने नाउपाकाे रञ्जिता पक्षको निर्णय

१४ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले एमाले-माओवादी र रास्वपासहितको गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । बुधबार नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यको बैठकले संघ र प्रदेश सरकारमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । संस्थापक केन्द्रीय सदस्य रमेश बिकले सबै तहको सरकारमा सत्ता गठबन्धनलाई समर्थन गरेर […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारी प्रकरणमा मेरो नाम बाहेक केही छैन

१४ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा आफ्नै संलग्नता नभएको दाबी गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए । जवाफ दिने क्रममा गृहमन्त्री लामिछानेले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सहकारीमा रवि लामिछानेको तथ्य प्रमाण भेटिएन : आईजीपी कुँवर

१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले सहकारी अनियमितामा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता नभेटिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले केही सहकारीको रकम ग्यालेक्सी टीभीमा गएको र त्यसमा रवि लामिछाने नामको व्यक्ति जोडिएको भन्दै प्रश्न गरेका थिए । जवाफ दिने […]

आईजीपीको स्पष्टीकरण : अनुसन्धानमा सहयोग नगर्ने देखेपछि महरालाई पक्राउ गर्‍यौं

१४ चैत, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा आईजीपी कुँवरले सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गएको बताए । महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उनले […]

मुख्‍य समाचार समाचार समाज

आदिवासी महोत्सवमा पहिचान झल्कने नमूना घर

१४ चैत, चितवन । चितवनको भरतपुरस्थित नारायणी नदी किनारमा एउटा चिटिक्क मिलेको सानो गाउँ छ । त्यहाँ विभिन्न ११ आदिवासी जनजातिका मौलिक परम्परागत घर छन् । उक्त गाउँमा आजभोलि दैनिक मानिसको भीड लाग्ने गरेको छ । त्यो वास्तविक गाउँ नभई आदिवासी जनजाति सांस्कृतिक तथा व्यापारिक मेलाका लागि नारायणी नदी किनारमा निर्माण गरिएका विभिन्न जातजातिका पहिचान […]