३० श्रावण २०८३, शनिबार
मुख्‍य समाचार समाचार समाज

इटहरीमा भैँसी प्रतियोगिता, चन्द्रबहादुर बस्नेतको भैँसी प्रथम

१२ चैत, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिकामा भैँसी प्रतियोगिता सम्पन्न भएको छ । वर्षेनि भैँसीपालक किसान घट्दै गएपछि भैँसीपालनतर्फ आकर्षित गर्ने उदेश्यका साथ इटहरीमा भैँसी प्रतियोगिता सम्पन्न गरिएको हो । भैँसीपालन गर्दै आएका किसान अन्य पशुपालनतर्फ परिवर्तन हुन थालेपछि भैँसीपालक किसानलाई प्रोत्साहन गर्नका लागि प्रतियोगिता गरिएको आयोजक संस्थाका सचिव राजन धमलाले जानकारी दिए । इटहरीमा […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

अष्ट्रेलियाको आवेदनमा कडाइ, १७ प्रतिशतले बढ्यो खर्च

१२ चैत, काठमाडौं । अष्ट्रेलियाले पछिल्लो समय विद्यार्थी भिसामा आउनेहरुलाई कडाइ गरेको छ । अष्ट्रेलियाको गृह मन्त्रालयले २४ मार्च २०२४ देखि लागु हुनेगरी भिसासम्बन्धी नियममा परिवर्तन गरेको छ । गृह मन्त्रालयले भिसा दिँदा यसअघि आर्थिक पक्षलाई प्राथामिकता दिँदै आएकामा अब विद्यार्थीको शैक्षिक पक्षलाई प्राथामिकता दिने जनाएको छ । यसअघिको ‘जेन्युन टेम्प्रोररी इन्ट्रान्ट’(जीटीई) खारेज गर्दै सरकारले […]

मुख्‍य समाचार समाचार समाज

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधि

१२ चैत, जनकपुरधाम। यस वर्षको महामूर्ख सम्मेलनमा मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डललाई महामूर्खको उपाधिले सम्मानित गरिएको छ । जनकपुरधामको मिथिला नाट्यकला परिषद्ले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलनमा होली पर्वको अवसरमा मिनापले प्रत्येक वर्ष हास्य ठिठोलीको उद्देश्यले महामूर्ख सम्मेलनको आयोजना गर्दै आइरहेको छ । महामूर्खको उपाधि पाएपछि सभामुख मण्डलको अनुहारमा अनौठो मुस्कान समेत […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

म्याच फिक्सिङमा महबुब आलम र आदिल अन्सारीले पाए सफाइ

१२ चैत, काठमाडौं । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्पट […]

मनोरन्जन मुख्‍य समाचार

एलिना चौहानले वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने

काठमाडौं । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् ।  उनले अहिले आफू विवाहको तयारीमा जुटेको बताइन् । ‘अहिले म विवाहको तयारीमा जुटेको छु । निम्तो बाँड्ने र अन्य तयारीको काममा व्यस्त छु,’ उनले भनिन् । गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय […]

मुख्‍य समाचार राजनीति समाचार समाज

दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

१२ चैत, काठमाडौं । मेडिकल व्‍यवसायी दुर्गा प्रसाईंको झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले प्रक्रिया पुर्‍याउको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । ‘रिट निवेदनमा जे मागदावी थियो, अहिले इजलासले गरेको आदेश हेर्दा रिट […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

आयरल्यान्ड ‘ए’लाई नेपालले ६ विकेटले हरायो

१२ चैत, काठमाडौं । घरेलु टोली नेपालले पहिलो टी-२० अभ्यास खेलमा टेस्ट टोली आयरल्यान्ड ‘ए’लाई ६ विकेटले हराएकोछ । योसँगै दुई खेलको सिरिजमा नेपालले १-० को अग्रता लिएको छ । जितको लागि १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा ओपनर कुशल भुर्तेल ३२ बलमा ४ चौकासहित सर्वाधिक […]

मुख्‍य समाचार समाचार समाज

ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी

१२ चैत, काठमाडौं। सरकारले काठमाडौंको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालन सम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग छलफल गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग […]

खेलकुद समाचार समाज

आयरल्याण्ड ए विरुद्ध नेपालले पायो १२२ रनको लक्ष्य

१२ चैत, काठमाडौं । आयरल्यान्ड ए ले पहिलो टी-२० अभ्यास खेलमा घरेलु टोली नेपाललाई १२२ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड २० ओभरमा १२१ रनमा अल आउट भयो । आयरल्यान्डका ओपनर स्टेफन डोहेनीले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४६ रन बनाए । […]

मुख्‍य समाचार समाचार समाज

होलिका जलाएको खरानी लगाएर होली मनाउँदै कञ्चनपुरका थारु समुदाय

१२ चैत, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ जोनापुरका मनिराम डगौरा सोमबार बिहानै होल्का (होलिका) जलाएको ठाउँबाट खरानी लिएर घर आएका छन् । उनले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा(देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई रङ लगाइदिए । होलिका जलाउने कार्यलाई थारु भाषामा ‘होल्का डुङ्ना’ भन्ने गरिन्छ । वर्षौं पुरानो यो चलन थारु समुदायमा पुस्तान्तरण […]

मुख्‍य समाचार राजनीति समाचार

इलाम–२ मा कांग्रेसबाट ७ जनाको नाम सिफारिस

१२ चैत, काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेश समितिले इलाम–२ मा हुने उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा पठाएको छ । आंकाक्षीमध्ये पहिलो नम्बरमा भेषराज आचार्यको नाम राखिएको छ । ‘क्षेत्रीय र जिल्ला समितिले गरेको सिफारिसको आधारमै केन्द्रमा नाम पठाएका छौं,’ कोशीका महामन्त्री भूपेन्द्र राईले भने, ‘भेषराज आचार्यको नाम क्षेत्रीय र जिल्ला समितिबाट पहिलोमा राखेर […]

खेलकुद समाचार समाज

नेपालले टस हार्‍यो, विवेक र अनिल बेन्चमा

१२ चैत, काठमाडौं । नेपालले पहिलो टी२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्सविवरुद्ध) टस गरेर पहिला बलिङ गर्ने भएको छ । टीयू क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा राखेको छ […]