१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाज सूचना प्रविधि

प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्वाचित

२९ भदौ, काठमाडौं । प्रविधि पत्रकार मञ्‍चको अध्यक्षमा उमेश पौडेल निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौंमा सम्पन्न भएको १०औ वार्षिक साधारणसभाबाट पौडेल निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । मञ्‍चको उपाध्‍यक्षमा पूर्णभक्त दुवाल निर्वाचित भएका छन् भने सचिवमा उन्नत सापकोटा निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा अनिल न्‍यौपाने र सह-सचिवमा रक्षा रेग्मी निर्विरवध निर्वाचित भएका […]

समाज

सर्वोच्चका प्रस्तावित न्यायाधीश बिनोद शर्मा सर्वसम्मत अनुमोदन

२९ भदौ, काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार सिंहदबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीश शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले न्यायाधीश नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ । उनीविरूद्ध एउटा पनि उजुरू नपरेपछि सिधै […]

मुख्‍य समाचार समाज

मादक पदार्थ सेवन गरी बुबाको हत्या

२९ भदौ, दाङ । मादक पदार्थ सेवन गरेका एक स्थानीय व्यक्तिले बाबुको हत्या गरेका छन् । घोराही उपमहानगरपालिका-५ दलजितपुर निवासी २८ वर्षीय सन्तोष केसीले ५१ वर्षीय बाबु प्रेमबहादुर केसीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिए । प्रवक्ता मल्लका अनुसार छोराको कुटपिटबाट सख्त घाइते प्रेमबहादुरको उपचारका क्रममा मृत्यु भएको […]

राजनीति

नागरिकका अपेक्षा पूरा गर्न इमान्दार प्रयास गर्नेछु : प्रस्तावित न्यायाधीश शर्मा

२९ भदौ, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश विनोद शर्माले आम नागरिकबाट अपेक्षा गरिएको भूमिका पूरा गर्ने प्रक्रियामा इमान्दार प्रयास गर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको आजको बैठकमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै शर्माले सो कुरा बताएका हुन् । न्यायाधीशलाई वास्तविक न्यायाधीश, आचरण र व्यवहारले बनाउँछ भन्दै उनले तटस्थ र गुणस्तरीय न्याय […]

राजनीति समाज

अलविदा सुवास नेम्वाङ (तस्वीरहरू)

२८ भदौ, काठमाडौँ। तीन दिनअघि हृदयाघातका कारणले निधन हुनुभएका संविधानसभाका अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज बिहान ११:०० बजे अन्त्येष्टि गर्ने भनिए पनि बिहान १०:०० बजेदेखि नै पशुपति आर्यघाटमा मानिसको भीड लागेको थियो । निर्धारित समयमा नै पशुपति आर्याघाटमा शव पुर्‍याइएको थियो । शवयात्रामा पार्टीका नेता तथा कार्यकर्ता, शुभचिन्तक सर्वसाधारणलगायत हजारौँको सहभागिता रहेको […]

मुख्‍य समाचार राजनीति

एमाले संसदीय दलबाट शोक प्रस्ताव पारित

२८ भदौ, काठमाडौँ। नेकपा एमाले संसदीय दलको आजको बैठकले पार्टीका उपाध्यक्ष, संविधानसभाका अध्यक्ष एवं प्रतिनिधिसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा शोक प्रस्ताव पारित गरेको छ । दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले मुलुकको लोकतान्त्रिक आन्दोलन र सविधान निर्माणमा नेम्वाङले निर्वाह गरेका भूमिका अविस्मरणीय रहेको ठहर गरेको छ । नेता नेम्वाङको यही भदौ २६ गते […]

अर्थ मुख्‍य समाचार

वर्षौंदेखिको बाँझो बारीमा कोदो खेती

२८ भदौ,  म्याग्दी ।  घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । दुई वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोटलगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ । उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो पश्चिम […]

मुख्‍य समाचार राजनीति

एकीकृत समाजवादीद्वारा कार्यविभाजनमा हेरफेर

२८ भदौ, काठमाडौँ । नेकपा एकीकृत समाजवादीले आफ्ना पार्टीका नेताहरूको कार्यविभाजनमा हेरफेर गरेको छ । केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । उहाँका अनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालले हालै जारी गरे अन्तरपार्टी निर्देशन (अपानि)मा गरिएको पछिल्लो कार्यविभाजन अनुसार अध्यक्ष नेपालले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् […]

राजनीति समाज

नेपाल-भारतबीचको खुला सीमा नियमन गर्न सर्वोच्चको आदेश

२८ भदौं, काठमाडौं । सर्वोच्च अदालतले सन्धि सम्झौता र ऐतिहासिक दस्तावेजका आधारमा नेपालको मिचिएको सीमाक्षेत्र स्पष्ट पार्न सरकारका नाममा आदेश दिएको छ । नेपाल र भारतबीचको खुला सीमाका कारण अवैध र आपराधिक गतिविधि बढेको भन्दै वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । उनीहरुले सीमा विवाद टुंग्याउन र सीमा […]

कोशी प्रदेस समाचार समाज

पार्किङ विवादमा विराटनगरमा जसपा नेतामाथि नगर प्रहरीको हातपात

२८ भदौ, विराटनगर । विराटनगर महानगरपालिकाको नगर प्रहरीले जनता सामाजवादी पार्टी मोरङका अध्यक्ष राजकुमार यादवलाई हातपात गरेको छ । पार्किङको विषयमा विवाद भएपछि बुधबार बेलुका यादवलाई कुटपिट र लछारपछार गरेको हो । यादव विराटनगरको अस्पताल चोकस्थित स्नेहा फार्मेसीका सञ्चालक हुन् । उनको पसल अगाडि बुधबार नो पार्किङमा रोकेको सिटी सफारीमा ह्वील लक लगाइदिएको थियो । […]

राजनीति

नेम्वाङको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

२८ भदौ, काठमाडौं । संविधानसभाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनमा प्रतिनिधिसभाले बिहीबार शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको बताए । २० को दशकयता लोकतन्त्र र गणतन्त्रका लागि भएको आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेका नेम्वाङले संविधानसभा मार्फत नेपालको संविधान बनाउन नेतृत्वदायी भूमिका खेलेको […]

अर्थ समाज

जमुनाह नाकामा सीमापारी जाने नेपाली उपभोक्ताको लर्को

२८ भदौ, बाँके। नेपालगञ्जस्थित जमुनाह नाकामा सीमावर्ती भारतीय बजार रुपेडिहा जाने नेपाली उपभोक्ताको लर्को लागेको छ । नेपालगञ्ज भन्सार कार्यालयले रु एक सयभन्दा बढीको सामान ल्याउदा भन्सार तिर्नुपर्ने गरी कडाइ गरेपनि घरायसी उपभोगका सामानसँगै चाडपर्वका लागि आवश्यक पर्ने खाद्यान्न र लत्ताकपडा खरिदका लागि दैनिक हजारौँको संख्यामा नेपाली रुपेडिहा पुग्ने गरेका हुन् । अहिले प्रत्येक दिन […]