१ चैत्र २०८२, आईतवार
मुख्‍य समाचार समाचार समाज

अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

२३ असोज, जाजरकोट । कुशे गाउँपालिका-१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् । टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार मृत्यु भएको थियो […]

अर्थ मुख्‍य समाचार

बेनीमा पढ्दै सिक्दै कार्यक्रमः ‘मुढा बुन्ने सीप सिक्दै विद्यार्थी’

२३ असोज, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ सिङ्गाको धवलागिरि माध्यमिक विद्यालयकी छात्रा कृति सुवेदी फुर्सदको समयमा मुढा बुन्न थालेकी छिन्। विद्यालयमा पढाइ नहुने खाली समयमा उनले बाँसको सिन्का र डोरीबाट घरमा बस्नका लागि उपयोगी हुने मुढा बुन्न लागेकी हुन् । सुवेदीमात्रै होइन, यस विद्यालयको कक्षा १० का २५ विद्यार्थी अहिले पाठ्यपुस्तक बाहिरको सिकाइका सिलसिलामा मुढा […]

मुख्‍य समाचार समाज

बझाङमा थप ‘सेस्मोमिटर’ जडान

२३ असोज, बझाङ । बझाङमा भूकम्प मापकयन्त्र (सेस्मोमिटर) जडान गर्न सुरुआत गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र खानी तथा भू–गर्भ विभागका भूगर्भविद्ले भूकम्पीय जोखिम भएका क्षेत्रमा थप सेस्मोमिटर जडान थालेका हुन् । सदरमुकाम चैनपुरमा आधार केन्द्र बनाएर चारै दिशामा सेस्मोमिटर जडान जारी रहेको नास्टका भूगर्भविद् डा शिव सुवेदीले जानकारी दिए […]

समाचार समाज

इजरायलमा रहेका २०० बढीले घर फर्किन टिपाए नाम

२२ असोज, काठमाडौं । इजरायलमा रहेका २०० भन्दा बढी नेपालीले घर फर्किन नाम टिपाएका छन् । हमास समूहले शनिबार गरेको आक्रमणमा १० नेपालीको मृत्यु भएको छ । अहिले पनि केही सम्पर्कविहीन छन् भने कतिपय सुरक्षित स्थानको खोजीमा छन् । उनीहरुमध्ये ३२ जनालाई त्यहाँको सेनाले बंकरबाट उद्धार गरेर सुरक्षित स्थानमा लगेको छ । तेल अबिबस्थित नेपाली […]

समाचार समाज

यी हुन् इजरायली सेनाले उद्धार गरेका ३२ नेपाली विद्यार्थी

२२ असोज, काठमाडौं । इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ । नौ जनालाई बेनी अमार कृषि फर्म, ११ जनालाई डेभिडियन कृषि […]

समाचार समाज

इजरायलमा मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन पहल सुरु

२२ असोज, काठमाडौं । दक्षिण इजरायलको किवुज अलुमिमस्थित प्यालेस्टाइनको हमास समुहको आक्रमणबाट मृत्यु १० जना नेपालीहरुको शव नेपाल ल्याउनका लागि प्रक्रिया अघि बढेको छ । इजरायलको तेल अबिबस्थित रहेको नेपाली राजदूतावासले जनाएअनुसार मृत्यु भएको १० जनाको शव नेपाल फिर्ता ल्याउनका लागि इजरायल सरकार तथा सरोकारवाला निकायसँग समन्वय तथा सहकार्य सुरु गरिसकेको जनाइको छ । दूतावासले […]

समाज

इजरायल घटनापछि नेपालमा पनि आक्रोश बढ्न सक्ने भन्दै प्रहरीले बढायो सतर्कता

२२ असोज, काठमाडौं । इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आँकलसहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको छ । विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त […]

राजनीति समाचार

सिहंदरबारमा सर्वदलीय बैठक सुरु

२२ असोज, काठमाडौं । इजरायलमा भएको प्यालेस्टाइनी लडाकू समूहको आक्रमण विद्यालय शिक्षा ऐनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ । प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षी दलको समेत सहभागिता रहेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठकमा प्रधानमन्त्रीले इजरायलमा भएको आक्रमणमा परका […]

राजनीति

इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार राष्ट्रिय शोक

२२ असोज, काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने  निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले बताइन् ।  

समाचार समाज

आन्दोलन स्थानीय तहका कर्मचारीमाथि प्रहरीको लाठी

२२ असोज, काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारीमाथि प्रहरीले लाठीचार्ज गरेको छ । संघीय निजामती विधेयकलाई लिएर आन्दोलनरत कर्मचारीले निशेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । त्यसक्रममा केही घाइते भएका छन् ।  

अर्थ मुख्‍य समाचार

भेडाच्याङ्ग्रा बेच्न जुम्लाबाट हिँडेर १७ दिनमा बेनी

२२ असोज, म्याग्दी । कर्णाली प्रदेशको जुम्लाका कृषक भेडाच्याङ्ग्रा बिक्री गर्न १७ दिन हिँडेर गण्डकी प्रदेशको म्याग्दी आएका छन् । जुम्लाको पातारासी गाउँपालिका–३ का तीर्थराज बोहराको टोली दुई सय ७० भेडाच्याङ्ग्रा हिँडाएर १७औँ दिनमा आज म्याग्दीको सदरमुकाम बेनी आइपुगेको हो । ‘हामीले गाउँमा पालेकाबाहेक बझाङ र बाजुराबाट खरिद गरेर ल्याएका भेडाच्याङ्ग्राको बजार खोज्दै बेनी आइपुगेका […]