२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बोधिचित्तको रुख काटेको आरोपमा ४ जना प्रहरी नियन्त्रणमा

३ वैशाख, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गत बिहीबार राति विस्फोटक […]

खेलकुद मुख्‍य समाचार

नेपालले आज हङकङसँग खेल्दै

३ वैशाख, काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कपमा आज हङकङसँग खेल्दैछ । खेल मध्याहन्न ११ : ४५ मा अल अमरेत क्रिकेट ग्राउण्ड–१ मा सुरु हुनेछ । नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकी राख्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । उता […]

मुख्‍य समाचार समाचार समाज

प्रधानसेनापतिसँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरलको भेटवार्ता

२ वैशाख, काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंहले शिष्टचार भेटवार्ता गरेका छन् । नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्नेलगायत विषयमा छलफल भएको थियो । साथै लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायरले भारतीय राजदूतावासमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेका […]

अर्थ मुख्‍य समाचार

सञ्चालनमा आयो मर्स्याङ्दी जलाशयमा मोटरबोट

२ वैशाख, तनहुँ । पृथ्वी राजमार्गमा अवस्थित तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको जलाशयमा आजदेखि मोटरबोट सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि जलविद्युत् केन्द्रको जलाशयमा मोटरबोट सञ्चालन गरेको हो । गण्डकी प्रदेशका बिना विभागीयमन्त्री हरिबहादुर चुमानले आज मोटरबोटको शुभारम्भ गर्दै पर्यटनलाई समृद्धिसँग जोड्ने पालिकाको अभियान सकारात्मक रहेको चर्चा गरे । उनले जलविद्युत, […]

मनोरन्जन

थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई `योङ अचिभर´ अवार्ड

२ वैशाख, बैंकक । थाइल्यान्डमा बसेर व्यवसाय गर्दे आएका नेपाली युवा व्यवसायी लाेकेन्द्र ओलीले `द याेङ अचिभर´ अवार्ड प्राप्त गरेका छन् । ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुई दिने सम्मेलनमा रूकुम घर भएका नेपाली युवा ओलीले उक्त अवार्ड प्रदान गरेका हुन् । ओली एनआरएनए थाइल्यान्डका युवा संयोजकसमेत हुन् । परदेशमा रहेर नेपालको सामाजिक सेवामा सक्रिय […]

प्रदेस समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

नाउपा सांसद गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयनमा सर्वोच्चको रोक

२ वैशाख, धनगढी । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीकी सुदूरपश्चिम प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन गर्न रोक लगाएको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले गिरीलाई प्रदेश सभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो । सदूरपश्चिम प्रदेशको सत्तालाई लिएर आन्तरिक विवादमा फसेको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ […]

मुख्‍य समाचार समाचार समाज

चट्याङ लागेर पर्वतमा दुई जनाको मृत्यु

२ वैशाख, पर्वत । पर्वतको मोदी गाउँपालिकाका दुई छुट्टाछुट्टै स्थानमा शनिबार साँझ परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मोदी–१ भुकताङ्लेमा एक महिला र वडा नं ७ राम्जादेउरालीमा एक पुरुषको मृत्यु भएको हो । भुकताङ्लेका ५८ वर्षीया प्रेमकुमारी शाही र राम्जादेउरालीस्थित स्थानीय जीवनज्योति प्राविका बहालवाला शिक्षक ५७ वर्षीय शालिकराम तिमिल्सिनाको चट्याङ लागेर मृत्यु […]

मुख्‍य समाचार समाचार समाज

वानएक्स बेटिङमार्फत सट्टेबाजी खेलाएको आरोपमा ३ जना पक्राउ

२ वैशाख, काठमाडौं । वानएक्स बेटिङ एपमार्फत सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाहीको मलंगवा नगरपालिका–९ का ३१ वर्षीय सञ्जयकुमार साह, सोही ठाउँका १९ वर्षीय रामजी साह र मलंगवा–१० का ३० वर्षीय राकेश चौधरी छन् । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले अहिलेसम्म […]

मुख्‍य समाचार समाचार समाज

नागरिकता दुरुपयोग गरी ६० लाख ठगेको आरोपमा ३ जना पक्राउ

२ वैशाख, काठमाडौं । अरुको नागरिकता दुरुपयोग गरी ठगी गरेको आरोपमा तीन जालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा श्रीमान–श्रीमतीसहित तीन् जना छन् । झापाको अर्जुनधारा–९ कि ३८ वर्षीया रश्मी विश्वकर्मा भनिने सन्जु पौडेली, उनका श्रीमान ३५ वर्षीय ३५ वर्षीय निश्चल पोर्तेल र इलामका ३४ वर्षीय धनबहादुर विक छन् । उनीहरुलाई काठमाडौं […]

मुख्‍य समाचार समाचार समाज

सरकारले गर्‍यो एकैपटक ५ सचिवको सरुवा

२ वैशाख, काठमाडौं । सरकारले ५ जना सचिवहरुको सरुवा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको सचिव दिनेश भट्टराईको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरेको छ । महिला बालबलिका मन्त्रालयका सचिव सुमनराज अर्यालको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेलको […]

समाचार समाज

जिब्रो छेडी महाद्वीप बोकेर टोलटोल घुमे २८ वर्षीय सुजन

२ वैशाख, भक्तपुर । बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो । बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध […]

प्रदेस समाचार मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

सुदूरपश्चिममा नाउपाकै कैलाश चौधरीले पनि मुख्‍यमन्त्रीमा दाबी पेश गरे

२ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीका अर्का सांसद कैलाश चौधरीले पनि दाबी पेश गरेका छन् । उनले एमाले, नेकपा माओवादी र केन्द्रको समर्थनमा दाबी पेश गरेका हुन् । नाउपाका दुई सांसदहरू लक्षम्ण किशोर चौधरी र नाउपाकै अर्का सांसद कैलाश चौधरीले दाबी पेश गरेपछि प्रदेश प्रमुख नजिर मियाँले कानुनी परामर्श गर्ने जवाफ […]