२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार राजनीति

मन्त्रिपरिषद् बैठकः दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

३० चैत , काठमाडौँ । सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो । समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश […]

अर्थ मुख्‍य समाचार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

३० चैत , काठमाडाै ।  पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरि ढकमक्क फुलेका लालीगुराँस । चारैतिर घना गुराँसको जङ्गलको बीचमा रहेको बस्ती । घरको झ्यालबाटै जङ्गलको पृष्ठभूमिमा लहरै देखिने हिमाल बिहान सूर्योदय र साँझमा सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिने । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा समुद्रि सतहदेखि दुई हजार आठ सय मिटर उचाइमा […]

मुख्‍य समाचार समाज

ग्रामीण लघुवित्त वित्तीय संस्थाका कर्मचारीमाथि भ्रष्टाचार मुद्दा

३० चैत, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका कर्मचारीविरूद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मद्दा दायर गरेको छ ।   किर्ते (वनावटी) सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा व्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको र पशु कर्जा/धितो कर्जा दिंदा कमिशन खाएको भन्‍दै अख्तियारले […]

अन्तर्राष्ट्रिय समाचार

रमजानको समयमा लुटपाटको प्रतिरोध गर्दा पाकिस्तानमा १९ को मृत्यु, ५५ घाइते

३० चैत , काठमाडाै । रमजान २०२४ को समयमा पाकिस्तानको कराँचीमा आपराधिक घटना बढेको । रमजानको समयमा लुटपाटको प्रतिरोधमा १९ जनाको मृत्यु हुनुका साथै ५५ जना घाइते भएको एआरवाई न्यूजले जनाएको छ ।  लुटपाटको प्रयासमा कराँचीमा १९ नागरिकको मृत्युका लागि सशस्त्र लुटेराहरू जिम्मेबार रहेको एक प्रहरी अधिकारीले बताएका छन् । यस वर्ष कराँचीमा लुटपाटसम्बन्धी घटनामा […]

मुख्‍य समाचार समाचार

भेडीगोठमा आगलागी हुँदा एकजनाको मृत्यु

३० चैत काठमाडाै । हुम्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–८ रादेउमा आगलागीमा परी एक व्यक्तिको मृत्यु भएको छ । गाउँभन्दा केही पर रहेको कुरिल्ला लेखको आफ्नै भेडीगोठमा बुधबार राति आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । हावाहुरीका कारण आगलागी भएको निरीक्षक चन्दले बताउनुभयो । […]

समाचार स्वास्थ्य

भौतिक पूर्वाधार नहुँदा आयुर्वेद औषधालयमा समस्या

३० चैत  , काठमाडाै‍ । महेन्द्रनगरस्थित महाकाली आयुर्वेद औषधालयमा भौतिक संरचना र जनशक्ति अभावले सेवा प्रवाहमा समस्या भएको छ । आयुर्वेदिक औषधालयमा सेवा लिने बिरामीको चाप बढेपनि जीर्ण भवनबाट सेवा प्रवाहमा समस्या देखिएको हो । औषधालयमा पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति नहुँदा महिला र पुरुष बिरामीलाई एउटै कोठामा पर्दा लगाएर उपचार गर्नुपर्ने बाध्यता रहेको औषधालयले […]

मुख्‍य समाचार राजनीति लुम्बिनी

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

३० चैत, काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे । सत्ता […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेट, संसद अधिवेशन अन्त्यबारे छलफल

३० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।   प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संसदको चालु अधिवेशन अन्त्यबारे छलफल भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद चल्न नदिएकाले अधिवेशन अन्त्य गर्नेबारे छलफल गरेको एमाले अध्यक्ष ओलीले बताए ।   सहकारीको रकम अनियमिततामा उपप्रधान […]

मुख्‍य समाचार राजनीति

‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस

३० चैत, काठमाडौं। ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव राष्ट्रिय सभामा पेस भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले सो प्रस्ताव पेस गरेकी हुन् ।   पैसा, पहुँच र गुणस्तरीय उपचारको अभावमा कुनै पनि नागरिकलाई अकाल मृत्युबाट बचाउन सरकारलाई सचेत गराउन सो संकल्प प्रस्ताव राष्ट्रिय सभा पेस गर्नुपरेको […]

समाचार

सरकारी स्वामित्वको सञ्चारमाध्यमहरुका लागि छाता ऐन ल्याउनुपर्नेमा सांसदहरुको जोड

३० चैत , काठमाडाै । सरकारी स्वामित्वको सञ्चारमाध्यमहरुका लागि छाता ऐन ल्याउनुपर्नेमा सांसदहरुको जोड सांसदहरुले सार्वजनिक सेवा प्रशारण विधेयकलाई छाता ऐनको रुपमा अगाडी बढाउनुपर्ने बताएका छन् । शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल गर्दै संशोधनकर्ता सांसदहरुले यस विधेयकलाई छाता ऐन बनाउनेगरी अगाडी बढाउनुपर्ने बताएका हुन् । उनीहरुले […]

अर्थ मुख्‍य समाचार

हुरी र बर्षाले फलफुलमा क्षति

३० चैत , काठमाडाै । गएराति हावाहुरीसहित आएको वर्षाको कारण भर्खर फल लाग्दै गरेको लिची र आँपमा क्षति पुगेको छ । गएराति साँझदेखि रातको १२ बजेसम्म वर्षासँगै आएको हावाहुरीको कारण भर्खर फल लाग्दै गरेको किसानको आँप र लिचीमा सामान्य क्षति भएको किसानले बताएका छन् । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको जोगिदह, मोथ्याई, चौदण्डी गढी नगरपालिकाको हाँडिया, सुन्दरपुर […]

मुख्‍य समाचार राजनीति

नाउपाका सांसद घनश्याम चौधरी पार्टीबाट निलम्बित

३० चैत, कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सुदूरपश्चिम प्रदेश सभा सदस्य घनश्याम चौधरीलाई पार्टीले निलम्बन गरेको छ ।   पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले शुक्रबार प्रदेश सभामुख भीमबहादुर भण्डारीलाई पत्र पठाउँदै चौधरीलाई पार्टीबाट ३ महिना निलम्बन गरिएको जानकारी दिएकी हुन् ।   अध्यक्ष श्रेष्ठको हस्ताक्षरमा जारी भएको पत्रमा प्रदेश सभा सदस्य चौधरीलाई पार्टीका विभिन्न […]